झु’न्डिएको ठाउँ देखाउदै श्री’मानले खोले मुख- “बिष्णु रातिमा चि’च्याउथी/डरा’उथी, मागे दाइजो फिर्ता गर्छु” (भिडियो हेर्नुहोस)

समाचार


झु’न्डिएको ठाउँ देखाउदै श्री’मानले खोले मुख- “बिष्णु रातिमा चि’च्याउथी/डरा’उथी, मागे दाइजो फिर्ता गर्छु” (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
गण्डक बाँधको ठोकर नं. १३ मा बिहीबार पुग्दा स्थानीय मनोज गौड उर्लंदो भेलमा पसेका दुई जना साथीलाई चिच्याएर भन्दै थिए– ‘माथिबाट ठूलो गोलिया (मुढा) आएको छ त्यसलाई छोप।

भेलमा पसेका अन्य व्यक्तिहरू पनि त्यही मुढालाई छोप्ने दाउमा नदीको बीचतर्फ जाँदै थिए। बलिया युवाहरू भेलको प्रवाह नगरी नदीको बीचतर्फ जाने कोसिस गर्दै थिए। पाका उमेर र महिलाहरू नदीकिनारमा बसेर स–साना दाउरा बटुल्दै थिए।

आकाशे पानी र नदीको पानीले निथ्रुक्क भिजेका केही स्थानीय भने भेलबाट आफूले निकालेका दाउरा मिलाएर राख्नमा व्यस्त थिए। कोही ट्र्याक्टर र साइकलमा राखेर दाउरा, काठ घरतर्फ लैजाँदै थिए। नारायणी नदीमा हरेक वर्षमा आउने उर्लंदो भेलमा पसेर स्थानीयहरू यसरी नै काठ दाउरा छोपेर निकाल्ने गरेका छन्।

भेल आएपछि पश्चिम नवलपरासी सुस्ता गाउँपालिकास्थित नर्सही र आसपासका गाउँलेहरूका लागि काठ दाउरा संकलन गर्ने कार्य दिनचर्या जस्तै बनेको छ। हरेक वर्ष काठ दाउरा छोप्ने क्रममा भेलले बगाएर स्थानीयहरू बेपत्तासमेत हुने गरेका छन्। गत वर्ष पनि भेलले बगाएर दुई जना बेपत्ता भएका थिए।

बेपत्ता भएकाहरू प्रायः भेटिने नगरेको नर्सहीका जितबहादुर गुरुङले बताए। ‘हरेक वर्ष यसरी नै काठ दाउरा छोप्ने कार्य परम्परा जस्तै बनेको छ। खाना पकाउन र अन्य प्रयोजनका लागि स्थानीयहरू भेलमा ज्यानकै बाजी लगाएर पस्ने गरेका छन्,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *