७० बर्षका श्री’मान २० ब’र्षीय श्री’मतीको जोडी टिक टकमा यसरी रम्दै सिरियलमा खेल्न अफर (भिडियो सहित)

समाचार

इलामका एक जोडी पछिल्लो समय निकै चर्चामा रहेका छन । टिकटकमा एकाएक भाइरल बनेको जोडी निकै अचम्मको देखिन्छ । ७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीहरुको जीवन अनि माया देखेर सबै चकित बनेका छन ।




बुढेसकालमा आफू एक्लै भएको र नाति नातिना हुर्काउन गाह्रो भएकाले आफुले बिहे गर्नुपरेको बताउने लिम्बू बाजेले हरेक शब्दमा हसाएर भुतुक्कै बनाउछन । आफुले नातिनी समानकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी बताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दु:ख पाएको र बाजेले सुख दिन्छु भनेपछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाएको बताइन ।

अहिले टिकटक बनाउनमा ब्यस्त जोडीको घरमै पुगेर सुपर अनलाइन टिभी टिमले अन्तरवार्ता गरेको छ । भाइरल पुजा र निकै हसाउने बाजेले टिकटक बनाएको देखेर सबै चकित बनाए । हेर्नुहोस तलको भिडियो छक्क पर्नुहुनेछ ।

याे समचार पनि पढ्नुहोस्
गाडी चलाएर पिज्जा डेलिभरी गर्दै हिँड्ने एक वृद्ध श्रमिकले आफ्नो ८९ वर्षको उमेरमा कहिल्यै नसोचेको उपहार हात पारेका छन् । डेर्लिन नेवे नाम गरेका ती वृद्धको पछिल्लो मंगलबार कहिल्यै नसोचेको खुसी र उमंग बोकेर आयो । सधैँ कठिन र नियमित काम गरिरहने उनले सधैँ जस्तो सोचेर मंगलबार पनि भल्देज परिवारको ढोका ढक्ढक्याउन पुगे । पिज्जा सहित त्यहाँ पुग्दा अविश्वसनीय उपहार पाएका थिए ।

नेवे पापा जोन्सका लागि पिज्जा डेलिभरीको काम गर्छन् । हरेक हप्ता ३० घण्टा काम गर्छन् उनी । यसवाहेक उनी टिकटकमा उदाउँदै गरेका सानोतिनो स्टार पनि हुन् । र टिकटकबाटै आफ्ना ग्राहकसँग कनेक्ट हुन्छन् । भल्देज परिवारले सधैँ पिज्जा अर्डर गर्ने बेला भिडियो रेकर्ड गर्छ र सामाजिक सञ्जालमा सार्वजनिक गर्छ ।

‘ऊ पागल हो । हरेकले उसलाई माया गर्छन्,’ कार्लोस भल्देजले भने । तर डेलिभरीको क्रममा ग्राहकलाई सोध्ने नेवेको एउटा आफ्नै तरिका छ । ‘हेल्लो, तपाईँ केही पिज्जा खोज्दै हुनुहुन्छ ?’ यो उनको ‘सिग्नेचर’ प्रश्न हो ।

यस्तो सोधेको भिडियो सामाजिक सञ्जालमा आउँदा उनका ५३ हजार फलोअर्सले उनलाई यति वृद्ध उमेरमा पनि किन यस्तो काम गरिराखेको भनेर सोधिरहन्थे । उनलाई परिवारले यस्तो काम गर्न रोक्न खोजे पनि उनी निरन्तर पिज्जा बेच्न सक्रिय छन् ।

यतिकैमा ‘टिकटक फेमिली’ ले भित्रभित्र उनलाई थाहै नदिएर उनका लागि केही रकम डोनेशन संकलन गर्न थालिसकेको थियो । यसरी छोटो समयमा उनीहरुले १२ हजार अमेरिकी डलर संकलन गरिसकेछन् । जुन रकम नेवेलाई भल्देज फेमिलीले पिज्जा डेलिभरी गर्न गएका बेला अचानक हस्तान्तरण गरे ।

‘धन्यवाद भन्दा वाहेक अरु के भन्ने मलाई थाहा छैन,’ नेवेले भने । भल्देज फेमिलीले उनका लागि उक्त रकम खाँचो हुनसक्ने र यो एक सम्मान पनि भएको भन्दै हस्तान्तरण गरेको बताएको छ । उक्त पैसासँगै परिवारले उनलाई सर्पाइज दिन ‘हेल्लो तपाईँ केही पिज्जाको खोज्दै हुनुहुन्छ ?’ भनेर लेखिएका टिशर्ट पनि दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *