Exclusive: श्री’मान नेपाल आएर पैसाको हिसाब मागेपछि श्री’मती पुगिन नारायणी नदीमा, भेटियो लुगा र चप्पल।

समाचार

Exclusive: श्री’मान नेपाल आएर पैसाको हिसाब मागेपछि श्री’मती पुगिन नारायणी नदीमा, भेटियो लुगा र चप्पल।




याे समचार पनि पढ्नुहोस्
समयमा हिउँ नपर्दा यस वर्ष रुकुम (पूर्व) का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि सौन्दर्यको रुपमा देखापर्ने हिमाल टल्कन छोडेका हुन् ।




पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि यस वर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन भने तल्लो क्षेत्रमा वर्षासमेत भएको छैन् । हिउँ पर्ने मौसममै हिमालमा हिउँ नभएपछि हिमाली क्षेत्र उजाड देखिन थालेका छन् । हिमालको प्राकृतिक सौन्दर्यता नै हराउँदै गएको रुकुम ९पश्चिम० बाफिकोट गाउँपालिका हिमाल आरोही मनबहादुर खत्री बताउनुहुन्छ । हिमाली क्षेत्रमा देखिएको यो समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था देखिएको उनको भनाइ छ ।

दर्जन हिमालको आरोहण गरिसकेका खत्रीले विगतका वर्ष र अहिलेको वर्षमा सिस्ने हिमालमा धेरै परिवर्तन आएको बताए । चार/पाँच वर्ष अघिसम्म बाह्रै महिना हिउँ टल्कने हिमाललाई अहिले नियाल्दा चट्टान मात्र देखिने गरेको उनको भनाइ छ । रुकुम (पूर्व) मा पाँच हजार ८४० मिटरदेखि सात हजार २४६ मिटर उचाइ भएका पाँच वटा हिमाल रहेका छन् भने अन्य साना थुप्रै हिमाल र हिमताल छन् । जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)को आधिकारिक वेबसाइटमा राखिएको जानकारीअनुसार जिल्लाकै सबैभन्दा अग्लो हिमाल पुथाको सात हजार २४६ मिटर उचाइ रहेको छ ।

यस्तै दोगारी हिमालको उचाइ छ हजार ५३६ मिटर रहेको छ भने सामजाङ्ग हिमालको उचाइ पाँच हजार ९२४ मिटर छ । यस्तै सिस्ने हिमालको उचाइ पाँच हजार ९११ मिटर उचाइ रहेको छ भने निम्कु हिमालको उचाइ पाँच हजार ८४० मिटर रहेको छ । यी हिमालमा पुग्नको लागि ट्रेकिङ रुट निर्माणको काम भइसकेको छ । अहिलेसम्म सिस्ने र पुथालगायत त्यस आसपासका हिमालमा जाने रुट तयार भइसकेको हिमाल ओरोही खत्रीले बताए । पुथा हिमाल जाने रुट छ वर्षअघि तयार भइसकेको छ भने सिस्ने हिमाल जानको लागि भने भर्खरै मात्र तीनवटा रुट पत्ता लगाइएको छ ।

लुम्बिनी प्रदेशको रुकुम (पूर्व) तथा कर्णाली प्रदेशमा पर्ने रुकुम (पश्चिम) को तीन स्थानीय तहको भूभाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ ट्रेकिङ रुट–‘सिस्ने राउण्ड’ को अन्वेषण पूरा भएको हो । यो गन्तव्य अन्वेषण भइसकेपछि लाङ्टाङ भन्दा पनि राम्रो ट्रेकिङ रुट बन्ने पर्वतारोहीसमेत संलग्न अन्वेषण टिमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *