राजा बिरेन्द्र ह”त्या हुन भन्दा अघिल्लो रात देशको यती ठुलो काम गर्दै थिए ,जेठ १९ King Birendra Shah (जानकारीका लागि सेयर गराै)

समाचार

राजा बिरेन्द्र ह”त्या हुन भन्दा अघिल्लो रात देशको यती ठुलो काम गर्दै थिए ,जेठ १९ King Birendra Shah




याे समचार पनि पढ्नुहोस्
कर्णालीमा ८१ जनप्रतिनिधिको पद रिक्त
कालीकोटको तिलागुफा नगरपालिका–४ की खगिसरा कार्की पछिल्लो एक वर्षदेखि न्याय कुरिरहेकी छन् । कारण हो न्यायिक समिति प्रमुख पद लामो समयदेखि रिक्त छ । ‘हुन त अरू पनि छन् विवाद मिलाउनलाई, तर नगर उपप्रमुख भएको भए हामीलाई थप सहज हुन्थ्यो,’ उनले भनिन् ।

गत वर्ष एक कार्यक्रममा सहभागी हुन अमेरिका गएकी उपप्रमुख दन्ता नेपाली फर्किएकी छैनन् । उनी एक वर्षदेखि सम्पर्कविहीन बनेको नगर प्रमुख रत्नबहादुर शाहीले बताए । उनका अनुसार न्यायिक समिति, योजना तथा अनुगमन, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिलगायत विभिन्न १३ वटा समितिको नेतृत्व गर्नुपर्ने उपप्रमुख नै नहुँदा सेवा प्रवाहमा असहजता थपिएको छ ।
गत माघमा ८ लाख रुपैयाँ घूससहित पक्राउ परेका जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी र वडा–५ का अध्यक्ष राजबहादुर शाही निलम्बित छन् । जुनीचाँदे–११ मा पनि वडाध्यक्ष नहुँदा योजना कार्यान्वनमा समस्या भइरहेको छ ।

कर्णाली प्रदेशका ८ जिल्लामा ८१ जनप्रतिनिधिको पद रिक्त छ । तर पदपूर्ति नहुँदा स्थानीयवासी विकास निर्माण र प्रशासनिक काममा सास्ती भोग्न बाध्य छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगर उपप्रमुख पद खाली छन् । ६ वडाध्यक्ष र ७३ वडा सदस्यको पनि पदपूर्ति हुन सकेको छैन । स्थानीय तहको निर्वाचनमा केही वडा सदस्यमा उम्मेदवारी नै परेको थिएन । केही जनप्रतिनिधिको मृत्यु भएको हो भने केही वैदेशिक रोजगार र अन्य सेवामा छन् । घूस खाएको आरोप लागेपछि केही निलम्बित भएका सम्बन्धित जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन् ।

प्रदेशका सुर्खेत र दैलेखमा भने सबै सबै जनप्रतिनिधि सेवामै खटिएका छन् । डोल्पामा सबैभन्दा बढी ३० जनप्रतिनिधिको पद रिक्त छ । अधिकांश स्थानीय तहमा दलित महिला सदस्यको पद खाली छ । त्रिपुरासुन्दरी नगरपालिका–७, १० र ११, ठूलीभेरी नगरपालिका–१, ४ र ११ र काइके गाउँपालिका–१, २ र ३ मा दलित महिला सदस्य नै छैनन् । महिला सदस्यका लागि उम्मेदवारी नै नपरेको शे–फोक्सुन्डो गाउँपालिका–१, २, ३, ६, ७, ८ र ९, मुड्केचुला–५ र जगदुल्ला–२ मा पनि दलित महिला सदस्य छैनन् । डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका १ देखि ६ वडामा पनि सदस्य पद खाली छ ।

जुम्लामा एक वडाध्यक्षसहित २२ जनप्रतिनिधिको पद रिक्त छ । चन्दननाथ नगरपालिका–८ का वडा सदस्यको मृत्यु भएको थियो भने वडा–३ र ४ का सदस्य जिल्ला समन्वय समिति (जिसस) मा निर्वाचित भएपछि उनीहरूको पद खाली छ । तातोपानी गाउँपालिका–१ र ५ का सदस्य पनि जिससमा निर्वाचित भएपछि पदपूर्ति हुन सकेको छैन । वडा–३ मा दलित महिला सदस्यसहित २ वडा सदस्यको मृत्यु भइसकेको छ । कनकासुन्दरी गाउँपालिका–७ र ८ वडा सदस्य, हिमा गाउँपालिका–१ का अध्यक्ष र सिञ्जा–३ का वडा सदस्यको पनि मृत्यु भइसकेको छ । पातारासी–६ मा पनि वडा सदस्य कार्मा बुढा जिसस उपप्रमुखमा निर्वाचित भएका थिए ।

यस्तै, मुगुमा ११ र कालीकोटमा ५ जना जनप्रतिनिधि छैनन् । कालीकोटको तिलागुफा–१० मा दलित महिला सदस्य, नरहरिनाथ–९, पलाँता गाउँपालिका–४ र ८ मा दलित सदस्य पदमा उम्मेदवारी नै परेको थिएन । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का अध्यक्षको मृत्यु भएको हो । जाजरकोटमा ६ जना जनप्रतिनिधिको पदपूर्ति हुन सकेको छैन । सल्यानको शिद्धकुमाख गाउँपालिका–४ का अध्यक्षले शिक्षकमा नाम निकालेपछि पद खाली छ । रुकुम–पश्चिममा ३ जना वडा सदस्यको मृत्यु भएकाले पद खाली छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुुख र वडाध्यक्षले राजीनामा दिएमा, मृत्युु भएमा वा पदावधि सकिएमा मात्र पद रिक्त हुने संविधानमा उल्लेख छ । स्थानीय तह उपनिर्वाचन निर्देशिकाअनुसार जनप्रतिनिधिको मृत्यु भए वा पद खाली भए उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । अघिल्लो वर्ष हुम्ला र सल्यानमा मात्रै उपनिर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *