नेपाली चेली सुनितासँग विबाह गरेर हाँसी खुशी जिन्दगी बिताइरहेका गोबिन्दाको आज जन्मदिन

मनोरंजन

भारतीय लोकप्रिय नायक गोबिन्दा आहुजाको आज जन्मदिन परेको छ । गोबिन्दा आजबाट ५६ वर्षमा लागेका छन् । उनको खास नाम गोबिन्दा अजूृन आहुजा हो ।

१९६३ मा जुहु मुम्मईमाा जन्मिएका गोबिन्दालाई आज विहानैदेखि शुभचिन्तक र आफन्तहरुले शुभकामनाको ओइरो नै बर्साइरहेका छन् । नेपाली मुलकी सुनितासँग विबाह गरेका गोबिन्दा बेला बेलामा नेपाल पनि आइरहन्छन् । अभिनेता, निर्माता , राजनीतिज्ञ र डान्सर समेत रहेका गोबिन्दा एक समय बलिउडमा निकै रुचाइएका अभिनेता हुन् ।

उनले हिरो नम्बर वान, दिवाना मस्ताना लगायतका कैयौँ हिट फिल्महरु दिएका छन् । गोबिन्दालाई उनका नेपाली फ्यान तथा शुभचिन्तकले शुभकामना दिइरहेका छन् ।

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको समुहले कारवाही गर्न नसक्ने बताएका छन् । उनले प्रचण्ड बरियताका हिसावले उपाध्यक्ष भएकाले अध्यक्षलाई कारवाही गर्न नमिल्ने बताएका छन् । वालुवाटारमा सोमवार आफु निकटका विघटित सांसदहरुसंगको भेलामा उनले यस्तो बताएका छन् ।

आफु पार्टीभित्रवाटै घेराबन्दीमा परेका कारण संसद विघटनको निर्णय लिनु परेको भन्दै उनले त्यसका लागि देशी विदेशी शक्तिहरु मिलेको पनि आरोप लगाएका छन् । देशी विदेशी मिलेर काम गर्न नदिने षडयन्त्र गरियो, ओलीले भने, ‘नचाहँदा नचाहँदै पनि यस्तो निर्णय गर्न बाध्य बनाइयो ।’

पार्टी सहमतिका आधारमा अगाडि बढ्नुपर्नेमा अल्पमत र बहुमतको खेलमा लागेका कारण नयाँ जनादेशका लागि निर्णय लिएको उनको भनाई छ । सभामुखले पनि अपराह्न साढे ३ बजे आएको अविश्वासको प्रस्तावलाई साढे १० बजेको समयमा दर्ता गरेर कीर्ते काम गरेको आरोप उनले लगाए ।

पार्टीको पहिलो अध्यक्ष र संसदीय दलको नेता आफू भएको भन्दै उनले अरुले बैठक बोलाउन र कारवाही समेत गर्न नमिल्ने बताएका छन् । उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको भन्दै ओलीले भने नेकपामा आएर मलाई नै कारवाही गर्न मिल्दैन यो जगहसाउने कुरा हो ।

‘अहिले ६० प्रतिशत भएको एमालेको अध्यक्षलाई कारबाही गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा जग हसाउने प्रहसन गर्दै हुनुहुन्छ’ उनले भने । ओलीले मध्यावधि चुनावका लागि आफ्नो क्षेत्रमा तयारी गर्नसमेत सांसदहरुलाई निर्देशन दिएका छन् । पार्टी एकीकृत रुपमा कि फुटेर चुनावमा जान्छ भन्ने उनले खुलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *