भर्ख’रै आयो दु’खत समाचार: कुरा गर्ने क्रममा ए’क्कासी मोबाइल प,ड्किँदा दुई छोरासहित आमाको मृ*त्यु

समाचार

नसोचेको घटना एक्कासी हुने गर्छ । धेरैजसोले मोबाइल चार्जमा राखेर चलाउने गर्छन् । तर यस्तो बानीले ग,म्भिर घ,टना हुने गर्छ । यस्तै भारतमा पनि यस्तै एक घ,टना घ,टेको छ ।भारतको तमिल्नाडुमा मोवाईल पड्किँदा आमा र दुई छोराको ज्या,न गएको छ । चार्जमा राखेको मोवाइल एक्कासी ब्ला,स्ट भएपछि एकैघरका ३ जनाको मृ,त्यु भएको भारतिय मिडियामा जनाइएको छ ।२९ वर्षीया मथुलक्ष्मीले मोबाइल चार्जमा राखेर कुरा गरिरहेकी थिइन् । त्यसै समय कल काटे लगत्तै मोवाइल ब्लास्ट भएको बताइएको छ ।

भारतिय मिडियाका अनुसार मोबाइल प,ड्कीदा आगो निस्किएको र आगोले नै मथुलक्ष्मीसहित उनका ३ वर्षीय छोरा रणजीत र २ वर्षीय छोरा दक्षितको ज्या,न गएको जनाइएको छ ।आगोले ग,म्भिर घा,इते भएका उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृ,त घोषित गरेका जनाइएको छ ।

याे समचार पनि पढ्नुहोस्

वायु प्रदूषणले मुटुका साथै फोक्सोलाई बढी असर गर्ने विज्ञहरूले बताएका छन् । उनीहरूले प्रदूषणबाट जोगिन मास्क प्रयोग गर्न सल्लाह दिएका छन् । विज्ञहरूका अनुसार प्रदूषणले सामान्यतया आँखा, नाक र वायु मार्गमा जलन उत्पन्न हुन्छ ।

एलर्जी पीडितहरूका लागि यो स्थिति जोखिम हो । प्रदूषित हावाले आँखामा प्रतिकूल असर पर्छ । ‘प्रदूषणको असर फोक्सोलगायतका समस्या भएकाहरूमा तुरुन्त देखिन्छ । अन्य स्वस्थ व्यक्तिलाई समेत कुप्रभाव कुनै समयमा देखा पर्छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा.रमेश चोखानीले भने ।

वायु प्रदूषणबाट जोगिन मुस्किल छ । किनभने यो चारैतिर फैलिएको हुन्छ । हावामा रहने सूक्ष्म प्रदूषित कण (पार्टिकुलेट म्याटर–पीएम) ले श्वासप्रश्वास र रगत सञ्चार प्रणालीमा प्रवेश गरेर मुटु, मस्तिष्क र फोक्सोलाई असर गर्छ । ‘हरेक व्यक्तिले श्वास फेर्दा उसको फोक्सोमा प्रदूषित कण जम्मा भइरहेको हुन्छ,’ डा. चोखानीले भने, ‘त्यो तन्तुमा समेत पुग्छ र रगतको माध्यमले अन्य ठाउँमा जान्छ । प्रदूषण साइलेन्ट किलर हो । यसबाट कोही जोगिँदैन ।’ उनले वायू प्रदूषण घटाउन बेलैमा लाग्नुपर्नेमा जोड दिए ।

पार्टिकुलेट म्याटर (पीएम) मुख्य रूपले इन्धन डढ्दा र सडक यातायातले उत्पन्न हुने ठोस र तरल थोपाको मिश्रण हो । यसले श्वास र मुटुसँग सम्बन्धित रोग उत्पन्न गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १० माइक्रोन वा यो भन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्न सक्छ । स्वास्थ्यलाई पछि धेरै हानि पुर्‍याउने कण २.५ माइक्रोन वा यो भन्दा पनि कम व्यासको हुन्छ । यो कण यति सानो हुन्छ कि यस्ता ६० वटा कण मान्छेको कपालको चौडाइ बराबर हुन्छ ।

पीएम २.५ फोक्सोभित्रको अवरोधकलाई छेडेर रक्तप्रणालीमा प्रवेश गर्न सक्छ । यसले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगसँगै फोक्सोको क्यान्सरको जोखिमलाई समेत बढाउन सक्छ । ओजोन दम वा यसलाई झन् नराम्रो पार्ने एउटा प्रमुख कारण हो । नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइडले पनि दम, ब्रोकियल समस्या, फोक्सोको सुन्नाइ र फोक्सोको कार्यप्रणाली कम गर्न सक्छ । हाल मुलुकमा प्रदूषणले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) लगायतका फोक्सोसम्बन्धी समस्या बढाइरहेको राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए । ‘फोक्सोसम्बन्धी दीर्घकालीन समस्या भएकालाई प्रदूषित वातावरणले थप समस्यामा पारिरहेको छ,’ उनले भने ।

श्वाससम्बन्धी रोगले पीडितहरू प्रदूषण बढेपछि घर बाहिर निस्किए उनीहरूमा श्वाससम्बन्धी लक्षण बढ्न सक्छ । वायु प्रदूषणको स्तर बढी भएकाले यो समयमा कठिन व्यायाम नगर्न डा. शाह सल्लाह दिन्छन् । उनका अनुसार हालको बढ्दो प्रदूषणको अवस्थामा मर्निङ वाक, इभिनिङ वाकले स्वास्थ्य झन् बिगार्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *