दुखद खबर 😢😰😭 : दुईवटा ट्रक ठो’क्किँदा दुवै ट्रकका चालकको मृ’त्यु

समाचार

राजमार्गअन्तर्गत नवलपरासी (ब’र्दघाट सु’स्तापूर्व) नवलपुरको दुम्कौलीमा सोमबार राति दुईवटा ट्रक ठो’क्किँदा दुईजनाको मृ’त्यु भएको छ। दु’र्घटनामा दुईजना ’घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब’र्दघाट सु’स्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दु’र्घनामा परेका दुवै ट्रकका चालकको मृ’त्यु भएको हो।

उनका अनुसार दु’र्घटनामा परी ना६ख ३०११ नं को ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नं को ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृ’त्यु भएको छ।

दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घा’इते भएका छन्। ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय वि’श्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घा’इते भएका छन्। घा’इते दुवैको अवस्था ग’म्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *