जाडोले लगलग काम्दै रु’ने आमाले पाईन् सहयोग,४ बर्षदेखिको नङ फालियो,नयाँ कपडा र बेड पाउदा खुसीले गाईन्

समाचार

जाडोले लगलग काम्दै रु’ने आमाले पाईन् सहयोग,४ बर्षदेखिको नङ फालियो,नयाँ कपडा र बेड पाउदा खुसीले गाईन्




याे समचार पनि पढ्नुहोस्

ग्रिसका दार्शनिक जेनोफोनका अनुसार घोडालाई भगवान्को चित्र बनाउन दिने हो भने उसले आफ्नो जस्तै रूपको भगवान् बनाउने छ। दार्शनिक जेनोफोनको यो भनाइलाई मान्ने हो भने डेमोक्रेसीमा बहुसंख्यक युवाहरूको प्रतिनिधित्व अल्पसंख्यक वृद्धहरूले गर्न सक्दैनन्। अथवा युवाहरूसँगै आएका आधुनिक युगका मुद्दाहरूको नेतृत्व अहिलेको राजनीतिक नेतृत्वले गर्न नसकेका कारण पटकपटक देशले युगीन संकटसँग जुध्नु परिरहेको छ।

दार्शनिक कार्ल माक्र्सको भनाइमा एउटा समाज कस्तो छ भन्ने बुझ्न त्यसको राजनीति अथवा संस्कृति हेर्नुभन्दा त्यसको अर्थशास्त्र हेर्नुपर्छ। विगत दुई शताब्दीदेखि नेपालको अर्थतन्त्रको मेजर हिस्सा रेमिट्यान्स रहँदै आएको छ। त्यसैगरी रेमिट्यान्सको मेजर हिस्सा युवा पुस्ता नै हो भन्ने कसैले छिपाएर छिप्दैन। सरकारको आधिकारिक तथ्यांकमा ४० लाख युवा विदेशमा रहेको देखिए पनि अनधिकृत रूपमा विदेशमा रहेर रेमिट्यान्स पठाउने युवाहरू पनि हाराहारी २० लाख रहेको अनुमान गरिएको छ। देशले तत्काल भोगेका ठूला समस्या भूकम्प, नाकाबन्दी र कोभिड– १९ को महामन्दीमा पनि युवा समुदायले आफ्नो दायित्व भुलेको छैन, लगातार पैसा देशमा पठाइरहेकै छ। २०५१ सालको एमालेको अल्पमतको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले आफ्नो बुढ्यौली व्यथा बुझे र सय रूपैयाँ भत्ताको प्रावधान सुरु गरे। हामीले माथि नै भन्यौं कि संसारका मुख्य परिवर्तनमा युवा समुदायले निर्णायक भूमिका खेलेको इतिहास साक्षी छ।

अल्बर्ट आइन्स्टाइनले सन् १९९५ मा विशेष सापेक्षताको सिद्धान्त प्रतिपादन गर्दा मात्रै २६ वर्षका थिए। उनले जिन्दगीका मुख्य आविष्कारहरूलाई करिब ४५ वर्ष रहँदासम्म लम्ब्याएका थिए, त्यसपछि उनले ती आविष्कारहरूको व्याख्यामा मात्रै बाँकी जीवन व्यतीत गरे। कम्युनिस्टका गुरु कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट घोषणापत्र लेख्दा क्रमश: ३० र २८ वर्षका थिए। प्राचीन कालमा बुद्धले बुद्धत्व प्राप्त गर्दा उनी ३५ वर्षका थिए। नेपालमै पनि पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा एकीकरण अभियान थालेका थिए। बीपी कोइराला राणाशासन ढाल्ने अभियानमा ३१ वर्षको उमेरमा नेपाली कांग्रेस गठन गर्दै लामबद्ध भएका थिए। नेकपाका गुरु मदन भण्डारीले २०५० सालमा ४१ वर्षको उमेरमा दासढुंगा हत्याकाण्डअघि चिनियाँ क्रान्तिको धङधङीमा रहेको तत्कालीन नेकपा मालेलाई जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्दै शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका थिए।

प्रचण्ड र बाबुरामले २०५२ सालमा दीर्घकालीन जनयुद्ध सुरु गर्दा उनीहरू पनि यही उमेर समूहका युवाभित्र पर्दथे। आजका प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, झलनाथ खनालहरूले पनि यही उमेर समूहभित्र पञ्चायतविरुद्ध निर्णायक संघर्ष गरेका थिए। तर २०४६ को त्यो परिवर्तनलाई संस्थागत गर्न नसकेर यही नेतृत्वले पुन: दरबारमा बुझाएपछि ०६२/०६३ मा अर्को पुस्ताको निर्णायक संघर्षको परिणामस्वरूप पुन: सार्वभौमसत्ता जनतामा त आयो तर मूल नेतृत्वमा त्यो परिवर्तनको निर्णायक शक्ति युवा पुस्ता नपुगेकाले त्यो परिवर्तनका मुद्दा (गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता) आज धरापमा पर्दै गइरहेका छन्। त्यसकारण ०६२/०६३ को परिवर्तनको निर्णायक शक्ति युवा पुस्तालाई राजनीतिको मूल नेतृत्वमा स्थापित गर्नुपर्छ।

प्रसिद्ध वैज्ञानिक टमस हेनरी हक्सलेको भनाइमा कुनै समयको क्रान्तिकारी सिद्धान्त एउटा निश्चित समयपछि अन्धविश्वासमा परिवर्तन हुने गर्छ। जिसस क्राइस्ट आफ्नो समयका क्रान्तिकारी योद्धा थिए। तर पछि उनै क्राइस्टद्वारा प्रवर्तित इशाई धर्म मध्ययुगमा अन्धविश्वासमा परिणत भयो। पन्ध्रांै शताब्दीमा धर्मसुधार आन्दोलनमार्फत क्रिस्चियन धर्मलाई सच्याउने क्रममा आधुनिक प्रोटेस्टेन्ट समुदायको जन्म भएको थियो। अहिले मूल नेतृत्वमा भएका हाम्रा अधिकांश नेताहरूले पञ्चायत कालमा भूमिगत अवस्थामा अध्ययन तथा अनुसन्धान गरेका पुराना ठेलीका सूत्रहरूबाट वर्तमान युगका मुद्दाहरूको जबर्जस्त नेतृत्वको प्रयास नै संकटको मूल कारण हो। यो पुस्ताले पञ्चायत कालभन्दा पछाडि कुनै ठेली पढ्न भ्याएको छैन। पार्टीभित्रको गुटउपगुट तथा संसदीय जोड–घटाउले यो पुस्ताका नेताहरूको पूरा दिन बित्ने गर्छ। अझ राजकीय पोस्ट होल्ड गरेका नेताहरूको त ससाना सामुदायिक र प्राइभेट कार्यक्रममा दीप प्रज्ज्वलन तथा रिबन काट्दैमा दिन व्यतीत हुने गर्छ। तर पनि उहाँहरूलाई लाग्छ– आफूले नजानेको केही पनि छैन। सल्लाहकारमा त विद्वान् होइन, राजकीय कोषबाट तलब निकासा गर्नका लागि कार्यकर्ता अथवा भाइ–भतिज, साला–साली (आफन्तभित्रैबाट) भर्ती गर्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *