बाफ रे.. सिन्धुपाल्चोक बाढीबाट भएको क्ष’तिको विवरण सार्वजनिक, अक’ल्पनिय क्ष’ति, भौतिक र मानवीय क्षति (भिडियो हेर्नुहोस)

समाचार


बाफ रे.. सिन्धुपाल्चोक बाढीबाट भएको क्ष’तिको विवरण सार्वजनिक, अक’ल्पनिय क्ष’ति, भौतिक र मानवीय क्षति (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी एकसाथ उर्लिएर आएको बाढीले इन्द्रावती करिडोरमा मानवीय क्षतिसहित अर्बौं रुपैयाँबराबरको क्षति गरेको छ। बाढीले एक सयभन्दा बढी घरटहरासमेत बगाएको छ।

बाढीमा एक महिलाको शव फेला परेको छ भने सात बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा–३ का ६५ वर्षीया टीकामाया खड्का, ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, ६ का ३५ वर्षीया चेङा तामाङ र उनकी श्रीमती (नाम नखुलेको), चौतारा सागाचोकगढी नगरपालिकाका २३ वर्षीय समुद्र नेपाल बेपत्ता छन्।

‘अहिले हामी खोज र उद्धारमा छौं, बाढीले कति घर बगाए, के कति पशु चौपायामा क्षति गर्‍यो भन्नेबारे यकिन आएको छैन,’ उनले भने, ‘पहिलो प्राथमिकता मानवीय क्षति कम गराउनु भएकाले बेपत्ताको खोजीमा हामी जुटेका छौं ।’

बुुधबार हेलम्बु र इन्द्रावती नदीको उद्गमस्थल पाँचपोखरीबाट उर्लिएर नदी किनार करिडोरमा बितण्डा मच्चाउँदै भयानक बाढी आएको थियो। बाढीले सयौं घरटहरा, कृषि फार्म, सवारीसाधन, सडकलगायत संरचना बगाएको डीएसपी सापकोटाले बताए।

बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको आयोजनाको हेडबक्स स्थलमा समेत क्षति पुर्‍याएको छ। त्यहाँको तिम्बु बजार र चनौटे बजारमा बाढी पस्दा स्थानीयवासी विस्थापित भएको सापकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *