फाँ ‘सी ल’गाएको अभिनय गरेर TikTik बनाउँदा अचानक कु’र्सी चि’प्लि’एर, युवतीको ज्या’न ग’यो

समाचार

भारतको इन्दौरमा १२ व र्षीया किशोरीले सेल्फी लिने क्र ममा ज्या”न गु माएकी छिन् । भनिन्छ कि ती केटी आफ्नो घरको कु र्सीमा उभिएकी थिइन र पा सो गलामा लगाएर सेल्फी लिईरहेकी थिइन् । यस समयमा उनको सन्तुलन बिग्रेको थि यो र अभि नय गरेको सत्य साव ित भयो । यसपछि उनको साँच्चै ज्या” न गयो ।

यो घटना इन्दौरको माँ वै ष्णोदेवी नगरसँग सम्बन्धित छ ।पुलिसले श’वलाई लिएर पोष्टमार्टमको लागि पठाएको छ र यसबारे अनुसन्धान सुरु गरिएको छ । दुर्घटनाको क्रममा केटीको बुबा घरमा थिए भनेर पुलिसले जनाएको छ । जब केटी लामो समय कोठा बाहिर निस्के की थिइनन्, त्यसपछि परिवारका सदस्यहरू उनको कोठामा गए र घटनाको बास्तविकता थाहा पाए । नातेदारहरु डराए, परिवारले छिमेकीहरूलाई बोलाए र केटीलाई त ल ल्याइयो ।

तर त्यसबेला सम्म उनको सास रोकि सकेको थियो । त्यसपछि सूचना प्रहरीलाई दिइयो । पुलिसले शव पोस्टमार्टमका लागि अस्पताल पठाए ।प्रारम्भिक अनुसन्धानमा, पुलिसले यसको कारण पत्ता लगाउन सकेन । घटनास्थलबाट कुनै प्रमाण नभएको खण्डमा सेल्फी नै केटीको मृ ‘त्युको कारण भएको जस्तो देखिन्छ ।
अनुसन्धान अधिकारी मनमोहन ठाकुरले भने कि बालिक’ाले सेल्फीका लागि क्यामेरा अन गरेकी थिइन् । यस समयमा कुर्सी सर्यो, जसको कारणले यस्तो घटना भयो । घ’टनाबारे थप अनुसन्धान भइरहेको छ ।
याे समचार पनि पढ्नुहोस्

चार महिनामा कार्यालयको खर्च ६२ करोड, विकास खर्च मात्र ३३ करोड
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार बजेट खर्च गर्न सकेन । प्रशासनिक खर्च घटाउन नसकेको महानगरपालिकाको विकास खर्चको दर भने निरासाजनक छ ।

महानगरपालिकाले विकासका लागि उच्च दरमा बजेट विनियोजन गरेपनि खर्च गर्न नसक्दा पहिलो चार महिनामा समग्र खर्चको दर नै प्रभावित बन्न पुगको छ । बरु काठमाडौं महानगरपालिकाले आर्थिक विकास, सामाजिक विकास र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा पनि राम्रो काम गर्न सकेको छैन ।

पहिलो चार महिनाको अवधिमा प्रशासनिक र कार्यालय सञ्चालनतर्फ ६२ करोड ३२ लाख खर्च भएको छ । यो चालु आर्थिक वर्षको लागि प्रशासनिक र कार्यालय सञ्चालन खर्चमा विनियोजित कुल बजेटको ३३.४४ प्रतिशत हो । यो वर्ष महानगरपालिकाले प्रशासनिक खर्च शीर्षकमा १ अर्ब ८६ करोड रुपैयाँ ३७ लाख विनियोजन गरेको छ ।

यही अवधिमा पूर्वाधार विकासको खर्च भने ज्यादै न्युन छ । ४ महिनामा काठमाडौं महानगरपालिकाले ३२ करोड ९४ लाख मात्रै विकास खर्च गरेको छ । यो शीर्षकमा विनियोजित बजेटको ३.४८ प्रतिशत मात्रै हो । यो वर्ष काठमाडौं महानगरले पूर्वाधार विकासका लागि ७ अर्ब ८४ करोड ६७ लाख बजेट विनियोजन भएको छ ।

महानगरपालिकाले सुसासनका लागि भनेर चार महिनामा ३ करोड ७९ लाख खर्च गरेको छ । यो वर्ष सुशासन र अन्तरसम्बन्धित क्षत्रेका लागि भनेर १ अर्ब ८ करोड छुट्याइएको छ । यो शीर्षकमा महानगरपालिकाले ४ महिनमा ३. ४८ प्रतिशत मात्रै खर्च गरेको छ ।

आर्थिक विकास शीर्षकमा ३ करोड ६९ लाख खर्च भएको छ । यो शीर्षकमा चार महिनामा ४.३९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । महानगरले आर्थिक विकासमा लागि ८४ करोड ३० लाख खर्चिनुपर्नेछ ।

सामाजिक विकासका लागि २ अर्ब ६२ करोड विनियोजन भएकोमा ४ महिनामा ३७ करोड ८२ लाख मात्रै खर्च भएको छ । यो विनियोजनको १४.४२ प्रतिशत मात्रै हो ।

महानगरपालिकाले यो अवधिमा सहायता शीर्षकमा २ करोड २० लाख रकम विभिन्न व्यक्ति तथा संघ संस्थालाई बाँडेको छ ।महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल टेन्डर स्वीकृत गर्नै २ महिना लाग्ने भएकाले पहिलो चौमाकिसमा विकास खर्च कमजोर भएको बताउँछन् ।

‘भएका कामको पनि भुक्तानी हुन बाँकी छ, टेन्डर लागेका आयोजनाको ठेकेदारलाई पनि हामीले अरुले जसरी मोबिलाइजेसन चार्ज दिँदैनौं,’ डंगोलले भने,’त्यसैकारण विकास खर्च राम्रो हुन सकेन ।’

अहिलेसम्म यो वर्षका लागि छनोट भएका ५० देखि ६० प्रतिशत आयोजनाको ठेक्का लागिसकेकोले अबका चौमासिक खर्चमा लक्ष्यअनुसार नै खर्च गर्न सकिने उनले बताए । ‘माघबाट भुक्तानी तीव्र हुन्छ,’ उनले भने ,त्यसपछि विकास खर्च ह्वात्तै बढ्छ । महामारीका कारण विकासका काम प्रभावित हुने अवस्था पनि छैन ।’ अनलाइनबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *