प्रचण्ड माधव समूहले पैसा दिन्छौँ, खान दिन्छौँ भने काठमाडौं आन्दोलन गर्न आयौँ (भिडियो सहित)

राजनीति

नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा शुक्रबार बृहत शक्ति प्रदर्शन गर्यो । तराई मधेशदेखि हिमालसम्मका सर्वसाधारण प्रदर्शनमा सहभागी बने । तर कतिपय अनुहार विरोध प्रदर्शनको वास्तविकता र एजेण्डाप्रति अनविज्ञ देखिए’ ।




शुक्रवारको विरोधसभामा नेकपा दाहाल–नेपाल पक्षका नेताहरू जनताको जीवनस्तर परिवर्तनका लागि आन्दोलनमा होमिएको र त्यो तागत आफूसँग मात्रै रहेको राग अलापिरहेका थिए । नेताहरुले चर्काे स्वरमा भाषण वर्षाइरहँदा मञ्चकै एक कुनामा चार दिनदेखि खाना नपाएका एक गरिब भोक थाम्न नसकेर आँसु बर्षाइरहेका थिए’ ।

यी व्यक्ति हुन् तनहुँबाट आएका अर्जुन पौडेल । उनलाई प्रदर्शनसँग कुनै सरोकार छैन । एजेण्डा के हो त्यो पनि थाहा छैन । उनलाई यति थाहा छ, प्रदर्शनमा सहभागी भएपछि खाना पाइन्छ ‘।

कसैले पैसा पनि दिन्छन भनेपछि उनी प्रदर्शनमा सहभागी भएका हुन् । दाहाल–नेपाल पक्षले तयार पारेको रातो टोपी र पार्टीको झण्डा अंकित ब्यानर कसैले हातमा थमाइदिएपछि उनी अहिले दाहाल–नेपाल पक्षको कार्यकर्ता बनेको पत्तै पाएनन् । जसले जे भनोस् पर्वाह छैन, तर खाली पेट भर्नु उनको आवश्यकता बनेको छ ‘।




उनीजस्ता यस्ता धेरै व्यक्ति प्रदर्शनमा सहभागी भएका छन् जसलाई नेताका भाषणले कुनै अर्थ राख्दैन । नेताले गर्नु र नगर्नुले पनि फरक पर्दैन । उनीहरूलाई आन्दोलन किन भइरहेको छ भन्नेसमेत पत्तो छैन । प्रतिनिधिसभा विघटनपछि निरन्तर विरोध प्रदर्शन गरिरहेका नेताहरु तराई–मधेशका जनतालाई आफूतिर आकर्षित गर्न तल्लीन छन् ‘।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पुष्पकमल दाहालसम्मका प्रदर्शनमा मधेशबाट धोती गम्छा लाएर सहभागी हुनेको ठूलै संख्या देखियो । गाउँका नेता, मेयरहरुले काठमाडौं जानैपर्ने ह्वीप चलाएपछि रिजर्व बसमार्फत रातारात काठमाडौंमा आएका उनीहरुलाई पनि प्रदर्शन केका लागि भन्ने स्पष्ट थाहा छैन । पद र सत्ताको संघर्ष चर्किएपछि प्रतिधिसभा विघटन हुन पुग्यो । चिल्ला कार्पेट र सोफा केन्द्रित नेताहरु सडकको चिसो भुइँमा आइपुगे ‘।

तर सामान्य नागरिकलाई त्यसको वास्तविकता थाहा छैन । आफ्नै काँधलाई कसैले सत्तामा पुग्ने भ¥याङ बनाउदै छ भन्ने आँकलनसम्म गर्न नपाएका उनीहरु खाली पेट र खाली खुट्टा आन्दोलनमा होमिएका छन्’ ।

छाया पाटि बाट साभार गरिएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *