कसैको श्री’मान यसरी रु’न नप’रोस, बिए पास गरेपछि बुढालाई दिईन यति ठु’लो धो’का रोकिएन बुढाको आँसु।

समाचार

कसैको श्रीमान यसरी रु’न नपरोस, बिए पास गरेपछि बुढालाई दिईन यति ठुलो धो’का। रोकिएन बुढाको आँसु।





याे समचार पनि पढ्नुहोस्

यिनै उजाड देखिएका स्याउ बोटको काटछाट तथा यसको व्यवस्थापन कार्यमा किसान जुटेका हुन्। स्याउको उपयुक्त बगैंचा व्यवस्थापनमा कृषकले ध्यान नदिंदा स्याउ बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले व्यवस्थापन अनिवार्य भएको हो। उनीहरुले स्याउ बगैंचा व्यवस्थापनकार्यका साथै खेर गएका र बाझो जग्गामा समेत नयाँ स्याउका बिरुवा लगाउन सुरु गरेका छन्। स्याउका बिरुवामा अन्य जातको स्याउ बिरुवालाई जोडेर ग्राफ्टिङ गर्ने गरेका छन्। एउटै स्याउ बिरुवामा विभिन्न जातका स्याउ बेर्ना ग्राफ्टिङ गर्दा फरक फरक जातका स्याउको फल दिने भएकाले यसो गरिएको हो।

घरपझोङ गापा—४ का कृष्णगण्डकी कृषक समुहका अध्यध्य राजेन्द्र शेरचनले गुणस्तरीय स्याउ उत्पादनका लागि स्याउ कटिङ अनिवार्य भएको बताए। उनले स्याउ कटिङ नगरेमा वा जथाभावी बिना तालिम स्याउ कटिङ गर्नाले उत्पादन क्षमता तथा गुणस्तरमा समेत ह्रास आउने भएकाले दीर्घकालीन स्याउ उत्पादन वृद्धि गराउन उपयुक्त बगैंचा व्यवस्थापन आवश्यक भएको औल्याए। उनका अनुसार स्याउ बगैंचामा रहेका बोटको पुरै पत्ता झरिसकेपछि स्याउ कटिङ गरी आवश्यक औषधि छर्किनु पर्छ।

मुस्ताङमा स्थानीय यतिखेर खेतबारीको स्याउ बगैंचामा स्याउ कटिङमा लागेका छन्। बर्सेनि स्याउ बोटमा फैलिने अनाआवश्यक हागाबिगाको उपयुक्त व्यवस्थापन गर्न आवश्यक हुन्छ। स्याउको बोटमा फैलिने हागाबिगाहरुको उपयुक्त किसिमले काटछाट गरेमात्र सूर्यको प्रकाश बोटको चारैतर्फ पुग्न सक्छ। यस्तै कटिङ गरेपछि स्याउ बगैंचामा आवश्यक मलजल गर्ने र बोटमा लाग्ने विभिन्न प्रकोप नियन्त्रण गर्न विभिन्न किटनाश औषधि छर्किने र आवश्यक सिचाईको व्यवस्था पुर्‍याउन सकेमात्र स्याउ बोटले राम्रो फल दिनसक्छ। जिल्लाको ५ वटै स्थानीय तहमा अहिले स्याउ बगैंचा व्यवस्थापन तथा स्याउ कटिङको काम भइरहेको छ।

घरपझोङ—४ का कृष्णगण्डकी कृषक समुहका सचिव अजित थकालीले मुस्ताङको मुख्य खेती स्याउले जिल्लाको आर्थिक क्षमता उकास्न योगदान पुर्‍याएको बताए। सचिव थकालीले मुस्ताङमा बर्सेनि पौषदेखि माघसम्म स्याउ बगैंचा व्यवस्थापनको चटारो हुने जनाए। स्याउ बोटको अनाआवश्यक हागा नियन्त्रण नगर्दा सूर्यको प्रकाशलाई अवरोध गर्ने र यसले फल लाग्न नदिने उनको भनाइ छ।स्याउ बोटमा कटिङ गरेर विभिन्न प्रकोप नियन्त्रण गर्न सर्भो र डर्मिन आयल छर्किने र बोटको फेदमा बोरो पेष्ट लगाउनु पर्ने जानकारी दिए।

कृषि र पर्यटन मुख्य आम्दानीको श्रोत बनेको मुस्ताङमा पछिल्लो समय यहाँका किसानमा स्याउ खेतीतर्फ निकै आर्कषण बढेको पाइएको छ। अन्यबाली भन्दा कम मेहनत र मुनाफा बढी हुने भएकाले स्याउ खेती बिस्तार र यसको प्रर्वद्धनमा कृषकको ध्यान स्याउ खेतीतर्फ मोडिएको हो। यहाँका किसानले स्याउ बगैंचाभित्र उवा, फापर, सिमी, बोडी र अन्य तरकारी लगाएर दोहोर फाइदा समेत लिने गरेका छन्।

घरपझोङ—४ का स्याउ किसान दिनेश थकालीले स्याउको बगैंचा व्यवस्थापनका लागि कृषि विज्ञहरुको तालिम अनिवार्य हुने र यसका लागि स्थानीय तह र सरोकारवाल निकायले यसतर्फ ध्यान दिनुपर्ने थकालीको सुझाव दिए। उनले स्याउ बगैंचा व्यवस्थापनका चाहिने उपकरण स्याउ जोनले ५० प्रतिशत अनुदानमा दिने गरेको र विषादी स्थानीय तहले उपलब्ध गराएको जानकारी दिए।

हिमाली जिल्ला मुस्ताङको ५ स्थानीय तहमा गरी एक हजार पाँच सय हेक्टर जमिनमा स्याउ खेती बिस्तार भएको छ। जसमध्ये ५ हेक्टर जमिनमा लगाइएको स्याउले उत्पादन दिने गरेको छ। यस वर्ष कोरोना माहामारीमा समेत ७१ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो। यसवर्ष मुस्ताङबाट ७१ करोडको स्याउ निर्यात भएको स्याउ जोन मुस्ताङले जनाएको छ। पछिल्लो समय मुस्ताङका किसानले सामुदायिक स्याउ खेती बिस्तारमा समेत जोड दिएका छन्। यसवर्ष स्याउ जोन मुस्ताङ र गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहुलियतमा २० हजार थान उच्च घनत्वको इटालिन जातका स्याउको बेर्ना समेत लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *