झापामा बि’बाह गरेको २ महिनामा झु*ण्डिएको अवस्थामा भे’टिइन् निमा, श्री’मानले नै ह*त्या गरेको आ’रोप ।

समाचार

झापामा बिबाह गरेको २ महिनामा झु*ण्डिएको अवस्थामा भेटिइन् निमा, श्रीमानले नै ह*त्या गरेको आ’रोप





याे समचार पनि पढ्नुहोस्

प्रतिक्रान्तिको पहिलो शृंखला सत्तासीन दलभित्रको आन्तरिक कलहबाट सुरु हुने गरेको छ । २००७ सालको सफल क्रान्तिपछि जनताको तहबाट नेतृत्व पाएको सरकारको प्रथम प्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए जो क्रान्तिको अगुवा नेपाली कांग्रेसका अध्यक्ष पनि थिए । तर यो कुरा महत्त्वाकांक्षी बीपी कोइरालाका लागि पाच्य भएन ।




२०४६ सालको आन्दोलनबाट पुनःस्थापित दोस्रो लोकतन्त्रमा प्रतिक्रान्तिको प्रारम्भ पनि सत्तारूढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक कलहबाटै भयो । २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको चौहत्तरे पक्ष अनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको छत्रछायामा पैदा भएको छत्तीसे समूहबीच देखा परेको गुटगत झगडा २०५९ सालमा पुग्दा नेपाली कांग्रेस औपचारिक रूपमै फुट्यो ।

परिणामतः २०४७ सालको संविधानबाट स्थापित राजनीतिक व्यवस्था — संवैधानिक राजतन्त्र र संसदीय पद्धति — को अन्त चाहनेहरू हावी भए । एकातर्फ दरबार हत्याकाण्डपछि राजमुकुट पहिरिएका ज्ञानेन्द्र शाहले कार्यकारी राजतन्त्र ब्युँताए भने, अर्कातर्फ संसदीय व्यवस्थाको अन्त गर्ने संकल्पसहित जनयुद्धमा होमिएको माओवादीको प्रभाव छोटो समयमै देशभर फैलियो ।

२०६२/६३ सालको दोस्रो जनआन्दोलनको पृष्ठभूमिमा नयाँ संविधान बन्यो र यसपछि भएको पहिलो आमनिर्वाचनबाट पूर्वएमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपाको सरकार गठन भयो । ओलीको नेतृत्वमा सरकार बनेको केही महिनापछि नै सत्तासीन नेकपामा गुटगट बखेडा सुरु भयो । आन्तरिक झगडा क्रमशः बल्झिँदै जाँदा परिणाम त्यही निस्क्यो जुन पहिलो लोकतन्त्र (२००७–१७) र दोस्रो लोकतन्त्र (२०४६–५९) कालमा सत्तासीन नेपाली कांग्रेसले भोगेको थियो । अर्थात्, नेकपा पनि विभाजित भयो । अब तेस्रो लोकतन्त्र पनि धरापमा पर्ने सम्भावना बढेको छ ।

संयोग के भयो भने, पहिलो, दोस्रो र तेस्रो लोकतन्त्रमा क्रान्ति वा आन्दोलनपछि बनेका सरकारहरूको नेतृत्व क्रान्तिका मूल अगुवाहरूले गर्न पाएनन् । मातृकाप्रसाद कोइराला २००७ सालको क्रान्तिको नाम मात्रको डिक्टेटर थिए, वास्तविक हिरो त बीपी कोइराला थिए । २००८ सालमा बनेको नागरिक सरकार क्रान्तिको जनादेशअनुरूपको थिएन । राजा त्रिभुवन र भारतीय प्रधानमन्त्री नेहरूले रुचाएकै कारण मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने ।

नुनको सोझो गर्दै राजाको शक्ति बढाउने कामको थालनी प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाबाटै भयो । जिउँदो सहिद मानिएका टंकप्रसाद आचार्य र उग्र क्रान्तिकारी दरिएका केआई सिंहले पनि मातृकाप्रसाद कोइरालाकै पदमार्ग पछ्याए जब उनीहरू राजा महेन्द्रकै कृपाबाट प्रधानमन्त्री बन्न पाए । राजा महेन्द्रकै रोडम्यापअनुसार उनीहरूले संविधानसभाको निर्वाचन गर्ने प्रतिबद्धता तुहाए र राजामा सम्प्रभुसत्ता निहित हुने गरी २०१५ सालको संविधान घोषणा भयो । यही संविधानमा लिपिबद्ध संकटकालीन प्रावधान प्रयोग हुनुका साथै सेना पनि परिचालन भएका कारण पहिलो लोकतन्त्रको अवसान भयो ।

दोस्रो लोकतन्त्र (२०४६–५९) लाई नियालौं । २०४६ सालको जनआन्दोलनबाट सृजित जनादेश र २०४८ सालको आमनिर्वाचनबाट प्राप्त मतादेशबीच तालमेल देखिएन । त्यस निर्वाचनपछि बनेको नेपाली कांग्रेसको बहुमतीय सरकारको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइरालाको छवि आन्दोलनअघि भिन्नै थियो । ‘राष्ट्रिय मेलमिलाप’ बाट निर्दलीय पद्धतिलाई क्रमशः बहुदलीय चरित्रअनुरूपको सुधारिएको पञ्चायत व्यवस्थामा लैजाने पदमार्गमा लागेका थिए गिरिजाप्रसाद कोइराला । तर गणेशमान सिंह संघर्षबाटै पञ्चायत ढाल्ने पक्षमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *