कन्चनको यस्तो ग*म्भीर अबस्था, हजुर आमाले यस्तो भन्नु भयाे (भिडियो)

समाचार

कन्चनको यस्तो ग*म्भीर अबस्था, हजुर आमाले यस्तो भन्नु भयाे (भिडियो)

याे समचार पनि पढ्नुहोस्
पछिल्लो समय आन्तरिक उडानतर्फ ट्रंक रुट (तराई जिल्लाका उडान) मा उल्लेख्य सुधार आए पनि स्टल रुट (पहाडी तथा हिमाली जिल्लाका उडान) र हेलिकप्टर उडानमा सुधार नआउँदा उड्डयन क्षेत्रले अझै व्यावसायिक लय समातेको छैन। यसका साथै अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको पनि व्यवसायले गति लिन सकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथ्यांकअनुसार कोभिड—१९ को महामारीपछि हाल आन्तरिकतर्फको ट्रंक रुट र स्टल रुटतर्फ आउने जाने गरी दैनिक करिब दुई सय उडान भइरहेको छ। कोभिड—१९ महामारी अघिसम्म ती दुवै रुटमा दैनिक औसत तीन सय उडान हुन्थ्यो।

अहिले ट्रंक रुटमा सबै वायुसेवा कम्पनीले करिब ८० प्रतिशत अकुपेन्सीमा जहाज उडाइरहेका छन्। तर, स्टल रुटका उडान नगन्य संख्यामा भइरहँदा ५० प्रतिशतभन्दा पनि कम अकुपेन्सी छ। फाट्टफुट्ट हुने स्टल रुटको उडानमा कार्गोको हिस्सा बढी हुने गरेको आन्तरिक वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ।

आन्तरिक उडान पुरानै लयमा फर्किंदै गएको तथ्यांकले देखाए पनि सबै आन्तरिक उडानका जहाज भने उड्न सकेका छैनन्। ट्रंक रुट भएको घाटालाई नाफामा परिणत गर्न व्यवसायी सफल भए पनि स्टल रुट र हेलिकप्टर कम्पनी भने घाटा खाएर थन्किने अवस्थामा पुगेका छन्।

यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ हाल आउने जाने गरी ३० देखि ३६ उडान हुँदै छ। कोभिडअघि भने अन्तर्राष्ट्रियतर्फ करिब ६५ उडान हुन्थ्यो। आन्तरिकतर्फ यात्रुको दैनिक चाप करिब १० हजारको हाराहारीमा पुगेको छ। आन्तरिक उडानको संख्या पहिलाको तुलनामा केही कम भए पनि अकुपेन्सीको आधारमा पुरानै लयमा फर्किएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। अन्तर्राष्ट्रियतर्फ भने उडान र यात्रु संख्यामा खासै प्रगति नभएको उनले बताए।

नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान भर्दै आएको निगमले भने हाल करिब ८० प्रतिशत अकुपेन्सीमा उडान भर्दै आएको छ। ८० प्रतिशत अकुपेन्सीमा उडान भरेको निगमले हङकङ उडानबाहेक अन्य गन्तव्यको उडानमा सञ्चालन खर्च उठाउन समस्या भएको स्रोतले जनाएको छ।

निगमले अन्तर्राष्ट्रियतर्फ ६ गन्तव्यमा उडान भर्दै आएको छ भने आन्तरिकतर्फ काठमाडौंबाट ७ गन्तव्यमा र नेपालगन्जबाट ७ गन्तव्यमा उडान गर्दै आएको छ। सरकारको तथ्यांकअनुसार सन् २०२० को नोभेम्बरसम्म समग्र उड्डयन क्षेत्रतर्फ अन्तर्राष्ट्रिय हवाई उडानमा करिब ८६ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा करिब ७२ प्रतिशतले कमी आएको छ। यस्तै आन्तरिकतर्फको उडानमा करिब ६५ प्रतिशत र यात्रुको संख्यामा करिब ७३ प्रतिशतले कमी आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *