२० महिनाकी बा’लिकाले ५ जनालाई नयाँ जीवन दिएर संसार छोडिन

समाचार

आफ्नो जीवनको केवल २० महिना मात्रै बिताउन पाएकी एक बालिकाले अन्ततः अन्य ५ जना बालबालिकालाई नयाँ जीवन दिएर मृत्युवरण गरेकी छिन् । गम्भीर दुर्घटनामा परेकी धनिष्ठा नामकी यी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डेड घोषित गरेपछि उनका मातापिताले उनका अंग दान गरिदिए । यससँगै भारतको दिल्लीको रोहिणीकी धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् । उनको मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरिएको छ ।

धनिष्ठा ८ जनवरीमा खेल्दै गर्दा घरको पहिलो तलाको बाल्कोनीबाट खसेकी थिइन् । उनलाई सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । ११ जनवरीका दिन उनलाई ब्रेन डेड घोषित गरियो । धनिष्ठाका पिता आशिष कुमारले समाचार एजेन्सी आइएएनएससँग भने ‘डाक्टरहरुले हामीलाई धनिष्ठा ब्रेन डेड भइसकेको र उनी ठिक हुने कुनै सम्भावना नभएको बताउनुभयो । जतिबेला हाम्री छोरी अस्पतालमा भर्ना थिइन् त्यतिबेला हामीले यस्ता अभिभावकहरु भेट्यौं जो आफ्ना बच्चाको ज्यान बचाउनको लागि अंग पाउने प्रतिक्षा गरिरहेका थिए ।’

आशिषले अगाडि भने ‘हाम्री छोरी ब्रेन डेड भइसकेकी थिइन् । मैले डाक्टरसँग हामीले छोरीका अंग दान गर्न सक्छौं कि भनेर सोधें । डाक्टरले हामीले यस्तो गर्न सक्ने बताउनुभयो । म र मेरी पत्नीले अरु बालबालिकाको ज्यान बचाउनको लागि हाम्री छोरीलाई गाड्नुको सट्टा उनको शरीर दान गर्ने निर्णय गर्यौं । कम्तीमा हामीलाई यो कुराको सन्तुष्टि त हुन्छ कि हाम्री छोरी अब उनीहरुमा जीवित छिन् ।’सर गंगाराम अस्पतालका अध्यक्ष डा. डीएस राणाले भने ‘मस्तिष्कबाहेक धनिष्ठाका सबै अंगले राम्रोसँग काम गरिरहेका थिए ।

मातापिताको मन्जुरीपछि उनको मुटु, मृगौला, कलेजो र दुवै कर्निया अस्पतालमै प्रिजर्भ गरिएका थिए । उनका दुवै मृगौला एकजना वयस्कलाई, मुटु र कलेजो दुई अलग अलग बच्चाहरुलाई दिइयो । कर्नियालाई अझै पनि सुरक्षित राखिएको छ जो दुई जनालाई दिइनेछ । यसरी धनिष्ठाले ५ जनालाई नयाँ जीवन दिएकी छिन् ।’

याे समचार पनि पढ्नुहोस्

मुख्य पृष्ठसमाचारनेतासहित २२० उच्च पदस्थको सम्पत्ति छानबिनमा
नेतासहित २२० उच्च पदस्थको सम्पत्ति छानबिनमा
सिधाकुरा १५ मिनेट अघि प्रकाशि

काठमाडौं, सम्पत्ति शु’द्धीकरण अनुसन्धान विभागले नेता , पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छा’नबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अ’ख्तियार दु’रुपयोग अनुसन्धान आ’योगका पूर्वप्रमुख आ’युक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घु’स दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष ल’म्बोदर न्यौपानेलगायत छन्। उनीहरूले क’माएको अ’कुत सम्पत्तिको अनुसन्धान गरी केही मु’द्दा दा’यर गर्ने तयारी रहेको विभागले जनाएको छ।

१ हजार ३ सय उजुरीको प्रा’रम्भिक जाँ’चबुझ भइरहेको विभागका सूचना अधिकृत सुशीलप्रसाद आचार्यले जनाए। स्थापनाको पाँच वर्षमा विभागले ६६ वटा मु’द्दा विशेष अदालतमा दा’यर गरेको छ। ६ अर्ब ८ करोड ५६ हजार २ सय ७९ बि’गो कायम गरेर मु’द्दा दायर गरेको पाइएको छ । चालु वर्षको पहिलो ६ महिनामा पाँचवटा मु’द्दा विशेष अदालतमा दा’यर गरिएको छ । ती मु’द्दामा २३ करोड ७० लाख ५२ हजार ६८२ बिगो मा’ग दा’बी गरिएको छ। ०७६/७७ मा १० वटा मु’द्दा दा’यर गरिएको विभागले जनाएको छ।

जसबाट ३ अर्ब ६२ करोड २७ लाख ७३ हजार ३७३ बि’गो मा’गिएको छ। ०७५/७६ मा ९ मु’द्दा दा’यर गरिएको थियो । जसको ५१ करोड ५८ लाख ६२ हजार ५७३ बि’गो कायम गरिएको थियो। ०७४/७५ मा ४ मु’द्दा दा’यर गर्दै ५८ करोड २ लाख २३ हजार ८११ रुपैयाँ बि’गो मा’गिएको थियो। स्थापनाको पहिलो वर्ष ०७३/७४ मा ३८ मु’द्दा दा’यर भएका थिए । जसमा १ अर्ब १२ करोड ४१ लाख ४३ हजार ८२० बि’गो मा’गिएको थियो। हालसम्म ४४ वटा मु’द्दा फै’सला भएको छ। सरकारको पक्षमा पूर्ण आं’शिक रूपमा ठ’हर भएका मु’द्दाको संख्या ३९ छ।

सर्वोच्च अदालतबाट १० वटा मु’द्दाको फै’सला भएको विभागले जनाएको छ। जसमा ९ वटा मु’द्दा विभागको पक्षमा फै’सला भएको छ। आ’तंकका’री क्रियाकलापमा वित्तीय ल’गानीसम्बन्धी क’सुरका २ वटा मु’द्दामध्ये एउटामा सर्वोच्चबाट ठ’हर भइसकेको विभागले जनाएको छ। शु’द्धीकरण तथा आ’तंकवा’दी क्रियाकलापमा वि’त्तीय लगानीसम्बन्धी क’सुरको अनुसन्धान गरी अभियोजन गर्ने विभागको मुख्य काम हो। अर्थ मन्त्रालयअन्तर्गतको विभाग प्रधानमन्त्री मातहत गएसँगै यसप्रति चा’सो बढेको देखिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *