कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा उदयपुरकी युवतीले गुमा’ईन ज्या’न

समाचार




उदयपुरमा स्कुटर दुर्घटना हुदा कक्षा ११ को परीक्षा दिन हिडेकी एक युवतीको ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार विहान करिव ७ः०० बजे भएको स्कुटर दुर्घटना १९ वर्षीया प्रिया बुढाथोकी र उनको भाई घाईते भएका थिए ।

घाइते अवस्थामा रहेका दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पु¥याइएको थियो । जिल्ला अस्पतालमा उपचार नहुने भएपछि बिराटनगर पु¥याएर उपचार हुदैगर्दा उनले ज्यान गुमाएकी हुन् । प्रियाको १३ वर्षीय भाई युनिकको अवस्था भने सामान्य रहेको बताइएको छ । प्रियाको परीक्षाका लागि राजाबासबाट गाईघाट को ४९ प ९०७० नम्बरको स्कुटर चढेर दिदीभाई सँगै आउदै गर्दा सडकमा कुकूर जोगाउँन खोज्दा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

मृतक प्रिया उदयपुर सदरमुकाम गाईघाटस्थित प्याराडाइज बोर्डिङ स्कूलमा कक्षा ११ को परीक्षा विद्यार्थी रहेको प्रिन्सीपल बाबुराम आचार्यले बताए । प्रियाको मृत्युपछि विद्यालय र परिवार शोकाकुल बनेका छन् । प्रियाको शव अहिले बिराटनगरबाट घरतर्फ ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहोस्

अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको पल्सर बाइक ! बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा २० प्रतिशत डाउन पेमेन्टमा पल्सर १२५ किन्ने सोच बनाएका ग्राहकले मासिक ८ हजार ८८७ रुपैयाँ किस्ता तिरेर किन्न सक्ने छन् । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

कम्पनीले आज सार्वजनिक गरेको स्कीम अनुसार २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १६ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् । पल्सर १२५ को मूल्य २ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ । यस्तोमा २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ४५ हजार ३८० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने १ लाख ८१ हजार ५२० रुपैयाँ २४ किस्तामा तिर्नेगरि कर्जा लिन सक्ने छन् ।कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा पल्सर १२५ दिने छ । बाँकी रकम ग्राहकले १७ किस्तामा तिरिसक्नु पर्ने हुन्छ ।

३५ प्रतिशतभन्दा माथि डाउन पेमेन्ट गर्ने र नगदमै मोटरसाइकल किन्ने ग्राहकले भने नगद १० हजार रुपैयाँ नगद छुट पाउने छन् ।
यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *