भर्खरै आयो निक्कै खुशीको खबर, प्रधानमन्त्री ओलीको यस्तो जनप्रिय निर्णय !Pm Kp Sharma Oli (जानकारीका लागि सेयर गराै)

समाचार

भर्खरै आयो निक्कै खुशीको खबर, प्रधानमन्त्री ओलीको यस्तो जनप्रिय निर्णय !Pm Kp Sharma Oli (जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
जनता समाजवादी पार्टीले उठाएका माग सम्बोधन गर्ने मोडालिटी बन्ने भएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुटावारमा सत्तारुढ एमाले र जसपा नेताहरुबीचको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले राखेको माग सम्बोधनका लागि सकरात्मक रहेको जनाएको जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई, नेता लक्षमणलाल कर्णलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
‘हामीले उहाँहरुसँग संविधान संशोधन, रेशम चौधरीको रिहाई, मधेस र थरुहट आन्दोलनको मुद्दा सम्बोधन र पक्राउ परेका रिहाईबारे माग राखेका थियौं,’ नेता कर्णले भने, ‘प्रधानमन्त्रीले माग सम्बोधन गर्नेप्रति सकरात्मक छु भन्नुभयो ।’ यस्तै उनले विगतका समयमा पनि यस्ता आश्वासनहरु पाएको तर माग सम्बोधन नभएको कुरा पनि प्रधानमन्त्रीलाई भनेको बताए ।

यसका लागि जसपाको वार्ता टोली कार्यदललाई पूर्णता दिएर माग सम्बोधन कसरी गर्ने भन्ने सम्बन्धमा मोडालिटी तयार गर्ने निर्णय भएको नेता कर्णले जानकारी दिए । भेटमा प्रधानमन्त्री ओली, एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहभागी थिए ।

एमालेका तर्फबाट नेम्वाङ, पौडेल र भट्टराईलाई कार्यदलको जिम्मेवारी दिइएको छ । जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *