रबिकै अगाडि निगम र जेरीले भने अब देशको बागडोर रबि लामिछानेले सम्हाल्नु पर्छ (भिडियोसहित) हेर्दै प्रतिक्रिया दिऔं।

समाचार

राजनितीक खिचा’तानीको कार’णले गर्दा न मुलुकमा रोजगार नै थियो न त बस्ने बाताबरण नै थियो उबेला!त्यसै परिवेशलाई सामना गर्दै रोजगारीको निम्ति परदेश छिरेका राजन नेपाल त्यत्ति’का मन मुटुमा बस्न स’फल थिएनन् ।




उनीले परदेशमा दुईदशक भन्दा बढी समय बिताउदै गर्दा आफ्नै घरदेशमा केही सोच लिएर आएका थिए ।पहि’लेका राजन नेपालअहिलेसन्चारकर्मी,समाजसेवी हुँदै एक कुशल व्यवसायी समेत बनेका छन् । अनेकौं युवाहरुको प्रेरणा’को स्रोत स’न्चारकर्मी नेपाल नेपाल फर्किएसी धेरै फड्को मार्दै आएका छन् ।

सन्चारकर्मी नेपाले ले बुलन्द मिडियाबाट पत्रकारीता गर्दै आएका छन् ।उनको त्यो बुलन्द आवाजले सबैलाई लठ्ठ पारेको पाईएको छ। उनले पत्रकारिता सँग सँगै लाखौं ला’खको समा’जसेवा पनि गर्दै छन् ,गर्दै आएका छन् । पिडितलाई सहयोग गर्ने ,पिडितको घर बनाईदिने लगायत अनेकौं सत्कर्महरु नेपा’ल गए पश्चात् नै अभियान चलाएर र स्वयम् सहयोग गरेर गर्दै आएका छन् ।साच्चिकै भन्नुपर्दा सन्चारकर्मी नेपाल हरेक दुखले दुखेका पि’डितको माझ पुग्ने गरेको हामिले बुझ्दै आएका छौं । नेपालले आफ्नै मुलुकमा अब युवाहरुले केही गर्नु पर्छ भन्ने हेतुले स्वास्थ्य चौकी निर्माण गर्ने अभियानमा लागेका हुन् ।

सञ्चारकर्मी नेपालले हेल्थ पोष्ट बनाउने अभियान थाले सँगै चर्चित सञ्चारकर्मी रबि लामिछाने,नागरिक समुहका अध्यक्ष निगम हुमागाई , नवजिवन परोपकार केन्द्रका अध्यक्ष दुर्गानाथ दहाल,सोही ठाउँका नेतृत्वहरु लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको आथित्यमा २०७७ साल पौष ११ गते उक्त हेल्थ पोष्टको शिलान्यास कार्यक्रम सम्पन्न गरेका छन् ।शिलान्यास कार्यक्रममा आथित्यमा आएका कयौं व्यक्तित्वहरुले मन्तव्य दिदैं सञ्चारकर्मी नेपाललाई बधाई साथै सहयोगी मनहरुलाई नमन व्यक्त गर्दै छिट्टै हेल्थ पोष्ट बनेको हेर्न पाउँने आशा व्यक्त गरेका छन् । उक्त कार्यक्रममा चर्चित सञ्चारकर्मी रबि लामिछानेले पनि कडक रुपमा सञ्चारकर्मी नेपालको प्रशंसा गर्दै सुभकामना दिएका छन् ।

त्यस्तै नागरिक समुहका अध्यक्ष निगम हुँमागाईले सामाजिक संजालमा यस्तो लेख्दै नेपाललाई अझ उर्जा दिएका छन् :

“उर्जाशील जीवनको लामो समय (करिब २२ वर्ष) भारतमा बसेर बिभिन्न सुख,दु:ख हरू झेलेर आफ्नो मातृभूमिमै केहि गर्छु भन्ने अठोटले क्रियाशील संचारकर्मी Rajan Nepal को नेतृत्वमा बत्ति मुनिको ॲंध्यारो झैं भएको राजधानि काठमाण्डौं कै तारकेश्वरमा स्वास्थ्य चौकि भवन निर्माणका लागी शिलान्याश भएको छ !

काठमाण्डौं मै त स्वास्थ्यचौकि अभाव छ भने देशभरको स्वास्थ्य क्षेत्रको अवस्था कति दयनिय होला,सजिलै बुझ्न सकिन्छ ! धेरै परोपकारी कार्यहरू गरेका राजनको यस पवित्र कार्यका लागी हार्दिक शुभकामना छ ! मेरो तर्फबाट पनि यस पवित्र कार्यमा सक्दो साथ सहयोग रहनेछ । नेपाल आमालाई सुखि र खुसि बनाउने कर्तव्य र जिम्मेवारी युवाहरू कै हो !

