दुखद खबर: डिउटीमै रहेका प्रह*रीको गयो ज्या*न अन्तिम सलामीको हृ*दय वि*दारक भिडीयो १ बर्षको छोराको वि*चल्ली

समाचार

डिउटीमै रहेका प्रह*रीको गयो ज्या*न अन्तिम सलामीको हृ*दय वि*दारक भिडीयो १ बर्षको छोराको वि*चल्ली Exclusive

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई विपक्षी बनाएर मुद्दा हाल्ने प्रचलनमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा दिएको जवाफमा प्रधानमन्त्रीले मुद्दा हाल्न अंकुश लगाउनुपर्ने उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको प्रतिनिधिसभा विघटनको मुद्दालाई लिएर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले अवहेलना भएको भन्दै परेको निवेदनमा बिहीबार जवाफ दिँदै प्रधानमन्त्रीले लेखेका छन्, ‘सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ त्यसमा भने नियन्त्रण हुन जरुरी देखिन्छ ।’

संविधानले सबैलाई न्यायसम्बन्धी हक दिएको भए पनि प्रधानमन्त्रीविरुद्ध मुद्दा हाल्ने काममा भने नियन्त्रण हुनुपर्ने प्रधानमन्त्रीको जवाफमा लेखिएको छ । ‘नेपालको संविधाानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हक, धाारा १७ ले स्वतन्त्रताको हक, धारा १८ ले समानताको हक तथा धारा २० ले न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ । उक्त हकहरूको सम्मान गर्दै प्रत्येक नागरिकले मौलिक हकको कार्यान्वयन गर्न कानुनले प्रदान गरेको अधिकारको पालना गर्न कुनै बन्देज लगाएको अवस्था छैन । तसर्थ संविधानद्वारा प्रदत्त मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिइएको भन्ने दाबी निराधार तथा असान्दर्भिक छ,’ उनले भनेका छन् । आफूले कसैको मौलिक हकमा अतिक्रमण नगरेको ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफूले बोल्दै नबोलेको कुरालाई लिएर मुद्दा दायर गर्नु आपत्तिजनक रहेको पनि लेखेका छन्, ‘हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाई बङ्ग्याई अदालतको अवहेलनाजस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर गर्नु आफैं‌मा अत्यन्त आपत्तिजनक छ ।’ उनले आफूले अर्कै सन्दर्भमा बोलेको भनेर त्यसको अर्थ बंग्याइएको जवाफ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *