इन्द्रेणीमै राख्ने भए मु*स्लिम गायक अलिफ खानलाइ कृष्ण कंडेलले,अलिफ खुसीले गदगद (सहयोग स्वरुप सेयर गराै)

समाचार

इन्द्रेणीमै राख्ने भए मुस्लिम गायक अलिफ खानलाइ कृष्ण कंडेलले,अलिफ खुसीले गदगद (सहयोग स्वरुप सेयर गराै)





याे समचार पनि पढ्नुहोस्
‘नेपाल स्टार’ रियालिटी शोमा उपाधि जितेकी एलिना गुरूङ सानैदेखि गुनगुनाउँथिन्। कास्कीको मादी–२ ताङतिङ गाउँमा त्यतिबेला टेलिभिजन पुगेको थिएन। रेडियो पनि सुनिन्थेन। गाउँमा भिसिडी र क्यासेट सुनेर उनले गीत गाउन सिकेकी थिइन्। उनका तीन जना दाजुहरु, मामा र अन्य छिेमेकीले ल्याएको क्यासेट सुनेर उनले गीत गाउन सिकिन्।




टिभीका लागि केबुल लाइन त के अहिलेजस्तो होम टिभी प्रविधि पनि आइसकेको थिएन। एलिनाको परिवारले गाउँमा टिभी लगे। सँगसँगै फिल्म हेर्न भिसिडी प्लेयर र फिल्मका सिडीहरु पनि लिए। क्यासेटमा गीत सुन्ने र टिभीमा फिल्म हेर्ने लत नै बसेको थियो एलिनाको। माध्यमिक तहमा पढ्दा नै उनले यसरी फिल्म हेर्ने र गीत सुन्ने मौका पाएकी थिइन्।

त्यसो त गुरूङ समुदायको बाहुल्य रहेको ताङतिङ गाउँमा स्थानीय युवा क्लवले चाडपर्व र अन्य विशेष दिनमा नाचगान कार्यक्रम गर्थ्यो। त्यतिबेला एलिना गीत गाउनमा भन्दा पनि नाच्नमा रुची राख्थिन्। ‘सानोमा एक्ले गीत गाउँदै बस्थें’, उनले भनिन्, ‘खुलेर मान्छेको अगाडि गाउछु भन्ने नै थिएन।’ गाउँमै बसेर कक्षा– ८ सम्म पढेकी एलिना कक्षा ९ मा भर्ना हुन पोखरा झरिन्। उनको परिवार पनि पोखरामा घर बनाएर बसाइ सरे। पोखरा झरेर पढाइलाई निरन्तरता दिएकी एलिनाले पोखरामा पनि गीत गाउने चाहलाई मर्न दिइनन्। साथीहरुको गीतार बजाउँदै गुनगुनाउन थालेकी थिइन्।

एक दिन पोखरास्थित स्थानीय युवा क्लबका युवासँगै एलिना पोखराको ओपन हाउस रेष्टुरेण्ट गइन्। रेष्टुरेण्टमा गजल गाउने लाइभ ब्याण्ड थियो। क्लबका पदाधिकारीले एलिनालाई गीत गाउन फकाए। उनी पनि गाउन तयार भइन्। त्यतिबेला गायिका आस्था राउतको ‘चौवन्दीमा पटुकी…..।’ बोलको गीत हिट थियो। उनले त्यहीँ गीत लाइभ म्युजिकमा गाइन्। उनले गीत गाएको देखेर साथीहरु चकित परे। तिमीले गीत गाउन सक्दो रै’छौ भनेर उनलाई हौस्याए। गीत संगीतमा लाग्न साथीहरुले उनलाई सुझाव दिए। त्यसपछि नै उनले गीत गाउने अठोट लिएकी थिइन्।

‘त्यतिबेला मैले पनि गाउन सक्छु भनेर अठोट आयो’, उनले सेतोपाटीसँग भनिन्, ‘अब संगीत सिक्ने र गीत नै गाएर जीवन विताउन सक्छु जस्तो लाग्यो।’ गायिका बन्ने सपना बोकेर उनले पोखरामा राम्रो संगीत सिकाउने ठाउँ कहाँ छ? भनेर खोज्न थालिन्। संगीत सिक्ने हुटहुटी बोकेर उनी पोखराको ‘जोजिजु म्युजिक सेन्टर’ पुगिन्। संगीत सिक्न पुगेकी एलिनालाई जोजिजु म्युजिक सेन्टरका संगीत प्रशिक्षक करण तामाङले गीत गाएर सुनाउन लगाए। उनले घोसेमुन्टो लगाएर गीत गाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *