घ,टनाको १८ दिन पछि बल्ल कुकुर परिचालन गरियो पत्रकार पुगे लगतै कहाँ बाट आयो कुकुर Tanahu News

समाचार

घ,टनाको १८ दिन पछि बल्ल कुकुर परिचालन गरियो पत्रकार पुगे लगतै कहाँ बाट आयो कुकुर Tanahu News




याे समचार पनि पढ्नुहोस्

केन्द्रीय समिति बैठकबाट वर्तमान अवस्थामा कम्युनिष्ट एकताको ऐतिहासिक आवश्यता रहेको ठहर गरेका नेताहरु सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिन बल्खु पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफूहरु नै वास्तविक नेकपा भएको भन्दै सबै कमीकमजोरी सच्याएर एकतावब हुन सबैलाई आव्हान समेत गरे ।

दाहालले लोकतन्त्र र गणतन्त्रविरुद्धको षड्यन्त्रको रुपमा असंवैधानिक तरिकाले संसद् विघटन गरिएकोले त्यसविरुद्ध कम्युनिष्ट एकता आवश्यक रहेको प्रतिक्रिया दिए । उनले अहिलेसम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिका विरुद्धको षड्यन्त्रको रुपमा संसद् विघटनलाई लिएको भन्दै त्यसलाई सफल हुन नदिने संकल्प गरे । ‘आजमात्रै हामीले पार्टीको केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्‍यौं ।

बैठक सफलतापूर्वक सम्पन्न गरेको र फेरि पनि कम्युनिष्टहरुको एकताको ऐतिहासिक आवश्यकताबारे पनि हामीले प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खुस्थित पहिलाको पार्टी कार्यालयमा कमरेड मदन भण्डारीको सालिकमा माल्यार्पण गर्ने र देशभरी फेरि पनि सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्‍ने सन्देश दिने उद्देश्यले हो’, उनले भने ।

संसद् अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरिएको भन्दै दाहालले लोकतन्त्रविरुद्ध, गणतन्त्रका विरुद्ध र अहिलेसम्म कम्युनिष्टहरुले प्राप्त गरेका उपलब्धिकाविरुद्ध षडयन्त्रको रुपमा आफूहरुले लिएको बताए । उनले संसद् विघटनलाई सफल हुन नदिने दाबी गरे ।

प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई प्रतिनिधिसभाको विघटन विरुद्धमा एकजुट हुन आग्रह गरे । प्रधानमन्त्री ओलीबाट राजाको निरंकुश कदम चालको भन्दै त्यसको भर्त्सना गरे । ‘अहिले सिङ्गो राष्ट्र नै अनिश्चितताको भूमरीमा परेको छ । त्याग, तपस्या र बलिदानबाट ल्याएको संविधान, जनप्रतिनिधिहरुबाट निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको छ । त्यसको प्रावधानकाविपरीत, भावनाका विपरित, मर्मका विपरीत प्रतिनधिसभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ । हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौं,’ उनले भने, ‘प्रतिनिधिसभालाई कुनै पनि तानाशाही तरिकाबाट विघटित गर्न पाइँदैन । यो ठीक राजाको निरंकुश कदमजस्तै अर्को प्रतिगामी कदम हो । यसको हामी घोर भर्त्सना गर्दछौं ।’

त्यसैगरी वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिष्ट नै नभएको आरोप लगाए । प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद विघटन गरेर अपराध गरेको टिप्पणी गरेका हुन् । उनले भने, ‘मतभिन्नता पार्टीभित्र जहिले पनि हुन्छ । मतभिन्नता हुनु सामान्य कुरा हो ।

मतभिन्नतालाई नीति र विधिअनुरुप सञ्चालन गर्नुपर्छ र समस्याको समाधान गर्नुपर्छ । तर कमरेड केपी ओली वास्तवमा कम्युनिष्ट नै भइसक्नुभएको रहेनछ । उहाँले पार्टीका विधि नै मान्नुभएन । पालना गर्नुभएन । अनुशासन पनि मान्नुभएन । अनि पार्टी भित्रका मतभेदको नाउँमा संसदको विघटन गर्नुभयो । यो अत्यन्तै ठूलो अपराधको कुरा हो । संविधानविरोधी अपराध हो । लोकतन्त्र विरोधी अपराध हो । यो जनादेशको विरुद्धमा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *