Exclusive: के हो त नरेश र करुणाको सम्बन्ध? नरेशका भाउजुहरुले खोले यस्तो कुरा Salyan

समाचार

Exclusive: के हो त नरेश र करुणाको सम्बन्ध? नरेशका भाउजुहरुले खोले यस्तो कुरा Salyan




याे समचार पनि पढ्नुहोस्

प्रधानमन्त्री केपी ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान र मानमर्दन गरेको भन्दै नेपाल वार एशोसिएसनका चार पूर्वअध्यक्षहरुले आपत्ती जनाएका छन् ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको भन्दै आपत्ती जनाएका हुन्।




‘प्रधानमन्त्रीद्वारा अभिव्यक्त एकजना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो यो भन्ने अभिव्यक्ति र वकिलले कुरा फिट्या फिट्यै छन् तर ढुक्क होनुहोस् प्रतिनिधिसभा पुर्नस्थापना हुँदैन भन्ने अभिव्यक्ति तथा यस अघि पनि कानुनव्यवसायीहरुलाई स्यालजस्तो म्याउम्याउ गरेका छन् सर्वोच्च अदातलमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने?

के गर्छन् ती वकिलले, भनी सार्वजनिक समारोहमा गरिएका प्रमका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मुक दर्शक भएर सहन गर्न सकिदैन’, विज्ञप्तिमा भनिएको, ‘प्रमको यो अभिव्यक्तिले अदालतमा विधाराधीन मुद्दालाई समेत प्रतिकुल असर गर्ने प्रयास भएकाले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं।’

आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा प्रधानमन्त्रीको शक्तिको अहंकर र उन्माद भएको उनीहरुको ठहर छ। उनीहरुले प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न अदालतको अहपेलनाजन्य कार्यवापत जवाफदेही बनाउन विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका छन्।

संसद पुनःस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले ‘एकजना बाजे’ वकिललाई लिएर तमासा गर्न गएछन्’ भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *