मोडलीङ तथा म्युजीक भिडीयोमा एकछत्र राज गरेकी Nisha Ghimire आज डाइपरमा | हाड र छाला मात्र बाकी, भिडियो हेर्नुहोस (सके सहयोग नसके सेयर गराै)

बिबिध


मोडलीङ तथा म्युजीक भिडीयोमा एकछत्र राज गरेकी Nisha Ghimire आज डाइपरमा | हाड र छाला मात्र बाकी, भिडियो हेर्नुहोस (सके सहयोग नसके सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
रेमिट्यान्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगार बचतपत्र ल्याए पनि आकर्षण शून्य जस्तै देखिएको छ। सरकारले आर्थिक वर्ष २०६६/०६७ देखि वैदेशिक रोजगार बचतपत्र ल्याएको थियो। तर १२ वर्षको अवधिमा ५ प्रतिशत पनि बिक्री हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्म १३ अर्ब ८ करोड ७९ लाखबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेकोमा ६३ करोड ९३ लाख रुपैयाँ मात्रै बिक्री भएको छ।

यो कुल जारी बचतपत्रको ४.८८ प्रतिशत मात्रै हो। वैदेशिक रोजगारीमा रहेका र विदेशबाट फर्केको ६ महिनाभित्र बचतपत्र खरिद गर्न पाइन्छ।सरकारले आन्तरिक ऋण उठाउँदा वैदेशिक रोजगारीको आम्दानी (रेमिट्यान्स)लाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न वैदेशिक रोजगार बचतपत्र योजना ल्याएको हो।

तर बचतपत्र खरिद गर्न सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन। आर्थिक वर्ष २०७१÷०७२ देखि २०७३÷०७४ मा ८ प्रतिशतभन्दा बढी बिक्री भए पनि त्योभन्दा अघि र पछिका वर्षहरूमा बिक्री दर निकै थोरै छ।

राष्ट्र बैंकले जेठ १३ गतेदेखि असार ३ गतेसम्म ५० करोडबराबरको वैदेशिक रोजगार बचतपत्र खुला गरेको छ। पाँच वर्षे (२०८३) अवधिका लागि वार्षिक १० प्रतिशत ब्याज ६÷६ महिनामा दिनेगरी बचतपत्र बिक्री खुला गरिएको हो।

इच्छुकले १० हजारदेखि बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरी बिक्री आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउँछन्। बचतपत्र निष्कासन असार ८ गते हुनेछ। रीतपूर्वक आएका निवेदन खुला बजार सञ्चालन समितिको निर्णयबाट स्वीकृति हुन्छ। रीतपूर्वक नआएका फाइल राष्ट्र बैंकले निष्कासन मितिको ७ दिनभित्र बिनाब्याज फिर्ता गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *