ओलीबि*रुद्ध बीच सडकमै यज्ञ ! ‘केपी ओली स्वाहा,रेल स्वाहा,बालुवाटार जग्गा स्वाहा भन्दा प्रहरी नै च*कित

समाचार

ओलीबि*रुद्ध बीच सडकमै यज्ञ ! ‘केपी ओली स्वाहा,रेल स्वाहा,बालुवाटार जग्गा स्वाहा भन्दा प्रहरी नै च*कित




याे समचार पनि पढ्नुहोस्

पेसा व्यवसायी तथा लगानीकर्ताको सञ्चालित व्यवसाय विकास तथा विस्तारका लागि प्रक्षेपित मानव संसाधन विकास योजना नै शिक्षा र उत्पादन चक्रलाई जोड्ने एक कडी हुन सक्छ। यसका लागि उद्योग व्यवसायीलाई सहुलियती कर्जा, आन्तरिक कर तथा राजस्वका दरहरूमा सहुलियत, संलग्न जनशक्तिको क्षमता विकासमा सहयोग र यी सम्पूर्ण प्रक्रिया सुलभ तथा सहज देखिने गरी संस्थागत कानुनी संरचना विकास नै एक सबल आधार हुन जान्छ।

माथि भनिएको कामको कार्यान्वयनका लागि संलग्न नेता तथा व्यवस्थापकमा योग्यता, नेतृत्व क्षमता तथा सामाजिक विश्वसनीयता अत्यन्तै आवश्यक पर्छ। योग्यता भनेको बाह्य औपचारिक प्रमाणपत्र मात्र नभई नेतृत्वको आन्तरिक कौशल तथा आत्मविश्वास पनि हो। निर्धारित कामका लागि आफैंलाई उपयुक्त ठान्न नसक्ने नेतृत्व तथा व्यवस्थापकले कार्य सम्पादन गर्न कठिन हुन्छ। अध्ययन तथा अनुभव दुवैबाट क्षमता प्राप्त हँुदै जान्छ। आफूले पाएको जिम्मेवारी निर्वाह गर्ने क्षमता तथा अठोट महŒवपूर्ण हुन्छ। नेतृत्व विकास अथवा छनोट प्रक्रिया पनि मानकमा आधारित, विश्वसनीय तथा स्वार्थरहित सम्यक् अभिप्राय उत्प्रेरित हुनुपर्छ।

नेतृत्वले विषयवस्तुको बोध, संगठन तथा समुदायको मनोविज्ञान र दिगोपनका लागि आर्थिक प्रभावबारेमा समेत हेक्का राख्नुपर्छ। काम तथा जीवनबीचको सन्तुलन नै अत्यधिक परिणामका लागि उत्प्रेरक मान्ने प्रचलन छ। विधिपूर्वक निर्धारण गरिएको काम अथवा नेतृत्व अवकाशपश्चात् पनि उत्तिकै स्मरणीय तथा सम्मानित हुन्छ। यही नै लौकिक तथा परलौकिक विश्वसनीयता हो। शिक्षा क्षेत्रमा मात्र होइन; अन्य क्षेत्रमा समेत नेतृत्व गरिरहेका पदाधिकारीहरूमा के पर्याप्त योग्यता, नेतृत्व क्षमता तथा सामाजिक विश्वसनीयता छ ?

नेतृत्व छनोटपछि कार्यान्वयनका बारेमा समेत चर्चा गरौं। कार्यान्वयन परिणाममुखी तथा मुनाफामुखी हुन्छ नै। यसमा तीनवटा अवधारणाका बारेमा समेत चर्चा गर्न सकिन्छ। पहिलो महान् तथा विश्वसनीय कार्यान्वयन। दोस्रो कार्यसूची तथा तथ्यमा आधारित कार्यान्वयन र तेस्रो महŒवाकांक्षा तथा लगानीमा आधारित कार्यान्वयन। पहिलोमा नयाँ सोच नै प्रधान हुन्छ। यसको कार्यान्वयनमा धेरै समय लाग्ने हुँदा तथा सर्वसाधारणले यसलाई ग्रहण गर्न अभ्यस्त नभइसकेकाले यो मुनाफाका हिसाबले त्यति प्रभावकारी देखिँदैन।

दोस्रो अवधारणाअनुसार प्रमाणित तथ्यका आधारमा कार्य सम्पादन हुने हुँदा यो प्रभावकारी तथा नतिजामुखी हुन्छ। पहिलोको तुलनामा यसको मुनाफा धेरै हुन्छ। तेस्रो अवधारणा बृहत् स्रोत परिलक्षित तथा उत्कट महत्वाकांक्षामा समेत आधारित भएकाले यसको प्रभावकारिता सिद्ध हुन सकेमा मुनाफा असाध्यै धेरै हुन्छ। शिक्षा क्षेत्रमा प्रमाणित तथ्य तथा दृष्टिकोणका आधारमै लगानी गरिने हुँदा तेस्रो खालको अवधारणा कारगर नै हुन्छ प्रभावकारिता तथा उच्च मुनाफाका हिसाबले। लगानीकर्ता नै विकासका उपक्रममा उत्प्रेरित हुने यो अवधारणा सार्वजनिक तथा निजी साझेदारीको उत्कृष्ट नमुना पनि हुन्छ।

त्यसैले शिक्षालाई समृद्धिसम्म जोड्नका लागि आफैंमा विश्वस्त भएको, औपचारिक विषयविज्ञबाट सल्लाह लिनमा हीनताबोध नगर्ने र आफूले गरेका कामको दीर्घकालीन प्रभावका बारेमा आश्वस्त राजनीतिक नेतृत्व अपरिहार्य भएको छ। त्यसै आफूलाई योग्य महसुस गर्ने, अध्ययन तथा अनुभवका माध्यमबाट प्रशिक्षित तथा दीक्षित भएको अवकाशपछि पनि सम्पादित काममा संशय नआओस् भनेर सचेत प्रशासनिक नेतृत्वसमेत अपरिहार्य छ। यही नै आन्तरिक तथा बाह्य क्षमता विकास हो।

छिटो तथा व्यापक नतिजाका लागि लगानीको दृष्टिकोण धेरै प्रभावकारी देखिएकाले र यो निजी क्षेत्र नै भएकाले सरकारले अंगीकार गरेको सार्वजनिक निजी साझेदारी नीतिअनुरूप नै कार्यस्थलमा आधारित सिकाइ माध्यमबाट शिक्षालाई समृद्धिसम्म जोड्ने अवधारणाको अनुसरण नै व्यावसायिक शिक्षाको पहिलो नीतिगत खुट्किलो हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *