madhu chhetri को जिन्दगी बगेको पानी हो आस गर्ने केटाको बानी हो नयाँ गित आउदै (भिडियो हेर्नुहोस)

समाचार

madhu chhetri को जिन्दगी बगेको पानी हो आस गर्ने केटाको बानी हो नयाँ गित आउदै (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
आजबाट मासिक २ हजार रुपैयाँले सरकारी कर्मचारीको तलब वृद्धि भएको छ।पुरा हेर्नुहोस भिडियो सहित)

यसअघिको केपी ओली नेतृत्वको सरकारले २०७८ साउन १ गतेदेखि सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गर्ने बजेटमा प्रस्तुत गरेको थियो। यससँगै आजबाट सरकारी कर्मचारीको तलब बढेको हो। निवर्तमान अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणमा २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरेको बताएका थिए।

काठमाडौं । भ्रष्टाचार न्यूनीकरणका लागि सरकारी कर्मचारीको तलब र सेवा–सुविधा बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाब दिएको छ । आफ्नो ३०औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बिहीबार बुझाउँदै आयोगले वार्षिक मूल्यवृद्धिको अनुपातमा तलब बढाउन सुझाब दिएको हो ।

सुझाबमा भनिएको छ, ‘मुलुकको आर्थिक विकासको स्तर एवं आर्थिक अवस्थाअनुरूप सबै तहका कर्मचारीलाई आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्ने गरी यथोचित तलबलगायतको आवास, शिक्षा, स्वास्थ्यजस्ता सुविधाको व्यवस्था गर्ने र वार्षिक मूल्यवृद्धिको अनुपातमा स्वतः तलब वृद्धि हुने व्यवस्था गर्ने ।

आयोगले प्रतिवेदनमा निजी र गैरसरकारी क्षेत्रको भ्रष्टाचारको छानबिन गर्ने कानुनी व्यवस्था गर्न पनि सुझाब दिएको छ । मन्त्रिपरिषबाट हुने नीतिगत निर्णय र प्रशासनिक निर्णयलाई प्रस्ट पार्नुपर्नेमा आयोगले जोड दिएको छ । कानुनमा नीतिगत निर्णयलाई आयोगलाई छानबिनको अधिकार नहुने र खरिदसम्बन्धी निर्णयसमेत मन्त्रिपरिषबाट हुने भएकाले नीतिगत र प्रशासनिक निर्णयको सीमा निर्धारण गर्नुपर्ने माग गरेको छ

अनुचित कार्यलाई छानबिनको दायरामा ल्याउन, राष्ट्रिय सदाचार नीति लागू गर्न, ठेक्का प्रणालीमा सुधार गर्न उनले सुझाब दिएको छ । खर्चिलो निर्वाचन प्रणालीका कारण समेत भ्रष्टाचार बढेकाले निर्वाचन प्रणालीमा सुधार गर्न आयोगले सुझाब दिएको छ ।

आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रतिवेदन आयोगले राष्ट्रपतिलाई बुझाएको हो । आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले प्रतिवेदन बुझाएका हुन् । गत आर्थिक वर्षमा इतिहासमै धेरै चार सय ४१ वटा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । (पुरा हेर्नुहोस भिडियो सहित)👇

Leave a Reply

Your email address will not be published. Required fields are marked *