संसारभर रहनुभएका युवाहरू जाग्नुपर्ने र एकताबद्व हुनुपर्ने बेला आएको छ ! बिभिन्न समाजिक व्यक्तित्वहरू ,अभियन्ताज्यूहरू को उपस्थितिमा तारकेश्वर न.पा.का प्रमुखज्यू,चर्चित संचारकर्मी रवि लामिछानेज्यू र मेरो हातबाट जगपूजा गरि शिलान्यास गराउनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ! यस पुनित कार्यमा सहभागी हुन पाएकोमा मलाई गौरबको अनुभूति भएको छ । यस पवित्र कार्यमा कोहि सहभागी हुन चाहनुहुन्छ भने राजन नेपाल लाई 9851170421 नं. मा संपर्क गर्न सक्नुहुनेछ !”

अर्का चर्चित सञ्चारकर्मी प्रेम वानियाले पनि नेपाललाई बधाई साथै सुभकामना व्यक्त गर्दै संजलमा यस्तो लेखेका छन् :

“देश त उनीहरुले बिगारेका हुन्, यहाँ बनाउनेहरु पनि छौं ! दुई दशकभन्दा बढी जीवन परदेशमा बिताएर एउटा युवा स्वदेश फर्किन्छ र आफ्नो माटोका खातिर आफूलाई अर्पण गर्दछ : उस्लाई प्रोत्साहन गर्नु मेरो आत्माको उधान हो । राजधानी काठमाडौंमै पिछडिएको एउटा भूगोलमा हेल्थपोष्ट बनाउँदै गरेको यो युवा मन Rajan Nepal लाई उत्साहका फूलहरु ! सफल बनोस् यो अभियान र सबैको सहयोग मिलोस् । शुभकामना ।”

त्यस्तै हरेक दुखी,गरिब अनि पिडितहरुको साक्षत्त भगवान् साथै वरिष्ठ समाजसेवी इशा गुरुङले पनि सञ्चारकर्मी नेपाललाई हार्दिक बधाई साथै सफलताको सुभकामना दिदैं यस्तो लेखीकी छिन्:

“Rajan Nepal सर भारत लामो बसाइ पछि , अब देश आफैले बनाउनु पर्छ भनेर बुलन्द आवाज़ सन्चारकर्मी हुदै अहिले स्वास्थचौकी बनाउन लाग्नु भएको छ , यसमा लोकप्रिय सन्चारकर्मी रबि जी ले साथ दिनु भएको छ , हामी नेताहरू लाइ मात्र गाली गलौज आलोचना हैन ।आफै स्वयं पनि ज़िम्मेवार नागरिक बनौ , सचेत बनौ , बस्ती बस्ती गाउ गाउ शहर शहर ज़िल्ला जिल्ला प्रदेश प्रदेशका जनप्रतिनिधिहरू वडा अध़्यक्ष्य मेयर लगायत लाइ ख़बरदारी गरौ ज़िम्मेवार बनाउ भन्दै रबि जी ले हिजो कुन्चिप्वाकल हेल्थपोस्ट शिलान्यास कार्यक्रममा सहभागिता हुदै बुलन्द आवाज़ दिनु भो , All the best राजन नेपाल सर ,salute for Heath post ”

सञ्चारकर्मी नेपाल स्वयंमले हेल्थपोष्टको शिलान्यास कार्यक्रम समापन गरेसँगै सामाजिक संजालमा यस्तो लेखेका छन् साथै नेपालले सबै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्दै अझ मायाको खाँचो रहेको भावना व्यक्त गरेका छन् । सत्कर्ममा लाग्ने सबैलाई साथ दिऔं । उनी लेख्छन् :

“अत्यन्तै खुशिको पल।आज कुन्चिप्वाकल हेल्थपोस्ट शिलान्यास कार्यक्रममा ,बुलन्द आवाज अभियान को बिशेष आव्हान मा आउनु भएका हजुर सम्पुर्ण प्रती हार्दिक आभारी छौँ तपाईं हरुले दिनु भएको यो माया सद्भाव जिबनमा कहिल्यै भुल्ने छैन । यदि कोहि भुलबस निमन्त्रणामा छुट्नु भएको भए माफी चाहेँ!जय स्वाभिमान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *