शुदुर-पश्चिममा भेटिए ८१ बर्षिय खिर बाजे : खिर बेचेरै जोडे करोडौंको सम्पति

रोचक

शुदुर-पश्चिममा भेटिए ८१ बर्षिय खिर बाजे : खिर बेचेरै जोडे करोडौंको सम्पति





याे समचार पनि पढ्नुहोस्

यहाँ प्रश्न आर्थिक विकासको मात्रै होइन । राष्ट्रिय जीवनको हरेक अंगमा हामी विकसित नेपालको संवाहक हौं या शोषणका प्रवर्तक भन्ने हाम्रो कर्मको संरचनाले देखाइरहेको हुन्छ । यो यथार्थ बुझ्न धेरै ठूलो सैद्धान्तिक बहस गर्नुभन्दा ससाना क्रियाकलापहरूतिर ध्यान दिनुपर्ने हुन्छ ।




हामी निमुखा गरिबको स्वार्थका लागि भनेर औषधि किन्न रकम खर्च गर्छौं, जुन जनताले तिरेको कर हो । विकसित नेपालको परिकल्पना साकार तुल्याउन जनताबाट उठाएको रकम हो त्यो । यसको सदुपयोग समृद्ध नेपाल बनाउने मूल आधार हो भन्ने मान्यतालाई नयाँ परिवर्तनको चिन्तन बनाउने कि नबनाउने ? यो चिन्तनअनुसार आफूलाई रूपान्तरित गर्ने कि नगर्ने ?

यहाँ विकास नयाँ संरचनाको निर्माणमा होइन, नयाँ संरचनाका निर्माताहरूको मान्यतासँग जोडिन्छ । यहाँ संविधान र कानुनप्रति निष्ठा प्रकट गर्न शब्दमा सजिलो छ तर व्यवहारमा संविधानलाई लात हानेर प्रजातन्त्रको लेप लगाई आफूलाई अग्रगामी भन्ने प्रयासलाई के भन्ने ? सिद्धान्तप्रतिको निष्ठा या पाखण्डीपनको डरलाग्दो अनुहार ? परिवर्तनको सूत्रधार नयाँ मेसिन र प्रविधि होइन, निर्णयको जिम्मा लिएर बसेका व्यक्ति–व्यक्तिको मान्यतासँग जोडिन्छ; नेतृत्वसँग जोडिन्छ । दिनभरि रक्सी खाने अनि भोलिपल्ट बिहान रक्सी खान हुँदैन भनी भाषण गर्ने मान्यताले अराजकताचाहिँ ल्याउँछ, शान्ति र समृद्धि होइन ।

हरेक शासनका मान्यताहरू हुन्छन् र ती मान्यताहरूका सन्दर्भमा सामाजिक संरचना पनि खडा भएको हुन्छ । नेपालमै जहानियाँ शासनको आफ्नै मान्यता थियो, जसअनुसार एउटा सानो समूहले राज्यशक्ति आफ्नो हितका लागि प्रयोग गर्थ्यो र यसप्रति उनीहरूमा इमानदारी थियो । जहानियाँ शासनको उद्देश्य जनताको सामाजिक र आर्थिक विकास थिएन । यो भ्रम र कल्पना उनीहरूमा थिएन । तर त्यसपछिका सबै पिँढीले ‘अब हामी नयाँ नेपाल बनाउँछौं, पुरानो मान्यताको ठाउँमा जनताकेन्द्रित मान्यता स्थापित गर्छौं’ भन्दै ठूलठूला भाषण मात्र गरे ।

ठूला दार्शनिक र चिन्तकहरूका तस्बिर र दृष्टिकोणले देश व्याप्त भयो । पुरानो भत्काउने र नयाँ संसार स्थापित गर्ने कल्पनाको भण्डार पास भयो । यस क्रममा जुलुस भए, सडक संघर्ष भए, बन्दुक संघर्ष भए, धेरैले ज्यान गुमाए । तर, आज हामी कहाँ छौं ? धेरै संरचनागत परिवर्तन पनि भए, परिवर्तन आत्मसात् गर्ने गगनभेदी नारा लागे तर फेरि इतिहासले हामीसँग ठट्टा गरेछ ।

अरूलाई परिवर्तनको बाटामा हिँडाउनेहरू यथार्थमा आफू त जहानियाँ शासनकै मनस्थितिमा रहेछन् । त्यहाँ केही परिवर्तन भएको रहेनछ । जहानियाँ शासनमा शासक र भारदारको झुन्ड थियो, जसले देशलाई आफ्नो ठूलो बिर्ता सम्झन्थ्यो । अहिले यो झुन्ड ठूलो भएको छ । जहानियाँ शासनको ठाउँमा दलीय शासन छ । जहानियाँ झुन्डको ठाउँमा दलीय झुन्ड छ । तर, शासकीय मूल्य र मान्यता झन्डै एउटै छ । परिवर्तन र अग्रगामी नाराभित्र, जसरी हुन्छ राज्यको स्रोत–साधन सकेसम्म एउटा सानो शासक झुन्डको स्वार्थका लागि दोहन गर्ने संस्कार परिवर्तनको मूल चरित्र भएको छ । आखिर सामाजिक परिवर्तनका केही काम त जहानियाँ शासनमा पनि भएकै हुन् ।

जहानियाँ शासनमै चन्द्रशमशेरले पनि त्रिचन्द्र कलेज खोलेकै हुन् । सती प्रथा उन्मूलन गर्ने र कमारा–कमारी अमलेख गर्ने सामाजिक सुधार पनि त्यसै बेला भएका हुन् । तर हामी त्यो शासनलाई सामन्ती भन्छौं किनभने हिमाल पहाड तराईका आमजनताको उन्नति र सम्मान राज्यको दूरबिनमा थिएन । यसबारे उनीहरूमा कुनै भ्रम पनि थिएन । यस मानेमा उनीहरू इमानदार थिए । तर आज परिवर्तनको भ्रम छ, नयाँ शासकीय पद्धति र संरचनाहरू पनि छन्; यथार्थमा काम गर्ने मान्यता त्यो सामन्ती झुन्डको भन्दा फरक छैन । संरचनामा परिवर्तन छ, तर शासकीय शैली पुरानै छ । विकासको नारा दिएर आफ्नो उन्नति गर्ने परजीवी झुन्डको आयतन विस्तार भएको छ, मान्यताचाहिँ पुरानै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *