जसले छिमेकी बालकलाई उप’चार गराउन मोटरसाइकलमा लगे दुर्घ’ टनामा उनकै गयो ज्या’न, बालक पनि बाँ’ चेनन्

समाचार

छिमेकी बालकलाई उपचारका लागि भन्दै आफ्नो मोटरसाइकलमा लिएर गएका मोटरसाइकल धनी सहित बालकको निधन भएको छ । छोराको उपचारको लागि गएकी आमा घाइते भएकी छन् ।

बिर्तामोडमा यस्तो घटना भएको हो। बुधवार दिउँसो साढे ११ बजे पूर्व(पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका(६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटना भएर सडकमा लडेको मोटरसाइलमा रहेका उनीहरुलाई ट्रकले कि’चे’को हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दुर्घटनामा निधन हुने बुद्धशान्ती–३ का ११ बर्षिय दिप्सन कडेँल र सोही ठाउँका २४ बर्षिय कुशल लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कुशलले आफ्नो छिमेकी दिप्सनलाई उपचारका लागि अस्पताल लैजान सहयोग गरेका थिए । दिप्सनको आमा पनि मोटरसाइकलमा बसेकी थिइन् । घटनामा दप्सनकी आमा घाइते भएकी छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–६ को गिरी मन्दिर नजिकै पश्चिमबाट पूर्वतर्फ गइरहेको मे २ प ४८४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको ‘अन टेष्ट’ मोटरसाइकल एकआपसमा ठोकिएको थियो ।

सोही क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले मोटरसाइकललाई किचेको हो । ११ वर्षीय दिप्सन र कुशलको घटनास्थलमै निधन भएको छ भने सोहि मोटरसाइकलमा पछाडि सवार दिप्सनकी आमा सावित्रा घिमिरे कडेल सामान्य घाइते भएकी छन् ।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। छिमेकीको मोटरसाइकल सहयोग मागेर सावित्रा कडेलले छोराको आँखा जाँच गराउन बिर्तामोड आएको प्रहरीले बताएको छ ।

यो खबर पनि पढ्नुहोस्

हेपिएको मानव हुँ खाते मेरो नाम छ, फालिएको फोहोर हुँ सहर हिँड्ने काम छ, पेट पाल्छु जुठोले फोहोरभित्र खोजेर, कर्म मेरो खोटो छ कहाँ पाउँछु रोजेर, कर्म मेरो अभागी लक्ष्य मेरो हरायो, कसैको आस गर्दै थिएँ, खाते भनी करायो

चर्चित र्‍यापर स्वर्गीय यम बुद्धकाे एउटा र्‍यापमा समावेश यी शब्दले राजु अधिकारीको मनलाई छुन्छ । आमाबुवाकाे काखमा छुन मुनाउने, विद्यालयमा कखरा सिक्ने उमेर उनले सडकमै बिताए । एक दशककाे सडकबासका क्रममा उनले थुप्रै दुःख झेले, अपमान सहे । त्यसैले यम बुद्धकाे र्‍यापमा प्रयाेग भएका माथि उल्लिखित शब्दले उनलाई तान्छ । र, दाेहाेर्‍याएर सुन्छन्, अनि पुराना दिन सम्झेर भावुक हुन्छन् ।

‘मैले जस्ताे दुःख नभाेग्नेहरूलाई यी शब्दले कुनै भाव दिन नसक्लान् तर मेरा लागि यी शब्दभित्र त्याे सिंगाे १० वर्षे जीवन छ, मैले भाेगेका अथक दुःखका फेहरिस्त छ,’ राजु गम्भीर मुद्रामा देखिन्छन्, ‘धेरै पछि एक छाक मीठाे खान पाउँदाकाे खुसी छ, कुनै गल्ती नगर्दा पनि खानुपरेकाे गाली छ, भाेक, ब्यथा, राेदन सबथाेक छ ।’

१० वर्षसम्म सडकमा प्लास्टिक टिपेर जीवन गुजार्ने क्रममा कतिले लात हाने हाेलान्, कतिले अ’श्लील शब्दले गा’ली गरे हाेलान्, कतिले दया पनि देखाए हाेलान! एकदुई जनासँग मात्र ठाे’क्किएकाे भए पाे उनलाई कुनै विशेष अपमानकाे क्षण थाहा हुन्थ्याे। ‘धेरै छ, भनेर सकिँदैन,’ राजु यत्तिकैमा रोकिए । समयक्रमसँगै अहिले उनकाे अवस्था बदलिएकाे छ ।

सडककाे कहाली लाग्दाे जीवनबाट निस्केर उनी अहिले विश्व समुदायमा नेपालकाे नाम चिनाउन लागेका छन् । हाे, राजु आज हकी खेलका राष्ट्रिय खेलाडी हुन् । नेपालका जानेमानेका खेलाडीलाई हकीमा हराएका उनले नेपालको नेतृत्व गर्दै चार वटा देश वि’रुद्ध खेलिसकेका छन् । यति मात्र हाेइन, कुनै बेलाका सडक बालक राजु आज स्वयं सडक बालबालिकाका ‘उद्धारक’ पनि बनेका छन् ।

हेटाैंडाका २० वर्षीय उनले ५० जनाभन्दा बढी सडक बालबालिकालाई आश्रयस्थलमा ल्याएका छन्, लेख्ने, पढ्ने अवसर जुराइदिएका छन् । अहिले धेरैले राजुलाई ‘देशको नाम राख्ने राष्ट्रको छोरा’ भन्छन् । उनी सामाजिक सञ्जालमा पनि चर्चित छन्- कारण, उन काे विगत र सबैलाई लठ्ठ पार्ने उनको भावुक अभिव्यक्ति । विस्तृतमा यो खबर शिलापत्रमा सम्झना घिमिरेले लेख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *