Exclusive सुरु भयो सचिनको स्कुल, बाउ छोरा छुट्दा दुबै भक्कानिए, १२ सम्म इन्द्रेणीले पढाइदिने Sachin (सुभकामना स्वरुप सेयर गराै)

समाचार

Exclusive सुरु भयो सचिनको स्कुल, बाउ छोरा छुट्दा दुबै भक्कानिए, १२ सम्म इन्द्रेणीले पढाइदिने Sachin

याे समचार पनि पढ्नुहोस्
सरकारका काम कारबाहीको फैसला जनताले गर्न पाउनुपर्ने बताउँदै मन्त्री ज्ञवालीले सर्वोच्च अदालतमा पुगेको प्रतिनिधिसभा विघटनको मुद्दाबारेको फैसला जनताले गर्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्रीलाई काम गर्न पार्टीभित्रैबाट नदिँदा प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था आएको मन्त्री ज्ञवालीले बताएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री निकट विद्यार्थीहरूको भेलामा आइतबार मन्त्री ज्ञवालीले पार्टीभित्रको झगडा संसद्‍मा लैजान खोजेपछि प्रधानमन्त्रीले अप्रिय कदम चाल्नुपरेको बताए ।

‘पार्टीभित्रको झगडा ठिकै थियो तर त्यो संसद्‍मा जानु पर्थेन । पार्टीभित्रको विवादलाई लगेर संसदमा पोख्ने काम गरियो । प्रधानमन्त्रीकहाँ निवेदन दिन्छौं, बाटो र बिजुली माग्नका लागि हस्ताक्षर गर्नुस् भनेर सांसदहरूको हस्ताक्षरलाई दुरुपयोग गरियो,’ ज्ञवालीले भने ।

पुष्पकमल दाहाल र माधवकुमार नेपालले पार्टी आन्दोलनलाई गलत बाटोमा लैजाने र मुलुकलाई पनि धरापमा पार्न खोजेपछि प्रधानमन्त्री ओलीले ‘आन्दोलनलाई गलत बाटोमा जान दिनुहुन्न भन्दै तुलनात्मक अप्रिय निर्णय गरेको’ ज्ञवालीले बताए ।

दाहालले मुलुकभित्रको राजनीतिक गतिविधिमा बाह्य मुलुकहरूको हस्तक्षेपका लागि आग्रह गरेको मन्त्री ज्ञवालीको भनाइ थियो । उनले कान्तिपुर टिभीको फायरसाइडमा दाहालको अन्तर्वार्तालाई उल्लेख गर्दै बाहिरी मुलुकहरूको हस्तक्षेपलाई निम्तो दिएको धारणा राखे ।

‘फलानो देश किन बोल्दैन, समर्थन चाहियो उहाँले भन्नुभयो । देशभित्रको घरझगडामा बाह्य हस्तक्षेप निम्त्याउने प्रयत्न हुँदैछ,’ ज्ञवालीले भने । पार्टीमा नेताहरूले प्रधानमन्त्रीलाई काम गर्न नदिएको तथा मुलुकमा भएका राम्रा कामको प्रसंशा नगरेकाले पनि संसद विघटन गर्नुपरेको ज्ञवालीको भनाइ थियो ।

प्रधानमन्त्रीले चालेको कदम जनादेशअनुसार सही भएको उनको भनाइ थियो । उनले जनताले आफूलाई बुझाएको नासो जनतालाई नै फिर्ता गर्नका लागि कदम चालिएको उनको भनाइ थियो । उनले भने, ‘प्रधानमन्त्रीले यो जनादेश जनताबाट पाएको हो । उहाँले यो नासो बुझाउने पनि जनतासमक्ष नै हो । त्यै भएर मैले नराम्रो गरेको भए जनताले मलाई दण्डित गर्नेछन् भनेर अहिलेको कदम चाल्नुभएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *