प्रकाशले फिल्म पाएपछि घरमा खुसियालि : दाई र बुवाले खोले प्रकाशको भित्र कुरा || Prakash Chand Video

मनोरंजन

प्रकाशले फिल्म पाएपछि घरमा खुसियालि : दाई र बुवाले खोले प्रकाशको भित्र कुरा || Prakash Chand Video




याे समचार पनि पढ्नुहोस्
विश्वको पछिल्लो राजनीतिक परिदृश्य हेर्ने हो भने सन् २०१९ को अन्त्यतिर फिनल्यान्डको प्रधानमन्त्रीमा सबैभन्दा कान्छी सान्ना मरिन ३३ वर्षको उमेरमा पहिलो महिला र देशको छयालीसौं प्रधानमन्त्री भएर विश्व जगत्मै एउटा सकारात्मक ऊर्जा थपिन्।




न्युजिल्यान्डमा ३९ वर्षको उमेरमा जेसिन्डा अर्डेनले दोस्रोपटक पनि प्रधानमन्त्री पद सम्हालेर देशलाई एउटा सुशासन, खुसी र सुरक्षित देशका रूपमा विश्वको पहिलो नम्बरमा ल्याउन सफल छन्। साउथ अफ्रिकाको संसद्मा आधाजसो प्रतिनिधि महिला निर्वाचित भए।

विश्वव्यापी रूपमा उदयमान भएको युवामैत्री लहरले नेपालमा पनि बेलाबेलामा वैकल्पिक शक्तिका रूपमा विभिन्न क्षेत्रका युवाहरूलाई एकताबद्ध गरिरहेको पछिल्ला केही उदाहरण पनि छन्। सुशासन र लोककल्याणकारी राज्य निर्माणका लागि साझा विवेकशीलजस्ता युवामैत्री नेतृत्व र सक्रिय युवाहरू पनि दैनिकजसो अनियमितताका बारेमा खबरदारी गरिरहेका छन्।

नेपालकै शीर्ष राजनीतिक दलहरूका युवाहरूमा पनि नेतृत्व गर्न सक्ने क्षमता भएका युवाहरू पनि सक्रिय नै छन्। अहिलेको प्रमुख राजनीतिक दलका भ्रातृ संगठनलगायत विभिन्न पदीय जिम्मेवारीमा रहेर आफ्नो कौशल देखाएका आशालाग्दा युवा नेतृत्व र उनीहरूका विज्ञ समूह पनि सक्रिय नै छन्। अन्य विभिन्न क्षेत्रमा समेत दक्ष, शिक्षित र अनुभवको विज्ञता हासिल गरेका युवा छन् र उनीहरूको राजनीतिमा आकर्षण बढ्दै गएको छ। आफ्नो युवा पुस्ताका लागि आफैं युवाले सभ्य र सुसंस्कृत राजनीतिक संस्कार सिकाउन उनीहरू नै बढी उद्यत् हुनुपर्छ र अग्रजले सही मार्गनिर्देश र उत्प्रेरणा सिर्जना गरिदिनुपर्ने दुवैको जिम्मेवारी होइन र ?

पुस्ता पुस्तान्तरण
नयाँ पुस्तालाई नेतृत्व पुस्तान्तरण गरी आफ्नो विज्ञता र अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गर्नुको सट्टा अझै पनि गुटगत, व्यक्तिगत स्वार्थ, पद र शक्तिका पछाडि लागिरहनु अग्रज र पाका नेतागणको क्रियाकलाप नागरिकलाई उचित लागिरहेको छैन। यो समय युवा पुस्ताको समय, अवसर र जिम्मेवारी हो भन्ने नारा सबैतिर सुनिन्छ तर ती भनाइ व्यावहारिक रूपमा लागू गरी आफ्नो भविष्य निर्माण गर्न उनीहरूलाई नै विश्वास र अवसर सिर्जना किन गरिँदैन ?

अर्कातर्फ, युवाहरू आफैंमा पनि परिपक्वता र नयाँ परिवेशको जस्तो रूपान्तरणको पनि उत्तिकै संकट देखिन्छ। युवा नेतृत्वका लागि राजनीति र समाजको पछिल्लो परिवेश र परिर्वतनलाई आत्मसात, मूल्यांकन र विज्ञता हासिल गर्नेतर्फ पनि अग्रसर हुनुपर्ने देखिन्छ। नागरिकले युवा पुस्ताबाट आशा गरेका विषयमा युवाको चरित्र र कार्यशैली नागरिकमैत्री हुन जरुरी पनि छ। परम्परावादी शैलीमा आएका पाका पुस्ताकै पछाडि परेर उनीहरूका सेवामा मात्र लागिपर्नु र नेतृत्वका आशा पनि गरिरहने द्वैध चरित्रले झन् बढी अस्थिरता सिर्जना गर्नेमा शंका छैन। त्यसैले नेतृत्व कसैले सहजरूपमा हस्तान्तरण गर्लाभन्दा पनि म कसरी नेतृत्व लिन योग्य छु भन्ने कौशल युवा जगत्ले देखाउनुपर्ला कि ?

विभिन्न समयमा आन्दोलनका अग्रणी मोर्चामा रहेर अनियमितता र नागरिक अधिकारको प्रत्याभूति गराउन, भ्रष्टाचाररहित समाज निर्माण, सदाचार र सुशासनका निमित्त युवा शक्ति निरन्तर लागिरहेको देखिन्छ। एउटा कुशल नेतृत्वको जिम्मेवारी र गुण भन्नु नै इमानदारपूर्वक आफ्नो जिम्मेवारी पूरा गरी समयसान्दर्भिक भावी पुस्ताको नेतृत्व सिर्जना गरी आगामी पुस्ताको भविष्यको मार्गनिर्देश गर्नु पनि हो।

यसर्थ अग्रज राजनीतिक नेतृत्वले आफ्नो जीवनकालमा सिकेका र आर्जन गरेका अनुभव र विज्ञता आफ्ना अनुजहरू युवासमक्ष हस्तान्तरण गरी दिगो आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि बेलैमा युवामा सकारात्मक उत्प्रेरणासहितको पहल गर्नु उपयुक्त समय हो। यस्तो कदमले भोलिका दिनमा केही सकारात्मक परिर्वतनसहितको दिगो जनमुखी कार्य, नीति निर्माण र कार्यान्वयनमा जनताका अपेक्षाहरूको सम्बोधन हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *