एकल महि*ला कसरी परीन ६० व*र्षीय बा संग मायाजालमा, अनि भयाे सामुहिक बलत*कार ? सबै कुरा दाजुले खाेले (भिडियो हेर्नुहोस्)

समाचार

एकल महि*ला कसरी परीन ६० व*र्षीय बा संग मायाजालमा, अनि भयाे सामुहिक बलत*कार ? सबै कुरा दाजुले खाेले (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
ठूला आयोजनाको शिलान्यास गर्न प्रायः बहालवाला प्रधानमन्त्री आफैं जान तयार हुन्छन् । प्रधानमन्त्री आफैं शिलान्यास गर्न आएपछि कार्यक्रम भव्य बनाइन्छ । यस्तो प्रवृत्ति विगतदेखि वर्तमानसम्मका प्रधानमन्त्रीमा प्रायः देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि शिलान्यास र उद्घाटनमोह राम्रै छ । प्रधानमन्त्री आफैंले भव्य रूपमा शिलान्यास गरेका आयोजनाको प्रगति भने अति न्यून छ । कतै शिलान्यास भएर काम अघि बढ्न सकेको छैन, कतै निर्माण सम्पन्न भएर पनि आयोजना सञ्चालनमा आउन सकेका छैनन् । केही आयोजनाको शिलान्यास मात्र होइन, उद्घाटन पनि सम्बद्ध विभागीय मन्त्रीले पटकपटक गर्दासमेत सञ्चालनमा आउन सकेका छैनन् ।

करोडौं रुपैयाँ लगानी भएका ठूला संरचना धेरैजसो बेवारिस छन् । तर प्रधानमन्त्री ओली विकास निर्माणसँग सम्बद्ध आयोजना शिलान्यास र उद्घाटन गर्न जहाँ पुग्छन्, त्यहाँ प्रायः रेल, पानीजहाज र सुरुङ युगको सुरुवात भयो भन्न छाड्दैनन् । उनै प्रधानमन्त्री ओली हुन्, जसले २०७५ फागुन २ मा भव्य उद्घाटन गरेको पानीजहाज कार्यालय अहिले गुमनाम छ ।

पानीजहाज सञ्चालनसम्बन्धी कानुन अहिले बन्न सकेको छैन । कार्यालयले आवश्यक कर्मचारीसमेत पाउन सकेको छैन । जसले गर्दा प्रधानमन्त्री ओलीले भन्दै आएको पानीजहाज नेपालमा कहिले चल्छ ? यसको उत्तर कार्यालयलसँग नै छैन । ठूला नदीमा चलिरहेका मोटरबोट नियमन गर्न कानुन नहुँदा जथाभावी रूपमा चलाइएको छ । कुन नदीमा कति मोटरबोट चल्छन् भन्ने तथ्यांक कार्यालयसँग छैन । पानीजहाज सञ्चालनसम्बन्धी ऐन संसद्मा पेस भए पनि पास नभएको कार्यालयका सूचना अधिकारी राजन प्रधान बताउँछन् ।

अहिले संसद् चलेको छैन । जसले गर्दा तत्काल कानुन पास हुने अवस्था छैन । ‘हामीले कानुन आउन ढिलाइ भएपछि सञ्चालनसम्बन्धी कार्यविधि बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गर्‍यौं,’ उनले भने, ‘तर अहिलेसम्म स्वीकृत भएको छैन ।’ कार्यालयले पानीजहाजसम्बन्धी नै काम गर्न चाहिने प्राविधिक कर्मचारी अन्य विभागबाट सरसापट गरे चलाउँदै आएको छ ।

यति मात्र होइन, प्रधानमन्त्री ओलीले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास २०७६ कात्तिकमा गरेका थिए । त्यति बेला मुलुकमा सुरुङयुगको सुरुवात भएको उद्घोष गरे । तर शिलान्यास भएको १४ महिनापछि मात्र सुरुङ निर्माणको काम थालियो । ४२ महिनामा सक्नुपर्ने आयोजनामा बल्ल सुरुङ खन्ने काम हुँदै छ । जग्गाको मुआब्जा र आयोजनामा पर्ने घरटहरा समयमै भत्काउन नसक्दा लामो समयसम्म काम अघि बढ्न सकेन । तयारीबिना हतारमा ठेक्का गरेर शिलान्यास गर्दा कामले गति लिन सकेन । शिलान्यास भएको डेढ वर्ष बित्न लाग्दा आयोजनाको भौतिक प्रगति कति छ ? अहिलेसम्म देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *