आफ्नै भाउजुलाई बि’हे गरेर भगाएपछि १ लाख तिर्नुपय्राे ॥ देवर भाउजु का ण्डकाे यसरी छलफल सकियाे ॥ समाप्त

समाचार

आफ्नै भाउजुलाई बिहे गरेर भगाएपछि १ लाख तिर्नुपय्राे ॥ देवर भाउजु का ण्डकाे यसरी छलफल सकियाे ॥ समाप्त





याे समचार पनि पढ्नुहोस्

देशमा थिति हुन्थ्यो भने सरकारको राजनीतिक संकटको सोझो मार विकास निर्माणमा पर्दैनथ्यो । प्रणालीबद्ध रूपमा चलेका संस्थाहरूले आफ्नै ढंगले काम गरिरहेका हुन्थे । फेरि, उल्लिखित तथ्यांक त कात्तिक मसान्तसम्मको मात्रै हो, जतिबेला अहिलेको सरकार ठूलो संकटमा परिसकेकै थिएन, सत्तारूढ दल नेकपाभित्र विवाद भए पनि धाँजा नै फाटिसकेको थिएन ।

र, नयाँ आर्थिक वर्ष लागेपश्चात् लामो अवधि देशमा ‘लकडाउन’ र निषेधाज्ञा पनि थिएन । तैपनि वर्षको एक–तृतीयांश अवधिमा दसांश पनि खर्च नहुनुले हाम्रो राज्य र विकास प्रशासनको खास क्षमता उजागर गर्छ । यसरी मुलुकको खर्च क्षमता नै बढ्न सकेन भने जति विकास भनेर चिच्याए पनि कुनै प्रगति हुन सक्दैन । त्यसैले, नीति निर्मातालगायतका सम्बन्धित पक्षहरूले यो मामिलालाई गम्भीरतापूर्वक लिनुपर्छ ।

जुन–जुन मन्त्रालयको मूल जिम्मेवारी विकास निर्माणका गतिविधि सञ्चालन गर्नु हो, तिनकै खर्च प्रगति पनि दयालाग्दो छ । अरू मन्त्रालयको विकास बजेटको ताल पनि उही छ । उक्त चार महिनामा दुई मन्त्रालयले त जम्मा १ प्रतिशत मात्रै खर्चिएका छन् । अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र युवा तथा खेलकुद मन्त्रालयले चार महिनामा १–१ प्रतिशत मात्र पुँजीगत खर्च गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले ३–३ प्रतिशत मात्र विकास बजेट खर्चेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकै पुँजीगत खर्च ४ प्रतिशत मात्रै छ । परराष्ट्र मन्त्रालयको त यसबीचको पुँजीगत खर्च शून्य छ । यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन, खानेपानी, कृषि तथा पशुपन्छी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि कम खर्च गर्नेमा पर्छन् । विकासे मन्त्रालयमध्ये सबैभन्दा बढी खर्च सहरी विकास मन्त्रालयले गरेको छ, त्यो पनि १६ प्रतिशत जति मात्रै छ । सबैभन्दा बढी विकास निर्माणका काम गर्नुपर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै खर्च प्रगति मुस्किलले ११ प्रतिशत छ ।

विकास खर्च नभएर ढुकुटीमा मात्र पैसा थन्किरहँदा अर्थतन्त्रमा नकारात्मक असर परिरहेको हुन्छ । यसबाट आर्थिक वृद्धिदर पनि प्रभावित हुन्छ । यसपालि जारी महामारीलाई दोष दिइएला, तर वास्तवमा मन्त्रालयलहरूले खर्च गर्ने आधार नै राम्ररी बनाएका हुँदैनन् । कि त पुँजीगत खर्च प्राथमिकतामै पर्दैन कि वर्षान्तमा मात्रै यसतर्फ ध्यान दिइन्छ । यो सरकार बनेपछि सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट कार्यान्वयनका लागि आफैं अनुगमन संयन्त्र बनाएका थिए, त्यसको समीक्षा पनि थालेका थिए ।

कार्यसम्पादन सम्झौताकै प्रचलन बसालेका थिए । ‘र, तर, पनि’ नभनी काम गर्न निर्देशन दिएका थिए । तर पनि समयमै काम हुन सकेन । खास समस्या सल्टाउनेभन्दा पनि देखावटी प्रयोजनका लागि मात्रै दिने गरेको निर्देशनले काम गरेन । पछि–पछि त यस्तो समीक्षा नै हुन छाडेको छ । सरकारको समग्र प्राथमिकतामै देश विकास कतै छुटेजस्तै भएको छ ।

नयाँ संविधान आउनुअघि बजेट ढिलो पारित हुन्थ्यो । खर्च गर्ने अख्तियारी पनि ढिलो जान्थ्यो । तर पछिल्ला वर्षमा यो समस्या छैन । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण आर्थिक वर्षको सुरुमै बजेट पारित भई खर्चको अख्तियारी पनि जाने गरेको छ । तैपनि खर्चमा सुधार भैरहेको छैन, सम्बन्धित सबैले चिन्ता गर्नुपर्ने पक्ष यही हो । सरकारसित देश बनाउने हुटहुटी नहुनु, विकास प्रशासन तदर्थवादी हुनु र सत्ता र शक्तिसितको पहुँचका कारण ठेकेदारहरूले आफूलाई कानुनभन्दा माथि राख्नु नै मुलुकका जुनसुकै परियोजनाका काम समयमै नहुनुका मोटामोटी कारणहरू हुन् । भ्रष्टाचार तथा अनियमिततासम्बन्धी अनुसन्धान गर्ने निकायहरूका कतिपय कार्यशैली पनि यसमा जिम्मेवार छन् ।

परियोजनाहरू बिनाअनियमितता प्रक्रियासम्मत ढंगले सञ्चालन हुनुपर्नेमा शंकै छैन, तर कुनै पनि बहानामा कामै नहुने परिस्थिति आउनु हुँदैन । अहिले कस्तो स्थिति छ भने, काम नगरे केही कानुन लाग्दैन, जति नै बजेट रोकेर राखेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्दैन । तर, काम गर्दा कसैले उजुरी गरेमा अख्तियारमा तारिख धाउनुपर्छ । कामै नगरे न कारबाही हुन्छ, न जवाफदेही बन्नुपर्छ ।

कार्यान्वयन गर्ने अधिकारीहरू जोखिम उठाउन नचाहने र अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रले केही प्रश्न उठाउँछ कि भनेर तर्कने प्रवृत्ति मुलुकको विकासका लागि घातक छ । तसर्थ, कारबाही भोग्नुभन्दा कामै नगर्नु बेस भन्ने मनोवृत्ति हटाउनुपर्छ । सम्बन्धित प्रशासक र व्यवसायीहरू विकास समय र बजेटप्रति उत्तरदायी हुनैपर्छ । काबुबाहिरको परिस्थितिमा बाहेक निर्धारित लक्ष्यअनुसार विकास र यससम्बन्धी खर्च नभएको समय आफैंलाई पनि भ्रष्टाचार मानी जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउने प्रणालीको खोजी गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *