भर्खरै संसदमा हं*गामा: एक्का*सी तना*वग्र*स्त बन्यो, टेवल ठोक्दै रोष्टम घेर्न पुगे सांसदहरु (भिडियो हेर्नुहोस्)

राजनीति

संघीय संसद्‌अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक आइतबार बेलुकी ५:१० बजेपछि सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन १४ गते आज (आइतबार) का लागि संसद्को अधिवेशन आह्वान गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुन:स्थापना गरेको थियो ।

सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोही बमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपतिले बैठक आह्वान गरेकी थिइन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखले राष्ट्रपतिद्वारा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री र गृहमन्त्रीले विभिन्‍न अध्यादेशहरु पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने रहेका छन् । यसअघि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने तेस्रो कार्यसूची भएपनि त्यसलाई हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *