एकसट्ठी दिनमा खुशिको खबर ! कन्चनको अप्रे*सन सफल भयो kanchan news (भिडियो हेर्नुहोस)

समाचार


एकसट्ठी दिनमा खुशिको खबर ! कन्चनको अप्रे*सन सफल भयो kanchan news (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारले आकर्षक बाउन्सब्याक गरेको छ। लगातार करेक्सन हुँदै आएको बजारमा आज हरियाली छाएको छ। आज परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.६७ अंकले बढेर ४५१.४६ को उचाइमा पुगेको छ। कारोबार रकम भने घटेर ६ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियाले बजारमा चलेका हल्लाका कारण उत्पन्न अन्यौलतालाई चिर्दै बजार आज बाउन्सब्याक भएको बताए। ‘तलरतामा दबाब परेसँग ब्याजदर अब बढ्छ भन्ने बजारमा निकै हल्ला चलेको थियोे’, उनले भने, ‘आजको बढाइले ब्याजदर बढ्ने हल्ला निराधार रहेको पुष्टि गरेको छ।’

राजनीतिक घटनामा सुधार हुँदै गर्दा लगानीकर्तामा उच्च मनोबल सिर्जना हुँदा बजार उकालो लागेको रौनियारको तर्क छ। ‘आज बजारले आगामी दिनमा कस्तो दिशा लिन्छ भन्ने कुरा घामजस्तै छर्लङ भएको छ’, उनले भने, ‘अब बजार बढ्ने नै हो, सानातिना करेक्सन आउँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैन।’

हल्लाका पछाडि लागेर यो साता सेयर बेच्नेहरु आजको बजारको नतिजाले पछुताउनुबाहेक अन्य विकल्प नरहेको रौनियारले बताए। ‘बजारले खरिदको अवसर दिएकै थियो तर सोझासीधा लगानीकर्ताहरुले धमाधम सेयर बेचे’, उनले भने, ‘टाठाबाठाले उठाए। जसले होल्ड गरे उनीहरुले पनि कमाए।’

बढ्दो बजारमा आत्तिएर सेयर बेच्नुभन्दा पनि सकभर राम्रा र बलिया कम्पनीका सेयर किन्नुपर्ने र जतिसक्दो होल्ड गर्न सके लगानीकर्ताहरुलाई फाइदैफाइदा हुने रौनियारको सुझाव छ। बजार जानकार गोविन्दप्रसाद घिमिरेले आज बजार बढ्नु स्वाभाविकै भएको बताए। ‘बजारमा केही दिन करेक्सन आइसकेको थियो, आज बजार बढ्नैपर्ने थियो र बढ्यो पनि’, उनले भने, ‘सेयर बजार घट्नु र बढ्नु स्वभाविक प्रक्रिया नै हो।’

बजारमा करेक्सन आउँदा सेयर किन्ने अवसर सिर्जना भएको घिमिरेले पनि बताए। ‘देश–विदेशमा रहेका नेपालीहरुले बजारमा करेक्सन आउँदा ठूला परिमाणमा सेयर उठाएका छन्’, उनले भने, ‘तर केही लगानीकर्ताहरु हल्लाको पछाडि लागेर सेयर बेचे, उनीहरुले कमाउने अवसर गुमाए।’

आज सरकारले विप्लव समूहलाई पनि राजनीतिक मूलधारमा ल्याउन सफल भएको उल्लेख गर्दै घिमिरेले यसले पनि बजार बढ्नमा केही हदसम्म सहयोग गरेको देखिने बताउँछन्। ‘आजको बढाइले अब बजार माथि नै जाने संकेत गर्छ’, उनले भने, ‘तर कतिसम्म माथि जान्छ भन्ने कुरा भविष्यले नै देखाउनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *