सपनाले विनय बिरुद्ध प्रहरि जाहेरि दिए लगत्तै सपनामाथिनै मुद्दा लगाईयो (हेर्नुस् भिडियो)

समाचार

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतवि`रूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी छन्। बस्नेतले युट्युबमा सपना रोका मगरका नां`गा तस्वीर देखाइदिने भन्दै ध`म्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

‘जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी लिन टोली अदालत गएको छ,’ एसएसपी सिंहले भने,’पुर्जी आएपछि उनलाई पक्राउ गर्छौं।’ सपनाले बस्नेतविरूद्ध अ`भद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए। सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताए।

उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। विनय उपर सपनाले जाहेरि दिएसगै सपना उपर पनि मुद्दा दायर गराईएको छ ।बाबू छोरिलेनै एउटा समाजमा दुर्गन्ध फैलाएको र अहिलेको पिडिलाई गलत सन्देश प्रवाह गरेको आरोप छ । थप हेर्नुस् भिडियो सामाग्रि

Leave a Reply

Your email address will not be published. Required fields are marked *