छिटो हेर्नु:अन्तत सबैको साथ केपी ओली लाई प्रचण्ड लाई दिए ठु*लो झ*टका ओली को झन कडा ए*क्सन (भिडियो हेर्नुहोस)

समाचार

एमालेको माधवकुमार नेपाल समूहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउने निर्णायक भूमिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै भएको बताएका छन् । पछिल्लो परिस्थिति र पार्टीभित्रको आगामी भूमिकालगायत विषयमा छलफल गर्न नेपाल समूहले बानेश्वरको एक होटलमा भेलामा उपस्थित केन्द्रीय सदस्यहरुले पछिल्लो परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाउने निर्णायक भूमिका ओलीकै भएको धारणा राखेको नेता रघुजी पन्तले बताए ।

पछिल्लो परिस्थितिमा पार्टीलाई कसरी एकताबद्ध बनाएर लान सकिन्छ त्यो विषयलाई ध्यानमा राखेर छलफल भएको छ । अब पार्टी अध्यक्ष केपी ओलीले विभिन्न कमिटीहरुको बैठक बोलाउनु होला । पार्टीलाई एकताबद्ध बनाउने कुरामा फेरि पनि निर्णायक भूमिका उहाँकै हुन्छ भन्ने साथीहरुको धारणा छ,’ पन्तले भने ।

विगतका सबै कुराहरुलाई बिर्सनु पर्ने निष्कर्ष पनि भेलाले निकालेको छ । ‘हिजोका कतिपय कुरालाई हामीले बिर्सनु पर्छ । संसद् विघटनपछि उत्पन्न भएको परिस्थितिमा आआफ्ना राय विचार व्यक्त गर्ने कुराहरु भए । त्यो विगत भइसक्यो,’ पन्तले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *