लास्टै हसाउने भाइरल सचिन परियार र पित्री बाजेको आयो अहिलेसम्मकै कडा कमेडी Sachin pariyar

समाचार

लास्टै हसाउने भाइरल सचिन परियार र पित्री बाजेको आयो अहिलेसम्मकै कडा कमेडी Sachin pariyar pitri ba





याे समचार पनि पढ्नुहोस्

वैदेशिक रोजगारीमा प्रस्थान गर्नुपूर्व अभिमुखीकरण गर्ने प्रावधान भए पनि प्रभावकारी हुन नसक्दा वैदेशिक रोजगारीमा कार्यरत कामदार समस्यामा पर्दै आएका छन् । कामदार विदेश जाँदा सम्बन्धित देशको रहन, सहन, संस्कृति, मौसम, लगायत विविध विषयमा अभिमुखीकरण दिइन्छ तर कामदारले सामान्य कुरा पनि जानकारी नराख्दा समस्यामा पर्दै आएका छन् ।

नेपाल वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले प्रस्थान पूर्वको अभिमुखीकरण तालिममा प्रचण्ड गर्मीमा काम गर्ने कादारलाई धेरै चिसो नखान र धेरै चिसोमा नसुत्न सिकाइन्छ । मृत्यु भएका अधिकांश कामदार न्युनतम तापक्रममा सुत्ने गरको कारण मृत्युको कारण ‘सुतेको सुत्यै’ देखिएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा मृत्यु हुने क्रम बढेको छ । सामान्य विषयमा पनि ध्यान दिन नसक्दा दुर्घटनामा पर्ने, तापक्रममा तालमेल नहुँदा सुतेको सुत्यै मृत्यु हुने गरेको छ । बोर्डले अभिमुखीकरणलाई प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जन तयारी गरेको छ । परिमार्जित पाठ्यक्रममा कार्यस्थल दुर्घटना, शारिरिक तथा मानसिक तनाव व्यवस्थापन देखि देशगत म्यानुअल तयार गरेर शारीरिक क्षति कम र अधिकतम आर्थिक लाभको निति लिइएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

गन्तव्य मुलुकको आवश्यकता र नेपालमा प्रदान गरिने तालिमबीच तालमेल हुन नसक्दा कामदारले क्षति बोहोरिरहेका छन् । अभिमुखीकरण प्रभावकारी बनाउन सके दुर्घटना न्यूनिकरण गर्न सकिने, परिश्रम अनुसारको तलव पाउन पनि सहज हुने लगायतका फाइदा हुन्छ ।

हाम्रो सम्मान परियोजनाको संयोजनमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको प्रभावकारीता’ भर्चुअल कार्यक्रममा बोल्ने वक्ताहरुले अभियमुखीकरणलाई प्रभावकारी बनाउन आवश्यक भइसकेको बताए ।
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले प्रस्थानपूर्वको तालिमलाई प्रभावकारी बनाउन नियमन निकायहरुका तर्फबाट काम हुननसकेको बताए । तालिममा कामदारको अनिवार्य उपस्थिती गराउने प्रावधान ल्याएपनि त्यसको सही रुपमा कार्यान्वयन नभएको उनले स्वीकार गरे ।

अध्यक्ष गौतमले वैदेशिक रोजगार प्रवर्धन बोर्डले पाठ्यक्रम सुधार गरेर समय सापेक्ष गराउने बताए पनि महासंघ सहित सरोकारवालासंग प्रयाप्त छलफल नगरेको गुनासो गरे । वैदेशिक रोजगार ऐन, नियमावली, कार्यविधि र पाठ्यक्रममा धेरै समस्या भएपनि त्यसलाई संवोधन गर्न राज्यका निकायकाबाट चासो नदेखाएको उनले बताए ।

बोर्डले बनाएको कार्यविधिमा तालिमकेन्द्र सार्न नपाइने व्यवस्थाले समस्या ल्याउने महासंघले जनाएको छ । ‘अधिकांश अभिमुखीकरण तालिम प्रदायक सस्थाको आफ्नो घर छैन, घरधनीले हट्न भने पछि व्यवसायीलाई कार्यालय सार्नुको विकल्प छैन तर बोर्डले त्यस्ता अव्यवहारिक प्रावधान हटाउन चहँदैन । जसका कारण व्यवसायहिरुले समस्या झेलिरहनु परिरहेको छ’, उनले भने ।

कार्यविधिमा एउटा कक्षमा २५ जना राखेर प्रशिक्षण दिनुपर्ने व्यवस्था रहेपनि सात सयमात्र शुल्कले व्यवसाय सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा अंगभंग, औषधोउपचारको क्षतिपूर्ति र सहयोगका लागि आउने निवदेनकमा उल्लेखित कारणले प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको वैदेशिक रोजगार ऐनले अपेक्षा गरेका प्रभावकारी नदेखिएको बताए ।

बोर्डले सबै पक्षसँग छलफल गरेर कार्यविधि सुधार गरेको र बोर्ड बैठकले पनि त्यसलाई अनुमोदन गरिसकेको उनले जानकारी गराए । उक्त कार्याविधि आउने महिनाबाट कार्यान्वयनमा ल्याई प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको प्रभावकारीता ल्याउने उनले प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *