हेर्नु’होस् सरकारको अत्य’न्त जरु’री सुचना, नेपालमा भेटियो नयाँ प्रजातिको को*रोना, ३ जनामा सं*क्रमण पुष्टि

समाचार

हेर्नु’होस् सरकारको अत्य’न्त जरु’री सुचना, नेपालमा भेटियो नयाँ प्रजातिको को*रोना, ३ जनामा सं*क्रमण पुष्टि





याे समचार पनि पढ्नुहोस्
नेपालको भौगोलिक स्थिति र भूबनोटका कारण दक्षिण एसियामा अवस्थित नेपालमा प्रत्येक वर्ष दुइटा वायुमण्डलीय प्रणालीले निश्चित रूपमा भूमिका खेल्ने गरेको छ। एउटा पूर्व दिशाबाट चल्ने पूर्वी वायु जुन मनसुनी वायुको नामले प्रचलित छ भने अर्काे पश्चिम दिशाबाट चल्ने पश्चिम वायु।

करिब छ–छ महिनाको अन्तरालमा एकपछि अर्काे गरी चल्ने यी वायु समयानुसार १८० डिग्रीको कोणमा बदलिँदै गर्मीयाममा पूर्वबाट चल्छ भने हिउँदयाममा पश्चिमबाट चल्ने गर्छ। यी दुई वायुमण्डलीय प्रणालीको आफ्नै विषेशता र महत्त्व रहेको छ भने फरक दिशाबाट चल्ने यी वायुमण्डलीय प्रणालीको कारण नेपालको मौसमी गतिविधिमा फेरबदल आउने गर्छ। हिउँदयाममा नेपालमा पश्चिम वायु चल्ने भएकाले यसको महत्त्वबारे यहाँ चर्चा गर्न खोजिएको छ।

पश्चिम वायु युरोप महादेश र यसको आसपास क्षेत्रबाट पूर्व दिशातिर केन्द्रित भई दक्षिण एसियामा बहने एक किसिमको वायु हो। यो वायु युरोपबाट पूर्व दिशातिर बहने क्रममा हिन्दुकुश पर्वतको हिमशृंखलाको बाटो हँुदै उत्तरपश्चिम पाकिस्तान र भारतको भूभागबाट नेपाल भित्रिने गर्छ। अन्ततोगत्वा यो बंगलादेशतिर लाग्छ। यो वायु पश्चिमबाट पूर्वतिर बहने भएकाले यसलाई पश्चिम वायु भनेर भनिन्छ।

हिउँदयाममा चल्ने पश्चिम वायु युरोप महादेशको चिसो भूभागबाट सुरु भई हिमाली भेकको बाटो हँुदै बहने भएकाले चिसो हुन्छ। यसले कठ्यांग्रिने जाडो मौसमलाई निम्त्याउँछ। जसले गर्दा यो वायु जहाँजहाँ बहन्छ, त्यहाँ चिसो मौसमी गतिविधि भित्रिन्छ। दक्षिण एसियाका विभिन्न स्थान र नेपालमा हिउँदयाममा चिसो मौसमी गतिविधि देखा पर्नुको प्रमुख कारण यसैलाई मान्न सकिन्छ।

पुनश्च यो वायु युरोपबाट पूर्वतिर बहने क्रममा त्यस क्षेत्रमा अवस्थित आट्लान्टिक सागरका साथै मेडिटरेनियन, ब्लाक र क्यास्पियन सागरबाट प्रशस्त मात्रामा जलवाष्प वायुमण्डलमा आपूर्ति हुन गएमा वायुमण्डलमा सापेक्षिक आद्रता वृद्धि हुन गई मौसम बदली हुन थाल्छ। यसले गर्दा यो वायु चल्ने ठाउँमा बादल लाग्ने, हुरी–बतास चल्ने र मेघ गर्जनसहित वर्षा हुन्छ। यसैको प्रभावस्वरूप उच्च पहाडी क्षेत्रमा हिमपातसमेत हुन्छ। हिउँदयाममा दक्षिण एसियामा देखा पर्ने यस्तो मौसमी प्रक्रियालाई ‘वेस्टर्न डिस्टर्वान्स’ भनिन्छ। अर्काे शब्दमा यसलाई पश्चिम वायुको प्रभाव भनेर भनिन्छ।

पश्चिम वायुको प्रभाव जबजब सक्रिय हुन्छ तब दक्षिण एसियाका विभिन्न स्थान र नेपालमा हुरी–बतास चल्नुका साथै वर्षा हुने र उच्च पहाडी भेकमा हिमपात हुन थाल्छ। नेपालमा यस्तो मौसमी गतिविधिले तराईको समथर मैदानमा बाक्लो कुहिरो लाग्न र शीतलहर चल्न मद्द्रत गर्छ। तर पश्चिम वायु कमजोर हुने बेला सुक्खा मौसमी गतिविधि देखा पर्न थाल्छ। चालु हिउँदयाममा पश्चिम वायुको प्रभाव कमजोर भएका कारण नेपालमा वर्षा सीमित हुन पुगेको छ भने हुरी–बतास चल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *