फोनमा अरु संग नबोल आमा भन्दा छोराको टाउको फुटा*इन छो*रीको हात का”टीदिइन अनि लाखौ रुपैया हि*नामिना

समाचार

फोनमा अरु संग नबोल आमा भन्दा छोराको टाउको फुटा*इन छो*रीको हात का”टीदिइन अनि लाखौ रुपैया हि*नामिना




याे समचार पनि पढ्नुहोस्

पोखरामा आयोजित ‘प्रदेशबाट देखिने देश’ विषयक छलफलमा मुख्यमन्त्री गुरुङले बहुमतको सरकार हुँदा पहिले पनि यस्ता किसिमका अभ्यास भएको बताए। २०५१ सालमा नेपाली कांग्रेसको बहुमतको सरकार हुँदाहुँदै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको परिस्थिति अहिले नेकपा सरकारले भोग्नुपरेको उनले बताए।

‘हामीलाई थाहा छ, नेपाली कांग्रेसमा नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले गिरिजाप्रसाद कोइरालाले एकलौटी गरे, हामीलाई मान गरेनन् भनेर विरोध गरे। गिरिजाप्रसादको पुत्ला जलाइयो, जुत्ताको माला लगाइयो। त्यसपछि उनी जनतामा गएका थिए, अहिले पनि त्यही भएको हो’, गुरुङले भने, ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ, यो युनिभर्सल ट्रुथ हो।’ पार्टीको असहयोगपछि जनतामा जानु असंवैधानिक नभएको र यो लोकतान्त्रिक अभ्यास भएको उनको जिकिर छ।

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीले अनैतिक काम गरेको भन्दा पनि पार्टीभित्रका अराजक व्यक्तिले काम गर्न नदिएका कारण उनीहरूलाई कारबाही गर्न र को ठीक, को बेठीक छुट्याउन जनतालाई अधिकार दिएको दाबी गरे। छलफलका सहजकर्ता पत्रकार वसन्त बस्नेतले वैशाखमा चुनाव हुन्छ भनी गरेको प्रश्नमा गुरुङले आत्मविश्वासका साथ ‘हुन्छ’ भने।

केन्द्रमा प्रतिनिधिसभा विघटन भएपछि त्यसको प्रभाव विभिन्न प्रदेशमा देखिएको बेलामा मुख्यमन्त्री गुरुङले भने भर्खर संघीयता आएको महसुस गरेको बताएका छन्। संविधान जारी भएपछि अहिले लागू गरिएको संघीयतालाई छलफल नै नगरी ल्याइएको उनले बताए। ‘त्यो बेलामा जसरी पनि संविधान जारी गर्नुपर्ने परिस्थिति थियो। हामीले कमजोर किसिमको संघीयता ल्यायौं,’ उनले भने, ‘मेरो त अझै पनि गुनासो छ।’

पछिल्लो समय नेकपामा विवाद भएपछि पार्टी दुई खेमामा विभाजित भएको छ। केपी शर्मा ओली एकतर्फ र प्रचण्ड–नेपाल खेमा एकतर्फ हुँदा यसको असर प्रदेशहरूमा पनि देखिएको छ।अन्य प्रदेशमा विवाद भइरहेको अवस्थामा गण्डकी प्रदेशमा मुख्यमन्त्रीले भने बल्ल संघीयता आएको जस्तो आफूलाई भान भएको बताएका छन्।

पार्टी केन्द्रमा विभाजित भएको अवस्थालाई व्याख्या गर्दै उनले भने, ‘कानुनी वैधानिक रूपमा पार्टी एक छ तर भावनात्मक रुपमा, क्रियाकलापलाई आधार मान्ने हो भने पार्टी फुटिसक्यो। मुलुक, देशका अन्य प्रदेश फुटेर क्षतविक्षत भएको अवस्थामा गण्डकी शान्त छ,’ उनले भने, ‘हामी मिल्ने कुरा रुचाउँछौँ, विभाजनको आगो आएको हो, तर देवताले जोगाउँछ।’

माक्सवाद लेलिनवादमा जनता भगवान् हो भन्दै आफूलाई गण्डकी प्रदेशका नागरिकको साथ भएको उनले दाबी गरे। आफ्नो प्रदेश सरकारमा अर्को खेमाका दुई मन्त्रीहरू भएको र उनीहरूले राजीनामा दिए भने मात्रै अर्को विकल्प सोच्न बाध्य हुने उनको भनाइ छ।

कार्यक्रममा प्रधानमन्त्रीले गुप्तचर संस्था रअका प्रमुखलाई भेट्नु कूटनीतिक हिसाबले गलत नभएको पनि गुरुङले बताए। रअ एजेन्ट संस्था मात्र नभएर विश्वमा उसको पोलिटिकल एक्टर चेन्ज गर्ने भूमिका रहेको उनले उल्लेख गरे।

दुई देशका प्रधामन्त्रीबीचको कुराकानीको प्रसारका रुपमा रअका प्रमुखसँग भेटघाट भएको र प्रधानमन्त्री आफू भारतीय दूतावासमा गएको भए नराम्रो हुने उनको भनाइ छ। यो परिस्थितिलाई गलत व्याख्या गर्नाले सामन्त गोयलको नेपाल भ्रमण सफल भएको उनको दाबी छ।

यस्तै पार्टीभित्र पनि दुई अध्यक्षमध्ये दोस्रो अध्यक्षले आफ्नो काममाभन्दा पनि प्रधानमन्त्रीको काममा बढी हस्तक्षेप गरेको उनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *