ग’र्भ’वती महिलाको भन्दा ठु’लो पे’ट, श्री’मती आ’र्कैसङ्ग टाप, कसरी भयो यस्तो हेर्नुस्

समाचार

ग’र्भवती महिलाको भन्दा ठुलो पेट, श्री’मती आर्कैसङ्ग टाप, समाज र परिवारले समेत हेलागरेपछि मृ*त्युको बाटो कुर्दै कसरी भयो यस्तो हेर्नुस्





याे समचार पनि पढ्नुहोस्
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले महाकाली नदीको बहाव अवरुद्ध पार्ने गरी गैरकानुनी रूपमा भारतीय पक्षबाट तटबन्ध निर्माण भइरहेको विषयमा जिल्ला प्रशासन कार्यालयबाट सोमबारसहित तेस्रो पटक पत्र आएको बताए । प्रशासनबाट यसअघि आएका पत्र आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालय पठाइएको बताए । सोमबार आएको पत्र पनि सम्भवतः मंगलबार नै परराष्ट्रमा पठाइने उनले जानकारी दिए । ‘महाकाली नदीमा नेपालको सहमति र समन्वयबिना एकतर्फी रूपमा निर्माण भइरहेका तटबन्धलगायतका संरचना तत्काल रोकेर विगतका सहमति र सम्झौताअनुसार अघि बढ्न ध्यानाकर्षण गराउँदै यसअघि पनि परराष्ट्रमार्फत पत्र पठाइएको थियो, यही विषयमा अर्को पत्र पनि पठाउने क्रममा छौं,’ बुढाले भने ।

जिल्ला प्रशासन र सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीबाट पनि अनधिकृत रूपमा निर्माणाधीन तटबन्ध रोक्नेबारे प्रयास र पहल भएको तर भारतीय पक्षले संरचना निर्माणको काम नरोकेपछि माथिबाटै पहल गर्नुपर्ने देखिएको उनले बताए । ‘स्थानीय प्रशासनबाट भएका पहल र समन्वयबाट कुनै उपलब्धि नभएपछि प्रशासनले गृहलाई सोमबार तेस्रो पटक पत्र पठाएको हो, यसअघिका पत्र परराष्ट्र हुँदै सम्बन्धित ठाउँमा पठाइसकेको र पछिल्लो पत्र पनि आवश्यक कारबाहीका लागि परराष्ट्रमा पठाउने तयारीमा छौं,’ उनले भने ।

नेपाल–भारत सीमा नदी महाकालीमा २०७० असार २ मा आएको बाढीले नेपालको केही भूभाग भारततिर पारेको थियो । दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल पारिपट्टि बाढीले धार परिवर्तन गरेको सीमा नदी महाकाली मिचेर अहिले भारतले आफूखुसी तटबन्ध निर्माण जारी राखेको छ । भारतले बाँध बनाउन थालेको उक्त भूभाग ७ वर्षअघि बाढी आउनुपूर्व नेपाली भूमि रहेको महाकाली नगरपालिका–५ का वडाध्यक्ष तोरनप्रसाद अवस्थीले बताए ।

अहिले निर्माण सुरु गरेको भाग नेपालको बगर क्षेत्र थियो । त्यसभन्दा केही पर जिल्ला वन र भूसंरक्षण कार्यालय थिए । वडाध्यक्ष अवस्थीले कान्तिपुरसँग भने, ‘बाढीपछि महाकाली किनारमा तटबन्ध निर्माण गर्दा भारतीय प्रशासनले अवरोध गरेको थियो, बाढी आएको डेढ वर्षपछि (पुसतिर हुनुपर्छ) भारतीय पक्षले पत्राचार गरेको थियो, पछि दुवै देशले नदी किनारको केही भाग छोडेर तटबन्ध निर्माण गर्नुपर्ने सहमति गरेका थिए ।’

त्यसबेला सहमतिमा संरचना बनाउने भन्दै दुवैतर्फ संरचना बन्ने स्थानको नक्सा पनि भारतीय पक्षले बनाएको थियो । अहिले त्यस नक्सालाई ख्यालै नगरी भारतले अनधिकृत रूपमा छेउमै बाँध निर्माण सुरु गरेको उनले बताए । तत्कालीन महाकाली नदी नियन्त्रण आयोजना प्रमुख रहेका सिनियर इन्जिनियर महेन्द्रप्रसाद बडूका अनुसार महाकाली नदी किनारको नेपाल र भारतीय क्षेत्रमा संरचना निर्माण गर्दा पहिलेकै नक्साअनुसार अगाडि बढ्ने सहमति भएको थियो ।

त्यही सहमतिअनुसार नेपालतर्फ पक्की तटबन्ध निर्माण सुरु गरिएको हो । ‘हाम्रो क्षेत्रतिर महाकाली किनारको धेरै भाग नदीछेउबाट छोडेर संरचना निर्माण भएका छन्, भारतले पनि सोहीअनुसार संरचना निर्माण गर्नुपर्थ्यो,’ बडूले भने, ‘उतिबेला नेपाल–भारतको सर्भे टोलीले निर्धारण गरेको बिन्दुलाई आधार मानेर दुवै क्षेत्रका अधिकारीको समन्वयमा सीमामा संरचना निर्माण गर्ने सहमति भएकामा अहिले त्यसलाई उल्लंघन गरिएको छ ।’

महाकालीको तलदेखि माथिसम्म नेपाल–भारतका सीमा बिन्दु कायम गरिएका छन् । अहिले नदीले धार परिवर्तन गरेको भए पनि नेपाल र भारतको सीमा सर्भे टोलीले बिन्दु किटान गरिसकेको हुनाले त्यही आधारमा संरचना बनाउनुपर्ने उनको भनाइ छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतले उक्त क्षेत्रमा संरचना निर्माण सुरु गरेको पुस १ गते थाहा पाएपछि रोक्न र विगतका सहमतिअनुसार अघि बढ्न पहल गरिए पनि भारतीय पक्षले रेस्पोन्स नै नगरेको बताए । दार्चुला प्रशासनले पुस २ गते भारतीय प्रशासन धारचुला तहसिल कार्यालयलाई निर्माण कार्य रोक्न पत्राचार गरेका थिए । त्यो पत्र गृह मन्त्रालयलाई पनि पठाइएको थियो । तत्काल निर्माण कार्य नरोकिएपछि पुस ५ गते पुनः त्यसबारेमा परराष्ट्र मन्त्रालयलाई दोस्रो पत्र पठाइएको पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *