नाकको फुली बेचेर हराएकी जेठानी यस्तो अवस्थामा सम्पर्कमा आइन। को संग बसिन यतिका दिन (भिडियो हेर्नुहोस्)

समाचार


नाकको फुली बेचेर हराएकी जेठानी यस्तो अवस्थामा सम्पर्कमा आइन। को संग बसिन यतिका दिन (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले सहकारी संस्थामार्फत् धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के मेसिन मगाएको थियो। एकै पटकमा ६ लाइनमा धान रोप्ने यस्तो मेसिन सहकारी संस्थामार्फत् सञ्चालनमा आउन लागेको देशमै पहिलो पटक हो। यसअघि झपाको महारानीझोडामा एक जना व्यवसायीले यस्तो मेसिन भित्र्याएका थिए।

२० लाख ९० हजार रुपैयाँका दरले खरिद गरिएका दुई वटा मेसिनहरू साना किसान कृषि सहकारी संस्था बछौली र कुमरोजले सञ्चालन गर्नेछन्। यसमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ भने बाँकी रकम सहकारी संस्थाहरूले व्यहोरेका छन्। ‘यो मेसिन आएपछि अब हामीले लाइन लागेर धान रोप्न पर्दैन? हाम्रा दुःखका दिन सकिएकै हुन् त?,’ स्थानीय कार्की चौधरीको जिज्ञाशा थियो। किसानको चासो मान्छेले रोप्दा र मेसिनले रोप्दा हुने उत्पादनको फरक, लागतको भिन्नता कस्तो हुन्छ भन्नेमा थियो।

सहकारी संस्थालाई मेसिन हस्तान्तरण गर्दै कृषि तथा सहकारी मन्त्री पद्मा अर्यालले प्रविधिको जमाना सुरू भएको भन्दै अब प्रविधिको प्रचुर प्रयोग गर्दै देशलाई समृद्धितर्फ अघि बढाउनु पर्ने बताइन्। ‘अब कृषिमा यान्त्रिकीकरणको प्रयोग नितान्त जरूरी छ,’ उनले भनिन्, ‘खेतमा जान हलो, जुवा, गोरुको जोहो गरेर दौडधुप पर्नुपर्ने अवस्था हट्यो। हाम्रा दिदी बहिनीले अब घरकै पिँढी, आँगनमा बसेर कुत्रुकुत्रु ब्याड बनाए पुग्ने भयो।’

परियोजनाको धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले उत्पादकत्व धेरै देखिएका देशहरूमा यही मेसिनको प्रयोगबाट धान रोप्ने गरिएको बताए। ‘मान्छेले रोप्दाभन्दा यो प्रविधिको प्रयोग गरी धान रोप्दा सस्तो र स्तरीय हुन्छ,’ पौडेलले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको मेसिन, विज्ञान, तथ्य र व्यवहारले प्रमाणित गरेको प्रविधि भएकाले यसले उत्पादकत्व बढाउँछ भन्नेमा हामी ढुक्क छौं।’

नेपालमा धान रोप्ने तीन पांग्रे मेसिनको प्रयोग हुन थालेको केही वर्ष भयो। तर त्यसमा किसानको रूची खासै देखिएन। त्यसपछि केही किसानले एकै पटकमा चार लाइनमा रोप्न मिल्ने चार पांग्रे मेसिन भित्र्याए। ‘त्यसको प्रयोगबाट उत्पादन लागत घट्ने र उत्पादकत्व बढ्ने देखियो,’ परियोजनाका चितवन प्रमुख मेघनाथ तिमिल्सिनाले भने, ‘अब किसानहरूलाई यसतर्फ अग्रसर हुन प्रेरित गर्नुपर्छ भनेर हामीले सहकारी संस्थाहरूसँग समन्वय गर्न थालेका छौं।’

तिमिल्सिनाकाअनुसार तराई क्षेत्रका अधिकांश खेतमा सतह मिलाएर यो मेसिनको प्रयोग गरी धान रोप्न सकिन्छ। यसले एक दिनमा ५ विगाहा जमिनमा धान रोप्न सक्छ। मेसिनको प्रयोग गरी धान रोप्नका लागि ब्याडको छुट्टै व्यवस्था गर्नुपर्छ। खेताला खोजेर खेतमै ब्याड राख्ने गरिएकोमा मेसिनले रोप्ने बीउ भने ‘ट्रे’(बीउ जमाउन प्रयोग गरिने भाँडो)मा जमाउनुपर्छ। उस्तै आकारका ट्रेमा माटो र मल राखेर जमाइएको बीउ रोप्न योग्य भएपछि मेसिनले खेतमा लगेर लाइन मिलाएर रोप्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *