स्कुलबाट घर फर्किदा त्यो दिन किन एक्लै फर्किन् भागरथी, आफ्नै दाई र ठुलाबुवाको बयान सुन्नुहोस्

समाचार

स्कुलबाट घर फर्किदा त्यो दिन किन एक्लै फर्किन् भागरथी, आफ्नै दाई र ठुलाबुवाको बयान सुन्नुहोस्




याे समचार पनि पढ्नुहोस्
खानाबापत ३ सय र आवासबापत ५ सय रियाल प्रदान गर्नुपर्नेछ । अतिरिक्त समयबापतको रकम अलग्गै हुनेछ । अहिले ९ सय रियाल दिने भनेर लगिएका अधिकांश श्रमिकले ७५० रियालमा काम गर्नुपरिरहेको परिस्थितिमा नयाँ तलबमानले नेपाली कामदारहरू राम्रै लाभान्वित हुनेछन् ।




कतार सरकारले नै अनिवार्य भनेकाले यो व्यवस्था कार्यान्वयनमा आउने विश्वास गर्न सकिन्छ । तथापि केही रोजगारदाताले निर्णय पालनामा आनाकानी गरे भने उजुरी प्रक्रियामा सहजीकरण गर्नेलगायतका कामदारका हकहितसित जोडिएका अरू पाटोबारे नेपाल सरकार र दोहास्थित नेपाली दूतावासले कूटनीतिक ‘लबिइङ’ जारी राख्नुपर्छ ।

यो तलबमान तल्लो तहका श्रमिकका लागि हो । घरेलु कामदारका हकमा पनि यही नियम लागू हुनेछ । दक्ष तथा सीप भएका कामदारको तलब–सुविधा भने बढी नै हुन्छ, जुन रोजगारदाता कम्पनीसितको सम्झौतामा भर पर्छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका अनुसार अब रोजगारदाताले तलब पनि अनिबार्य रूपमा बैंकमार्फत दिनुपर्नेछ । कतार सरकारले तलब कार्यान्वयन गर्न नेपाली समुदायको पनि विशेष भूमिका हुन्छ भनेको छ, यसको अर्थ दोहास्थित नेपाली दूतावासले बुझ्नुपर्छ र तदनुरूप परिचालित हुनुपर्छ । तोकिएको तलब नपाएका कामदारले उजुरी दिनका लागि कतारले संयन्त्र बनाएको छ ।

कामदारहरूले सीधै प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयमा निवेदन दर्ता गराउन सक्नेछन् । यसका अतिरिक्त, मोबाइल फोनमा ‘अमेर्नी’ नामक एप राखेर त्यसका माध्यमबाट उजुरी दिन पनि सक्नेछन् । उक्त एप नेपाली भाषामा पनि उपलब्ध भएकाले यहाँबाट गएका कामदारलाई सजिलो हुनेछ । त्यसको प्रयोगबारे नेपाली दूतावास तथा त्यहाँस्थित नेपाली समुदायका संघ–संगठनहरूले कामदारहरूलाई प्रशिक्षित गर्नुपर्छ । र, भोलिका दिनमा तोकिएको तलब नपाएमा उजुरी गर्न प्रेरित गर्ने मात्र होइन, सघाउनु पनि पर्छ । दूतावासले कामदारहरूलाई त्यहाँको प्रशासनिक विकास श्रम र सामाजिक मामिला मन्त्रालयको हटलाइन नम्बरबारे पनि सुसूचित गर्नुपर्छ ।

यो नियम कार्यान्वयनमा आएपछि कतार खाडीमा सबभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्नेछ । नेपालले सन् २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो । तर, रोजगारदाता कम्पनीले नेपालले एकतर्फी तलब निर्धारण गरेको भन्दै त्यसको पूर्ण कार्यान्वयन गरेका थिएनन् । दुई वर्षअघि भने कतारले ७५० रियालभन्दा तलको करारपत्रलाई प्रमाणीकरण गर्न छाडेको थियो । खाडीका अरू देशले न्यूनतम तलब नै तोकेका छैनन् । नेपालले आफ्नोतर्फबाट निश्चित रकममा अडान लिए पनि रोजगारदाताले त्यति दिइरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *