वैदेशिक रोजगारमा Hemraj को छड्के ! हाकिमको सातो लिए, मान्छे बे’च्ने द’लाल भनेपछि पर्यो चर्का’चर्की Jwala

समाचार

वैदेशिक रोजगारमा Hemraj को छड्के ! हाकिमको सातो लिए, मान्छे बे’च्ने द’लाल भनेपछि पर्यो चर्का’चर्की Jwala




याे समचार पनि पढ्नुहोस्

एकलौटी शासनसत्ता सञ्चालन गर्ने मनसायले प्रतिनिधिसभा भंग गर्न लगाएर कामचलाउ बनेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको आत्मविश्वास डगमगाउन लागेजस्तो छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा दिनानुदिन पेचिलो बन्दै गइरहेको छ ।




इजलासमा भइरहेको बहसलाई शर्मा ओलीले ‘तमासा’ भनेर खिसी गरेका भए पनि सन् १९९० पछि सर्वोच्च अदालत नेपालको व्यावहारिक तवरले नै सर्वोच्च निकाय बन्न पुगेको कुरा उनलाई पक्कै हेक्का हुनुपर्छ । निर्वाचन आयोगले नियमजन्य औचित्यको सीमा नाघ्ने संकेत अहिलेसम्म दिन सकेको छैन ।

इसारा ठम्याएर खुसी मनाउन सकिन्छ, तर अन्तिम निर्णय नआएसम्म आश्वस्त हुन कठिन हुन्छ । बाह्य खेलाडीहरूको अभूतपूर्व चलखेलले गर्दा हुनुपर्छ, गएको निर्वाचनमा व्यापारीहरूमाथि चन्दाको दबाब अपेक्षाकृत कम थियो ।

अहिले त्यस्तो परिस्थिति छैन । राजनीतिक स्थायित्वका लागि मार्क्सवादी–लेनिनवादीलाई बोक्न तयार भएका पश्चिमाहरू अब सहजै शर्मा ओलीको समर्थनमा उभिने सम्भावना देखिँदैन । एकपटक धोका पाएका चिनियाँहरूले फेरि पनि तिनै प्रतिस्पर्धीमाथि भरोसा गर्लान् भन्ने आकलन यथार्थपरक लाग्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशनीति ‘आज नगद, भोलि उधारो’ सिद्धान्तमा सञ्चालन भइरहेको छ । त्यस्तो कारोबारी कूटनीतिमा विनिमयका लागि शर्मा ओलीसँग अब खासै केही बाँकी छैन । राष्ट्रवादी उन्मादको सम्पूर्ण स्थितिज ऊर्जा (पोटेन्सल इनर्जी) उनले उपयोग गरिसकेका छन् ।

लामो कालसम्म आफ्ना नृजातीय मुख्तियारको राजनीतिक वजन थामेका नेपालको ‘डोली मिडिया’ भन्न सकिने प्रतिबद्ध सांस्कृतिक कहारको काँध पनि थाकिसकेको हुनुपर्छ । आजीवन कार्यकारी प्रमुख कायम रहिरहने महत्त्वाकांक्षामा खतराको सम्भावना देखेर होला, नागरिक आन्दोलनको उद्घोष हुनासाथ शर्मा ओली पशुपतिनाथको शरण पर्न गए । हल्का गेरु रङको कोटमाथि रुद्राक्षको माला तथा सुगन्धित पुष्पहार एकताकाका झापाली नक्सलपन्थीको व्यक्तित्वमा बिछट्टै सुहाएको थियो ।

दक्षिणतिर बगिरहेको हिन्दुत्वको बयारले उत्तरको प्रभावलाई उडाएर लाने उनको अपेक्षा आधारहीन होइन । तर, आन्तरिक रूपमा उनको नेतृत्व अस्वीकृत भइसकेकाले बाहिरी प्रभाव मात्रले उनलाई धेरै दिनसम्म थामेर राख्न सक्ने सम्भावना दिनानुदिन क्षीण हुँदै गइरहेको प्रतीत हुन्छ ।

व्यापक रूपमा स्वीकार्य विकल्प सतहमा नआएकाले अनिश्चितताको अवधि केही लम्बिन सक्छ । तर सोह्रबुँदे षड्यन्त्रदेखि गति लिएको पाँच वर्षभन्दा लामो ‘नृजातीय ओलीतन्त्र’ को अँध्यारो कालखण्ड सुस्तरी समापनको चरणमा प्रवेश गरिसकेको देखिँदै छ । चिन्ता अब आउने समयका लागि निर्माण गरिने आर्थिक, सांस्कृतिक, सामाजिक एवं राजनीतिक परिकल्पनाको हो ।

सत्ताको विरोध कठिन त हुन्छ, तर प्रभाव तुरुन्तै देखिने भएकाले आन्दोलनकारीहरू उत्साहित हुन्छन् । वैकल्पिक विचारलाई दिगो बनाउन भने कठिन हुने रहेछ । पूर्वतयारीबेगरको तात्कालिक प्रतिफलका लागि गरिने आन्दोलनले सक्कली शर्मा ओलीलाई हटाएर उनको अनुकृति (इमिटेसन) प्रतिष्ठापन गर्ने मात्रै हो । सन् २००६ को ‘वसन्त विद्रोह’ बाट उत्पन्न राप र ताप उडेर केही वर्षभित्रै ओलीतन्त्रद्वारा प्रतिस्थापित भएको परिणामलाई ठम्याउन त्यस्तो तीव्र प्रक्रियाका लागि जिम्मेवार पात्र एवं प्रवृत्तिको सामाजिक पश्च–परीक्षण (पोस्ट–अडिट) पनि जरुरी हुन आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *