भर्खरै प्रधानमन्त्री ओली र प्रचण्डबीच यस्तो सहमति, बल्ल मिल्यो कुरा, नेताकार्यकर्तामा छायो खुसीयाली

समाचार

भर्खरै प्रधानमन्त्री ओली र प्रचण्डबीच यस्तो सहमति, बल्ल मिल्यो कुरा, नेताकार्यकर्तामा छायो खुसीयाली





याे पनि पढ्नुहोस्

२०१७ अघि पनि महेन्द्रको भूमिका प्रजातन्त्रमैत्री थिएन। त्यसअघि पार्टीहरू क्रियाशील रहेकाले राजाको काम परोक्ष रह्यो। २०१७ पछि सत्ता आफैं लिई प्रत्यक्ष शासन गरेकाले त्यसपछिको जिम्मेवारी राजाको हुन्छ। त्यसैले २०१७ पुस १ गते संसद् र सरकार भंग गर्दा राजाले आरोप लगाएका कुरालाई लिएर उनको मूल्यांकन गर्नु उचित हुन्छ। पुस १ गतेको शाही घोषणाबाट संसद् भंग गर्दा राजाले चार आरोप लगाएका छन्। (१) भ्रष्टाचार गरेको, (२) राष्ट्रहितभन्दा पार्टीहित हेरेको, (३) शान्तिसुरक्षा कायम गर्न असफल, (४) अराष्ट्रिय तत्वलाई प्रोत्साहन गरेको। तथ्य र प्रमाण प्रस्तुत नगरी लगाइएका यी आरोपबारे विचार गरौं।

पुस १ गते प्रधानमन्त्री, सभामुखसहित देशभरबाट हजारौं नेता–कार्यकर्ता गिरफ्तार गरिए, बन्दी बनाइए। ६ महिनादेखि ९–१० वर्षसम्म बिनाअभियोग शान्तिसुरक्षा राजकाज भन्दै थुनामा राखियो। यीमध्येका कुनै पनि नेता–कार्यकर्तालाई भ्रष्टाचारमा मुद्दा चलाइएन। रेडियोमा प्रधानमन्त्रीको निवासबाट यो वा त्यो भेटियो भनी प्रचार गरियो। सार्वजनिक गरिएन, देखाइएन। झूटो प्रचारको विरोधमा सुशील कोइरालाले राजाले उपहार दिएका वस्तु दरबार फिर्ता पठाइदिनुभयो। यो त उपहार दिएको राख्नुस् भन्दा झूटो प्रचार गर्नेको उपहार राख्न सक्दिनँ भन्नुभयो। नेताको खिलाफमा भ्रष्टाचार देखाउन सकेनन् नै त्यस समयका कुनै पनि उच्च पदस्थ राजनीतिक पदाधिकारीलाई भ्रष्टाचारको अभियोगसम्म लगाउन सकेनन्। भ्रष्टाचारको प्रचार फगत बदनामी गर्ने आरोप मात्र थियो।

राष्ट्र हितभन्दा पार्टी हित हेरेको

यो भनाइ दुराशययुक्त हो। राजनीतिक दल प्रजातान्त्रिक प्रणालीका अभिन्न अंग हुन्। दलको लोकप्रियताका लागि राष्ट्र हितभन्दा अर्को कुनै पार्टी हित हुँदैन। कुनै दल राष्ट्र हितभन्दा बाहिर जान्छ भने निश्चित छ– त्यो जनताबाटै पतन हुन्छ। जनदबाबले पनि दललाई राष्ट्र हितभन्दा बाहिर जान दिँदैन। दलकै लोकप्रियताका लागि पनि राष्ट्र हितअनुकुल चल्नुपर्ने हुनाले दलीय व्यवस्था राष्ट्र हितविपरीत भन्ने भनाइ नै दोषयुक्त छ। तत्कालीन सरकारले राष्ट्र हित हेरेन भन्ने हो भने १८ महिनाको छोटो कार्यकालमा राष्ट्र हित प्रवर्धन गर्ने अनेक ऐतिहासिक काम भएका छन्। नेपाल सानो देश भएको हीनग्रन्थिबाट मुक्त भएर समानताका आधारमा दुवै छिमेकीसँग व्यवहार ग¥यो। मुस्ताङ घटना, सीमा विवादमा चीनसँग र हिमालय शृंखलालाई भारतीय सुरक्षा घेरा भन्ने भारतलाई सुधार गर्नुपर्ने बनायो। पाकिस्तान, इजरायलसँग दौत्य सम्बन्ध कायम गरेर स्वतन्त्र निर्णय गर्न सक्ने परिचय बनायो।

भारत, चीन, अमेरिका, बर्मा तथा इजरायललगायतका देशमा मैत्रीपूर्ण भ्रमण, भारत र चीनका प्रधानमन्त्रीहरूको नेपाल भ्रमण, संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको प्रभावशाली सम्बोधनबाट नेपालको सम्मान बढाउने काम भयो। देशभित्र उद्योग, कलकारखानाको सुरुवात, बाटो निर्माण, सिँचाइ, खानेपानी, विद्यालय, विश्वविद्यालय, कृषि विकास, भूमिसुधार आदि कामबाट विकास निर्माणको सुरुवात ग¥यो। सरकारी कामकाजमा भारतीय नोटको प्रयोग विस्थापन ग¥यो। यी कुन काम राष्ट्र हितविपरीत थिए ? निश्चय नै, यी काम गर्दा पार्टीको लोकप्रियता बढेको थियो तर त्यो लोकप्रियता राष्ट्र र जनताका पक्षमा काम गरेका कारण बढेको थियो। महेन्द्रको आरोप जनताको मुख थुनेर गरेको झूटो प्रचार थियो।

शान्तिसुरक्षा
शान्तिसुरक्षा कायम गर्न असफल भएको आरोप लगाएका छन्। बाह्य सुरक्षा खतराको त्यस समयमा सम्भावना नै थिएन। चीन नेपालसँग प्रसन्न थियो। भारतीय सुरक्षा छाता अस्वीकार गरेकोमा र बीपीले संयुक्त राष्ट्रसंघमा चीनको उपस्थितिबिना संयुक्त राष्ट्र अपुरो रहन्छ भनेकोमा। नेहरू बीपीको व्यक्तित्वबाट त्रसित भए पनि द्विदेशीय सम्बन्धको भूमिकामा सन्तुष्ट थिए। चीनसँग राम्रो सम्बन्ध बनाउन बीपीलाई सल्लाह दिन्थे। अमेरिका, रूससँग पनि सम्बन्ध राम्रो थियो। विदेश नीति सन्तुलनमा थियो।

आन्तरिक शान्तिसुरक्षामा पनि कुनै अव्यवस्था भएको थिएन। गोरखामा दरबारबाटै खटाइएका नरहरिनाथले उपद्रव मच्चाउने प्रयास गरेका थिए। त्यसलाई सरकारले नियन्त्रणमा लिएको थियो। सरकारको भूमिसुधार कार्यक्रमबाट अप्रसन्न दाङका जमिनदारले केही बदमासी गरेका थिए। त्यो पनि सरकारको नियन्त्रणमा थियो। शान्तिसुरक्षा खल्बलिने कुनै पनि अवस्था थिएन। राणाशासनको बन्द समाजमा बसेका र आलोचना, विरोध सहन नसक्ने भारदारी दरबारियालाई प्रजातन्त्रको स्वतन्त्रता कोलाहल लाग्दो हो। यसैलाई अशान्ति मान्दा हुन्। राज्य व्यवस्थामा खलल पार्ने अशान्ति कतै थिएन। अशान्ति त पुस १ गतेले ल्यायो। जनता उकुसमुकुसबाट अशान्त बने। राष्ट्र व्यवस्था पक्षधर र विपक्षमा विभक्त भयो। सबै ढोका थुनिदिँदा हतियार उठाउनुपर्ने परिस्थिति सिर्जना भयो। अशान्तिको आरोप लगाउने राजाले नै अशान्तिको सुरुवात गरे।

अराष्ट्रिय तत्वलाई प्रोत्साहन
यो पनि काल्पनिक आरोप थियो। को थियो अराष्ट्रिय तत्व ? कसले गरेको थियो राष्ट्रविरोधी गतिविधि ? पुस १ पछि के राजाले कुनै अराष्ट्रिय तत्वलार्इै सामुन्ने ल्याए ? संलग्नताको प्रमाणसहित कसैलाई कारबाही गरे ? कही देखिँदैन। कालान्तरमा राजनीतिक पार्टीहरूलाई नै अराष्ट्रिय तत्वको आरोप लगाए। देशभक्त पार्टीहरूलाई अराष्ट्रिय बनाउँदै स्वयं राजाले नै जनता विभाजन गरे। देश कमजोर बनाउने कामका हर्ताकर्ता बने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *