को*रोना नियन्त्रणको कमाण्ड सम्हाल्दै मन्त्री तामाङ, नयाँ स्वास्थ्य मन्त्रालयमा इन्ट्री लगत्तै यस्तो काम, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

समाचार स्वास्थ्य


को*रोना नियन्त्रणको कमाण्ड सम्हाल्दै मन्त्री तामाङ, नयाँ स्वास्थ्य मन्त्रालयमा इन्ट्री लगत्तै यस्तो काम, भिडियो हेर्नुहोस (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
पोखराको एक बजारको नामै छ, सिमलचौर। यहाँ पहिले चौरभरि सिमलका रूख भएकाले सिमलचौर नाम राखिएको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक रामजी गौतम बताउँछन्। अहिले भने सिमलचौरमा सिमलका रूखको ठाउँ कंक्रिट घरले लिएको छ।

बस्ती बिस्तारसँगै निजी खेत, बारीका सिमल कटान हुने क्रम बढेको छ। यसैले पुरानो गाउँघरका त्यो सिमलसहितको दृश्य देख्न मुस्किल बन्दै गएको चरामा विद्यावारिधि गरेका डा. हेमसागर बराल बताउँछन्। पुराना रूख कटान हुने तर नयाँ हुर्काउने बानी हट्दै गएको विज्ञ बताउँछन्। यद्यपि, संरक्षित क्षेत्रभित्र र सामुदायिक वनमा भने समस्या नरहेको डा. बरालको भनाइ छ।

सिमलको रूख अग्लो हुन्छ, भुवा नरम। धेरै थरी चराचुरुंगीले गुँड बनाउन सिमलकै रूख रोज्छन्। गिद्ध, चील, गरुड, साँवरीको त पहिलो रोजाइमै पर्छ। कुथुर्के, टुकटुके, न्याउली र तोप चरा पनि पाएसम्म यही रूखमा गुँड लगाउँछन्।

सिमलमा पात कम हुन्छ। हाँगाबिँगा धेरै हुँदैनन्। टुप्पो भने झ्याप्प हुन्छ। अग्लो हुनाले सिकारीबाट सुरक्षित ठानेरै धेरै चराचुरुंगीलाई सिमलकै रूखमा गुँड बनाउन मन लाग्ने विज्ञ बताउँछन्। चराका प्रजातिअनुसार सिमलको सानो हाँगा, मुख्य हाँगा, बूढो रूखको टोड्कामा पनि गुँड लगाउँछन्। नेपालमा पाइने स्तनधारी चमेरोको एउटा प्रजाति सिमलको रूखमै झुन्डिएर बस्ने गर्छ। यो नेपालमा पाइने सबैभन्दा ठूलो चमेरोको प्रजाति हो।

अग्ला रूखमा गिद्धका चार प्रजाति सानो खैरो, सुन, सेतो र डंगर गिद्धले गुँड लगाउँछन्। गरुढ प्रजातिमा भुडीफोर, लोभिपापी गरुढ, घुंघीफोर, कृष्णकण्ठ गरुडले गुड लगाउने डा. बराल बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *