एमाले ब्युतिएपछि झन क*डा गर्जिए ओली, प्र’चण्ड माधवको रुवाबासी: तपाईं कुन पार्टीको हो भनेर सोध्नु नपरोस (भिडियो हेर्नुहोस)

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् ।

आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्‍न गरेका थिए । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही मान्छेले अदालतले भनेको पनि नसुन्ने गरेको आरोप लगाएका हुन् ।

रावललाई जवाफ दिँदै ओलीले भने, ‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन ।’ उनले उल्टै रावललाई प्रश्न गरे, ‘मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ।’ सर्वोच्च अदालतले आइतबार आधिकारिक नेकपा ऋषि कट्टेलको हो भनेपछि साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *