बुवा जेलमा, आमाले छोडिन्– चिसोमा कुकुर च्यापेर सडकमा सुत्न बाध्य बालक

समाचार

भारतको मुजफ्फरनगरमा एक सानोे बालक फूटपाथमा कुकुर च्यापेर सुतेको कारुणिक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कठ्यांग्रिदो चिसोमा उक्त बालक एउटा ओढ्ने र एउटा ओछ्याउने कुरा लिएर कुकुरसँग सुतेको देखिन्छ । अंकित नामक ती बालक ड्यानी नामक कुकुरको सहारामा बाँचिरहेका छन् ।

तस्वीर भाइरल भएपछि प्रहरी प्रशासनको मन पनि पग्लेको छ । जम्मा १० वर्षको यस बालकका पिता कारागारमा छन् र आमाले उसलाई छोडेर गएकी छन् । उसले आफ्नो परिवारमा आमा र बुवा बाहेक अरू कसैलाई चिनेको छैन । बिहान उठेर चियापसलमा कप र प्लेट माझ्ने चिसो रातमा फूटपाथमा सुत्ने उसको नियति बनेको छ । कुकुरले अंकितको देखभाल गर्ने गरेको छ ।

प्रहरीले बालकलाई न्यानो कपडा र जुत्ता उपलब्ध गराएको छ । अनि बच्चालाई रेखदेख पनि गर्ने बताएको छ । बालकलाई अहिले एक विद्यालयमा भर्ना गरिएको छ । प्रहरीले बालककी आमालाई पनि खोजी गरिरहेको छ । भाग्यमा छ भने भगवानले २० क’रोडले हान्छन्, टिनको छानो फु’टाएर घर भित्र आउँछ धन

अर्को समचार पनि पढ्नुहोस्

काठमाडौं। मानिसको भाग्य कतिबेला बदलिन्छ पत्तै हुँदैन । मानिसहरु रातारात क’रोड पछि हुन्छन् । हिन्दीमा एउटा चर्चित उखान छ ‘उपर वाला जब देता है तो छप्पर फाड के देता है’ अर्थात भगवानले दिए भने घरको छानो फु’टाएरै दिन्छन् । यस्तै भएको छ इण्डोनेसियाका एक युवकसँग ।

भगवानले उनलाई यति धेरै धन दिए जसको उनले कल्पना पनि गरेका थिएनन् । र, सबैभन्दा रोचक त उनलाई भगवानले यति धेरै धन उनको घरको छानो फु’टाएरै दिए । बीबीसी इण्डोनेसियाको रिपोर्ट अनुसार जोसुआ हुतागालुङ नामका ३४ वर्षका ती युवकलाई बेलायती मिडियाले फोन गरेर ‘नयाँ करोडपति’ भन्दा उनी चकित परे ।

खासमा गएको अगष्ट महिनामा उनको घरमा आकाशबाट एउटा ढुंगो खसेको थियो । त्यो ढुंगो उनको घरको छानो फु’टाउँदै खसेको थियो। अहिले त्यो ढुंगाको मूल्य एक अनलाइन प्लेटफर्ममा प्रतिग्राम ७५७ पाउण्ड परेको छ । त्यो ढुंगो १ किलो ८०० ग्रामको छ जसको मूल्य १.४ मिलियन पाउण्ड (२० करोड नेपाली रुपैयाँ भन्दा बढी) पर्न जान्छ ।

जोसुआ मानिसको ला,श राख्ने काठको क’फिन बनाउने व्यक्ति हुन। उनले त्यो ढुंगा २० करोड इण्डोनेसियन रुपीमा बेचेको उत्तरी सुमात्राका एक पत्रकार देदी हेर्मावानलाई बताएका थिए जसले बुधबार बीबीसी इण्डोनेसियालाई यसको जानकारी दिएका थिए । उन ले त्यो ढुंगा सुमात्रामा बस्दै आएका अमेरिकी नागरिक जारेड कोलिन्सलाई १७ अगष्टमा बेचेको पनि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *