आमासंगको त्यो अन्तिम फोन जसले सारा नेपाली रु’वायो, यस्तो भनेकी रहेछिन Nandakali Thapa

समाचार

आमासंगको त्यो अन्तिम फोन जसले सारा नेपाली रु’वायो, यस्तो भनेकी रहेछिन Nandakali Thapa





याे समचार पनि पढ्नुहोस्

गाउँका अरु साथीहरुझैं मैले पनि कामको लागि वैदेशिक रोजगारीको बाटो अंगाले । २०७० सालतिर पहिलोपटक म साउदी गएँ । त्यहाँ दुई वर्ष बिताएँ । साउदीको बसाइ ठीकै रह्यो । दुई वर्ष साउदीमा काम गरेर घर फर्केको थिएँ । यता भूकम्पले थलिएको थियो नेपाल । यतै केही काम गरौं भन्दा भनेअनुसारको कामै नपाइने । फेरि विदेश जानुपर्यो भनेर म काठमाण्डौ गएँ ।

काठमाण्डौको एक म्यानपावर । त्यही म्यानपावरमा काम गर्ने मोरङका शंकर भट्टराईले मलाई यूएईमा राम्रो जागिर भएको र कमाइ महिनाको एक लाख रुपैयाँ भन्दा बढी भएको बताउनुभयो । म्यानपावरकै मान्छे हो झुठो के बोल्यो होला र भन्ने लाग्यो । राम्रो अवसरको पर्खाइमा रहेको मलाई शंकरका कुरामा विश्वास लाग्यो । शंकरका कुराले मेरो मनमा योजस्तो अवसर फेरि आउँदैन भन्ने भान पारिदियो । अनि मैले शंकरलाई उनले मागेजति साढेतीन लाख रुपैयाँ बुझाएँ । यो २०७३ सालको कुरा हो ।

पैसा बुझाएको केही दिनमै भिसा आयो । एकपटक विदेश गइसकेको मलाई भिजिट भिसा र श्रम भिसा चिन्न कुनै गाह्रो थिएन । आफ्नो हातमा भिजिट भिसा परेकोमा मलाई अचम्म लाग्यो । मैले शंकरसँग यो विषयमा कुरा गरेँ । भिजिट भिसामा पठाउन खोजेकोमा प्रतिवाद पनि गरेँ । तर उनका चिल्ला कुराको अगाडि मेरो विरोधको केही लागेन । मैले पैसा बुझाइसकेको थिएँ, जाँदिन भन्यो भने पैसा गुम्ने हो कि भन्ने डर थियो मेरो मनमा । तर त्यतिबेला म मात्र थिइनँ । अरु २०/२१ जना पनि मेरै जसरी भिजिट भिसामा जाँदै थिए । सबैले तीनचार लाख रुपैयाँ बुझाएका थिए । यति धेरै जना जाँदै हुनुहुन्छ, चिन्ता मान्नुपर्ने केही छैन भनेर शंकरले सम्झायो । अरु साथीहरुले पनि खासै अप्ठ्यारो नहुने कुरा गरे । अनि हामी यूएई गयौं ।

त्यहाँ शंकरका मान्छेले नै हामीलाई एअरपोर्टबाट होटेलसम्म लिएर गए । त्यहाँ उनीहरुले कोठा खोजेर तयार पारेका रहेछन् । हामीलाई त्यही कोठामा राखेर शंकरका मान्छे सम्पर्कविहीन भए । कामको लागि फोन गर्यो भने भोलि/भोलि भन्दै टार्ने गर्थे । नेपालमा शंकरलाई फोन गर्दा उसले फोन उठाउँथेन । त्यो लगभग चार महिनाको अवधिमा निकै दुःख पाइयो । आफूले लगेको पैसा केही दिनमै सकियो । पछि साथीहरुसँग आपटसापट गरेर चलाइयो । कतिपटक घरबाट पैसा मागियो । कोही साथी कतै लागे, कोही कतै । धेरैले दुःख पाए । कोही नेपाल फर्के । यहाँ केही हुँदैन, पछि झन् दुःख हुन्छ भन्ने सोचेर मैले पनि घरबाट पैसा मगाएँ । यूएई गएकाे तीन महिना २१ दिनपछि म पनि नेपाल फर्किएँ ।

कहिलेकाहीँ अनुभवले मात्र पनि काम गर्दो रहेनछ । एकपटक वैदेशिक रोजगारीमा गएको अनुभव हुँदाहुँदै पनि म दोस्रो पटक ठगिएँ । त्यहाँबाट आएर मैले शंकरलाई भेटें । उनको जोरपाटीमा पसल थियो । उनीबाट डेढ लाख रुपैयाँ लिएँ । बाँकी रकम केही दिनमा दिन्छु भनेको थियो तर पछि त पसल नै बेचेर गइसकेको रहेछ, पछि भेट पनि भएन । त्यसपछि म पनि कतार गएँ । त्यहाँ दुई वर्ष बसेर ९ महिना पहिले मात्र म नेपाल फर्केको थिएँ । बीचमा कोरोनाले लकडाउन भयो कहीँ जान पाइएन । अझै मैले शंकरबाट करिब दुई लाख रुपैयाँ लिन बाँकी छ । त्यसैको लागि म वैदेशिक रोजगार विभाग लगायत अन्य निकायहरुमा पनि धाइरहेको छु ।

एजेण्टको विश्वास गर्दा म नराम्रोसँग ठगिएँ । अरुलाई पनि यो विषयमा सचेत रहन आग्रह गर्छु । भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा पठाएर हामीबाट एजेण्टले मोटो रकम लुट्दा रहेछन् । वैदेशिक रोजगारीमा जानै परे श्रम लिएर, कानुनी प्रक्रिया पूरा गरेर मात्र जान म सबैमा आग्रह गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *