मुस’लमान गायक अलिफको पुरा भयो बद्री पंगेनी भेट्ने सपना-स्वर सुनेर सबै चकि’त भए,बद्रीकै पहिलो गीत गाउदै

बिबिध

मुस’लमान गायक अलिफको पुरा भयो बद्री पंगेनी भेट्ने सपना-स्वर सुनेर सबै चकि’त भए,बद्रीकै पहिलो गीत गाउदै




याे समचार पनि पढ्नुहोस्
सतलज लिमिटेड भारतको सरकारी स्वामित्व भएको कम्पनी हो । सतलजले अहिले अहिले ९ सय मेगावाटको अरुण तेस्रो विद्युत् आयोजना निर्माण गरिरहेको छ ।




तल्लो अरुण अरुण तेस्रोको तल्लो तटीय क्षेत्रमा रहेको र दुवै आयोजना एउटै कम्पनीले निर्माण गर्दा लागत कम पर्ने भन्दै भारत सरकारले समेत आयोजनाको निर्माणको जिम्मा सतलजलाई जिम्मा दिन माग गर्दै आएको थियो ।

अरुण तेस्रोकै जस्तै मोडलमा तल्लो अरुण निर्माण गर्ने प्रस्ताव भारतले राख्दै आएको थियो । आफैंले निर्माण र सञ्चालन गर्ने, भारतमा विद्युत् लैजाने र नेपाललाई नि:शुल्क विद्युत् उपलब्ध गराउने गरी भारतले आयोजना निर्माणको माग गरिरहेको थियो । आयोजनाको लागत एक खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान छ । कुन सर्तमा आयोजना निर्माणको जिम्मा दिइएकोबारे बोर्ड कार्यालयले केही खुलाएको छैन ।

सरकारले २०७५ चैत १५ र १६ गते काठमाडौंमा आयोजना गरेको लगानी सम्मेलनको क्रममा बोल्दै पावर चाइना कम्पनीका महाप्रबन्धक सङ दोङसेङले तल्लो अरुण बनाउने घोषणा गरेका थिए ।

विद्युत् विकास विभागका अनुसार तल्लो अरुण ६ सय ७९ मेगावाट क्षमतामा निर्माण गर्न सकिन्छ । ब्राजिली कम्पनी ब्रास पावरले उत्पादन अनुमति पत्रमा राखिएको सर्तअनुसार काम नगरेपछि यो आयोजना विद्युत् विकास विभागले नै अध्ययन गरिरहेको छ । ब्राजिली कम्पनीले १५ वर्ष अनुमति पत्र होल्ड गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा उसको अनुमति पत्र खारेज गरिएको थियो ।

गत वर्ष नेपाल आएका भारतीय ऊर्जा राज्य मन्त्री आरके सिंहले तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनसहित ऊर्जा अधिकारीहरुसँगको भेटमा पनि तल्लो अरुण आयोजना निर्माणको लागि सतलजलाई दिन आग्रह गरेका थिए ।

तत्कालीन ऊर्जा मन्त्री पुन र भारतीय ऊर्जा राज्य मन्त्री आरके सिंहबीच गत २०७५ माघ २८ गते नयाँदिल्लीमा भएको भेटमा पनि भारतीय राज्यमन्त्रीले तल्लो अरुण निर्माण गर्न दिन प्रस्ताव गरेका थिए । भारतीय कम्पनी सतलजले अरुण तेस्रो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत पाएको हो ।

अरुण तेस्रो निर्माणको लागि नेपाल सरकारसँग भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा परियोजना निर्माण गर्ने उल्लेख छ । सतलजले आयोजना २५ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *