स्व.श्रीकृष्ण श्रेष्ठकी साथी संगम भण्डारीले बताईन ShreeKrishna को जीवनी, Shweta Khadka लाई यसो भनिन्

समाचार


स्व.श्रीकृष्ण श्रेष्ठकी साथी संगम भण्डारीले बताईन ShreeKrishna को जीवनी, Shweta Khadka लाई यसो भनिन्

याे समचार पनि पढ्नुहोस्
आफैंले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित हुँदा नैतिकताका आधारमा राजीनामा दिनुपर्छ नभन्ने त सवालै उपस्थित हुँदैन । धेरैले भने, पुष्पकमल दाहालदेखि पम्फा भुसालसम्मले । उनी एकरत्ती नैतिक दबाबमा नपरेको प्रशस्तै प्रतिक्रिया आए । त्यस्तो प्रतिक्रिया दिनेले के बुझेनन् भने, नैतिक दबाब भनेको दाहाल, भुसाल, माधवकुमार नेपालले दिने दबाब होइन, आफ्नै ब्रह्मको आदेश हो । आफ्नै हृदयको दृष्टि हो । हृदयको दृष्टि प्रस्ट हुनेले आफ्नो ब्रह्मको आदेशको अनुपालन गर्छ । दृष्टि प्रस्ट नहुने ब्रह्मका खिलाफ उभिन्छ र आफ्नै अवमूल्यन गर्दै आफैं ठूलो पल्टिन्छ ।

उचित अवसरमा समुचित निर्णय भनेको हृदयको दृष्टिले देखेअनुसार गर्ने हो । मनोविज्ञान र विज्ञानका अरू विषयका समेत लेखक, स्तम्भकार डेनियल गोलमनले आफ्नो पुस्तक ‘इमोसनल इन्टेलिजेन्स’ को पहिलो अध्यायमा एउटा उद्धरणद्वारा भनेका छन्, ‘हृदयबाट जे देखिन्छ, त्यो सही हुन्छ । जे वास्तवमा देख्नुपर्ने हुन्छ, त्यो आँखाले देख्दैन, (हृदयले देख्छ) ।’ मनोविज्ञहरू मनभित्रका खुलदुली खोतल्छन् । मनोविज्ञहरूका अनुसार, जे तीव्रतापूर्वक हृदयद्वारा महसुस हुन्छ, त्यही हृदयले देख्नु हो र हृदयले देखाएको बाटो हिँड्नुपर्छ भन्ने मत रहन्छ । यसरी बुझ्दा के थाहा हुन्छ भने, ओलीले आफ्नो हृदयका आँखा खोलेनन् । अथवा भनौं, उनका भित्री आँखा खुलेनन् । भित्री आँखा अरूले खोलिदिएर खुल्ने होइनन्, आफैं खोल्नुपर्छ ।

माथिका हरफ देखेर लाग्न सक्छ, यस्तो राजनीतिक हलचलमा किन मनोविज्ञका दृष्टिकोण चाहियो ? तीखो विश्लेषण पो चाहिन्छ त । तर मनका हलचलको विषय उठान गर्दै लेख्नुको अर्थ छ । अर्थ के हो भने, राजनीति मान्छेले गर्छ र गर्दागर्दै धेरैजसो अवस्थामा ऊ पथभ्रष्ट हुन्छ । सत्तासँगै उसका विवेकका आँखा बन्द हुन्छन् । हुन त जुनसुकै काम गर्दा पनि भित्री आँखा खोलेरै गर्नुपर्छ भनिएको छ । त्यसो गर्दा मार्गच्युत हुने सम्भावना कम हुन्छ । राजनीतिमा यो भित्री आँखावाला आध्यात्मिक गुण अत्यन्तै महत्त्वपूर्ण हुन्छ किनभने यसमा एकातिर लोककल्याणका लागि कर्म गर्ने, आफूलाई उत्सर्ग गर्ने खुला अवसर हुन्छ भने अर्कातिर प्रलोभन, भ्रष्टाचार, ठगी र जालझेलको बाटो पनि प्रशस्त हुन्छ ।

दोस्रोतर्फ आकर्षित राजनीतिज्ञका आँखा केवल कुर्सीमा हुन्छन् । ऊ लाज–सरम सबै त्यागेर जथाभावी गर्न थाल्छ । फलस्वरूप राजनीति गर्दागर्दै ऊ हृदयको दृष्टि बन्द गरेर धृतराष्ट्र बन्न जाने सम्भावना प्रबल हुन्छ । त्यस्ता सम्भावना हुनेहरूमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली मात्र होइन, पुष्पकमल दाहाल, माधवकुमार नेपाल पनि पर्छन् अनि यहाँ शेरबहादुर देउवा र रामचन्द्र पौडेलको नाम पनि छुटाउन मिल्दैन । कसैलाई पनि पूरै अपवाद मान्न सकिँदैन । अदालतको फैसलापछि मार्गप्रशस्त गरिदिएर ओली त्यस्तो सम्भावनाबाट मुक्त हुन सक्थे, तर भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *