साह्रै दु:खद खबर- क्यामरुनमा गुडिरहेको बसमा आ’गलागी हुँदा ५३ जनाको मृ’त्यु, उनिहरुको दिव‍गत आ’त्माले शान्ति पाउनेछ

समाचार

एक यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ । २९ जना गम्भीर घाइते भएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो । सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *